ghaderi
esewa

​छातिमा सजाइएकी जेनीलाई विष्णुले किन हाने एसिड ?


Thursday, 16 May, 2019 3:03 PM
२ जेठ, काठमाडौं । काठमाडौंमा बुधबार राति युवतीमाथि एसिड प्रहारको खबर एकैचोटी सबैतिर फैलियो । श्रीमानले नै श्रीमतीमाथि एसिड प्रहार गरेको केही बेरपछि खुल्न आयो । कालोपुलमा आमा र बहिनीसँग बस्दै आएकी जेनी खड्कामाथि श्रीमान् विष्णु भुजेलले एसिड हानेका थिए । 

महानगरीय प्रहरी परिसरले काठमाडौंले बिष्णुलाई राति घटनालगत्तै पक्राउ गरेको थियो । उनी प्रहरीकै हिरासतमा छन् । जेनी भने कीर्तिपुरस्थित ब्रन अस्पतालमा उपचाररत छिन् । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 


विष्णुको छात्तिमा जेनीको तस्बिर
विष्णु र जेनीको प्रेम कति गाढा थियो भन्ने पुष्टी विष्णुको छातीमा खोपिएको ट्याटुबाटै पुष्टी हुन्छ । उनको छातिमा जेनीको अनुहारको ट्याटु छ । केही दिनअघिसम्म दुवैले सँगै रहेका तस्बिर फेसबुकमा पोष्ट गरेका थिए। ती तस्बिरहरु एक अर्कालाई ट्याग भएका देखिन्छन् । तर, छात्तिमा सजाएकी जेनीलाई एसिड हानेर कुरुप बनाउने हर्कतसम्म किन पुगे विष्णु ? 

जेनीको विश्वासमा विष्णुको बदमासी 
जेनीको विश्वमासमा विष्णुले बदमासी गरेकै कारण सम्बन्धले खराब मोड लिएको देखिएको छ । बिष्णु काभ्रेका हुन्। उनी बनेपामा प्राविधिक श्रमिक हुन्। जेनी कालोपुलमा परिवारसँग बस्दै आएकी युवती हुन्। 

दुईबीच चार वर्षअघि प्रेम भयो। जेनीले १० कक्षा पढ्दापढ्दै विष्णुसँग भागेर प्रेम विवाह गरिन् । विवाहपछि यी दुवै काभ्रे देउरालीस्थित घर गएनन् । बनेपामा डेरागरी बस्न थाले। विष्णु बनेपामै एउटा ग्यारेजमा काम गर्थे। उनीहरूबीच राम्रै सम्बन्ध चलिरहेको थियो। प्रेम प्रदर्शन गर्न विष्णुले छातीमा जेनीको तस्बिरसमेत कुँदे । 

विवाहको अर्को वर्ष उनीहरुबाट एक सन्तानको जन्म भयो। त्यसपछि बिष्णुले उनलाई आफ्नो पुर्खेयौली घर लिएर गए। बिष्णुको घरपुगेपछि मात्र जेनीले पतिको बदमासी थाहा पाइन् । आफू विष्णुको पहिलो प्रेमिका नभई दोस्री श्रीमती भएको थाहा पाएपछि उनको मन भड्कियो । 

यो घटनासँगै जेनीले सोच बदलिन्। बिष्णुलाई छोडिन्। कालोपुलमा आमा र बहिनीसँग बस्न थालिन्। त्यसपछि बिष्णुले कहिले फकाउँथे, कहिले धम्क्याउँथे। धोका पाएको अनुभव गरेकी जेनीको मन फर्किएन। अनुसन्धान गरिरहेका डिएसपी होविन्द्र बोगटी भन्छन्, ‘बुधबार पनि बिष्णु र जेनीबीचमा पटक–पटक टेलिफोनमा कुरा भएको देखिन्छ । कुराकानीपछि उनी भेट्न तयार भएकी देखिन्छ ।’

