HIMALAYAN HYDRO
nlic

अमेरिकाको कोलोराडोमा प्रहरीले गोली हान्दा नेपालीको मृत्यु, को थिए वीरेन्द्र ठकुरी ?

डेन्भरपोस्ट डट्कममा प्रकाशित ज्याकसन बार्नेटको रिपोर्ट


Sunday, 2 Sep, 2018 1:15 PM
 पासाङ शेर्पा आफ्ना साथी वीरेन्द्र ठकुरीको बारेमा सोच्दा उनको मुस्कान सम्झिन्छन् । विगतका यादहरू मस्तिष्कमा आउँदै गर्दा उनी ठकुरीलाई नेपालीहरूको कार्यक्रममा भाग लिएको अनि बूल्डर क्रीक जलाशयमा पौडी खेलेको र गोल्डेन नामक स्थाननजिक पहाडको फेदमा साइकल गुडाएको सम्झन्छन् । सत्ताईस वर्षीय ठकुरी अब यी कुनै पनि कुरा गर्न सक्ने छैनन् ।  स्ट्राटफोर्ड लेक्सको शान्त वेस्टमिन्स्टर टोलनजिक –यान्च रिजर्भ पार्कवे र फेडेरल बूलेभार्डको दोबाटोमा अगस्ट २५ अर्थात् भदौ ९ गते मानिसहरू झगडा गरिरहेको खबर पाएपछि एक प्रहरी अधिकारी त्यहाँ पुगे । 

ती अधिकारी आएपछि ठकुरी र उनका भाइ उनीनजिक गएको प्रहरीको भनाइ छ । त्यसपछि झैझगडा भयो र प्रहरी अधिकारीले ठकुरीको ज्यान जाने गरी गोली प्रहार गरे, प्रहरी बताउँछ । ठकुरी निहत्था थिए, उनका वकिल गेल जोनसोन भन्छन् । उनको कोलोराडोमा कुनै पनि आपराधिक रेकर्ड नभएको कोलोराडो अनुसन्धान ब्युरोको प्रतिवेदनमा उल्लेख छ । अनुसन्धान जारी रहेको भन्दै वेस्टमिन्स्टर प्रहरीले यो घटनामा विस्तृत टिप्पणी गरेन । 
ब्रूमफील्डमा बस्ने ठकुरी अमेरिकामा १० वर्षभन्दा बढी समयदेखि थिए । उनको मृत्युले डेन्भर मेट्रोमा रहेको विशाल तथा एकजुट नेपाली समुदायलाई नराम्ररी हल्लाएको छ । धेरैजना ठकुरीलाई किन गोली हानियो, उनी त्यसठाउँमा किन आफ्ना भाइसँग झगडा गरेर बसेका थिए र वास्तवमा के भएको थियो कसैलाई किन थाहा नभएको हो भनी प्रश्न गरिरहेका छन् । 
अमेरिकामा विशेष गरी गैरश्वेत निहत्था मानिसलाई प्रहरी अधिकारीहरूले गोली हान्ने घटना दोहोरिने गरेको छ । बडी क्यामराबाट खिचिएका गोलीप्रहारका घटनाको भिडियोले जनतामा आक्रोश र यसविरुद्ध अभियान जन्माएको छ
। 

‘यस घटनाबाट पूरै नेपाली समुदाय स्तब्ध भएको छ,’ कोलोराडो विश्वविद्यालयको नेपाली विद्यार्थी संघका सहअध्यक्ष आशुतोष अधिकारीले बताए ।  नेपालमा आएको कुनै व्यक्तिलाई अधिकारीले गोली हानेर मारेको यो नै पहिलो घटना हुनुपर्ने रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी बताउँछन् । 
वीरेन्द्र ठकुरी फर्स्ट नेसनल बैंकमा जागिरे थिए । 
‘ठकुरीकी आमा के भएको थियो भन्ने प्रश्नको उत्तर चाहन्छिन्,’ वकिल जोनसोनले भने । ठकुरीको मृत्युपछि उनका साथी र नेपाली समुदायका मानिसले सामाजिक सञ्जालमा ह्याशट्याग जस्टिसफरवीरेन्द्र शुरू गरेका छन् ।


Ruslan

machha bank

ime

राजनीति

भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्छ : गृहमन्त्री थापा

२ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसको लागि सबै सचेत हुनुपर्छ भनेका छन् । विसं १९९० माघ २ गते गएको भूकम्पमा परी दिवङ्गतहरुको सम्झनामा आज काठमाडौंमा आयोजित २१औँ स्मृति सभामा गृहमन्त्री थापाले अप्रत्याशित जोखिमबाट बच्ने र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिबद्धता हो भने । सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन संहिताको । 

समृद्ध नेपालको प्रमुख आधार पर्यटन : उपराष्ट्रपति

२ माघ, कास्की । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताएका छन् । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् ९ऊर्जा० र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताए । ‘नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।’ उनले भने । पर्यटकको सुविधाका लागि 

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

१ माघ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए

अन्तर्राष्ट्रिय

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

राष्ट्रसङ्घीय प्रतिबन्धका कारण चीन–उत्तर कोरिया व्यापारमा मन्दी

३० पुस, बेइजिङ । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो । व्यापारमा प्रतिबन्धहरु लागेसँगै सन् २०१७ को तुलनामा गत 

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

३० पुस, तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ । तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top