syangyong

एग्रोभेट व्यवसायीद्वारा जथाभावी विषादी बिक्री


Wednesday, 16 May, 2018 4:04 PM
२ जेठ, रुकुम । रुकुम पश्चिमका एग्रोभेट व्यवसायीले बजारमा जथाभावी रुपमा विषादी बिक्री हुने गरेकोले त्यसको अनुगमन र समस्या समाधानको माग गरेका छन् । 

नियमित बजार अनुगमनको अभावमा विभिन्न थोक तथा किराना पसल, खाद्यान्न पसल र औषधि पसलबाट विषादी बिक्री हुने गरेको व्यवसायीले बताएका छन् । 

आज रुकुम उद्योग वाणिज्य संघमा भएको एग्रोभेट तथा बीउ व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा एग्रोभेट व्यवसायीले यस्तो गुनासो गरेका हुन् । किसानका लागि उन्नत बीउ बीजन कार्यक्रम र कृषि उद्यम केन्द्र जिल्ला लगानीद्वार कार्यालयले एग्रोभेट तथा बीउ व्यवसायीबीच भएको अन्तक्र्रिया कार्यक्रममा गुणस्तरिय बीउ उत्पादन र मूल्यको एकरुपताबारे छलफल भएको थियो । 

कृषकमा इमान्दारिता र बीउमा शुद्धता भएमा एग्रोभेट व्यवसायीले यहाँका किसानले उत्पादन गरेको बीउ सजिलै खरिद गर्न सकिने साइकुमारी एग्रोभेट सेन्टर मुसिकोटका नवराज केसीले बताए। 

उत्पादन गरेको बीउको मूल्यमा एकरुपता ल्याउन जरुरी रहेको ज्ञवाली एग्रोभेट सेन्टरका कमल ज्ञवालीले बताए। कार्यक्रममा व्यवसायीले जिल्लास्तरमा एग्रोभेट तथा बीउ व्यवसायीको संगठन जरुरी रहेको बताएका थिए । 
 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

४ भदौ, काठमाडौँ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरेका हुन्। सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार

​सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

४ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको आरोप लगाएका छन् ।सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको

​नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

४ भदौ, काठमाडौँ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो।प्रधानमन्त्री ओलीले गत 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top