बिष्णु बनेपाबाट जेनीलाई भेट्न काठमाडौं आए। उनी सरासर कालोपुल गए। जेनीलाई घर बाहिर एकान्तमा लगे। आफ्नै श्रीमानले यति ठूलो घटना गराउलान भन्ने युवतीले कल्पनासम्म गरेकी थिइनन् । विष्णु बनेपाबाटै एसिड बोकेर आएको खुलेको छ । दुवै जना एकान्तमा पुगेपछि विष्णुले जेनीलाई एसिड प्रहार गरेका थिए। 

एसिडले शरीर जल्न थालेपछि जेनी हार गुहारगर्दै चिच्याउन थालिन्। उनलाई स्थानीयहरुले तत्कालै नजिकैको ओम अस्पताल पुर्याएका थिए। त्यसपछि कीर्तिपुर अस्पताल लगिएको थियो । 

श्रीमतीलाई एसिड प्रहार गरेपछि बिष्णु भने भागेर काडाँघारी पुगेका थिए। घाइते जेनीको बयानपछि उनको खोजीमा जुटेको काठमाडौं प्रहरीले काँडाघारीमा रहेको एउटा रेष्टुराँमा मादक पर्दाथ सेवन गरिरहेको अवस्थामा विष्णुलाइ पक्राउ गरेको थियो ।

सुन पसलबाट ल्याएका थिए एसिड 
विष्णुले काभ्रेको एक सुन पसलबाट एसिड मागेर ल्याएको अनुसन्धानमा खुलेको छ ।  ‘पसलेको मोटरसाइकल बनाइदिने गर्दोरहेछ । त्यही चिनजानको भरमा एसिड ल्याएको रहेछ’, बोगटीले भने, ‘पसलेलाई उसले खुट्टाको खिल निकाल्ने भनेर एसिड मागेको रहेछ ।’ 

तेजाब आक्रमण र ज्यान मुद्दा चलाउने तयारी
महानगरीय प्रहरी वृत्त, कमलपोखरीले उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर बयान लिइरहेको छ । गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराधसंहिता अनुसार तेजाब आक्रमण गरेको अभियोग प्रमाणित भए ५ वर्षदेखि ८ वर्षसम्म कैदी वा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । भुजेलको हकमा कर्तव्य ज्यान मुद्दा पनि चल्न सक्नेछ ।

 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सभामुखको निर्देशन-सरकारलाई सहयोग हुनेगरी छलफललाई अघि बढाउनुस्

९ जेठ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन् । महराले सरोकारवालासँग छलफल गरेर मात्रै कानुन निर्माणको काम अघि बढाउन पनि सरकारलाई सचेत गराए । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले संविधानको मर्म अनुसार कानुन निर्माण भएरनभएको निगरानी राख्ने काम संसदीय समितिको

प्रदेश र स्थानीय सरकारले संविधान प्रतिकूल हुनेगरी कानुन बनाए बदर गरिनेछ : कानुनमन्त्री

९ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने चेतावनी दिएका छन् । मन्त्री ढकालले संविधान र कानुन विपरित चल्न नदिन प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरिएको पनि स्पष्ट पारे । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान र संघीय

प्रदेश ५ : प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय समझदारी

९ जेठ, काठमाडौं । प्रदेश ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेशका तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । हस्ताक्षर कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताएका छन् । मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

भारतमा लोकसभा चुनावको मतगणना हुँदै, बीजेपीको अग्रता

९ जेठ, भारत । भारतीय लोकसभा चुनावको मतगणना बिहीबार हुँदैछ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । बिहीबार ८ हजार ४० उम्मेदवारको भाग्य फैसला हुँदैछ । अन्तिम चरणको मतदान सकिएपछिको एक्जिट पोल भनिने प्रारम्भिक चुनावी नतिजा अनुमानमा सत्तारुढ भारतीय जनता 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top