esewa
kantipur mall

​के यो सतिले सरापेकै देश हो ? श्रीखण्ड जस्तो मुलुक किन बन्दैछ खुर्पाको बिड ?


Monday, 5 Oct, 2015 11:03 AM
–विष्णु पोखरेल
भीमसेन थापालाई अनेक जालझेल गरेर मर्न बाध्य बनाइएपछि  उनीसँगै सति जाँदा उनकी श्रीमतीले नेपाललाई  सरापेको इतिहाँसमा पढ्न पाइन्छ । देशभक्त थापालाई मार्दा यो देशमा राम्रा मान्छेको कहिल्यै भलो नहुने भन्दै सरापेको इतिहाँस पढ्दा र आज हाम्रो देश नेपालको अवस्था हेर्दा लाग्छ के यो सतिले सरापेकै देश हो ? 
मुलुकको अवस्थाबारे चित्रण गर्न धेरै अगाडी जानु पर्दैन, २००७ सालदेखि हालसम्मका घटना, परिघटना र वास्तविक अवस्थाको मूल्यांकन गरे काफि हुन्छ,   आज मुलुक नामको सार्वभौम र व्यवहारमा उपनिवेश जस्तो किन बनिरहेको छ भन्ने कुरा । 
विष्णु पोखरेल

राजनीति संक्रमण नेपालको पर्यावाची
नेपाल जहिलेपनि राजनीतिक संक्रमणको भुमरीमा परिरहेको छ । कुनै यस्तो समय नहोला नेपालमा राजनीतिक संक्रमण हटेर मुलुकको समग्र विकासमा लागेको । यति इतिहाँसमा त्यस्तो भएको हुन्थ्यो त मुलुकले अहिले यो हविगती किन बेहार्नु पथ्र्यो र ? नेपालमा प्रजातन्त्र ल्याउन २००७ साल अघि देखिनै संघर्ष चलिरहेको थियो । अहिले आफुलाई सबैभन्दा प्रजातान्त्रीक शक्ति दाबी गर्ने नेपाली कांग्रेस प्रजातन्त्रका लागि लड्यो । लामो संघर्षपछि २००७ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्र आएपछि मुलुकमा राजनीतिक स्थिरता आउँछ र मुलुक विकासको गतिमा लम्कन्छ भन्ने धेरैको आशा थियो । तर जनताको त्यो आशा धेरै टिक्न पाएन ।  फेरी मुलुकमा प्रजातन्त्रको हरण भयो । त्यसपछि मुलुक प्रजातन्त्र पुनस्थापनाका लागि होमियो । २०१७ सालसम्म राजनीतिक संक्रमणमै गुज्रियो । कहिले एकदलिय शासन त बहुदलीय शासन, राजा र दलका बिचमा अन्तरसंघर्ष, पञ्चायतको पक्ष विपक्षको लडाइ, जनमत संग्रह, धाँदली आदीजस्ता कुरामा मुलुक अल्झिनै रह्यो । यी सबै घटना जनताका नाममा भएका थिए र दुःख पाइरहेका थिए तीनै जनताले । 
कम्युनिष्टको उदय, कांगे्रस कम्युनिष्टको अन्तरसंघर्ष र एकले अर्कालाई खुइलाउने राजनीति, राजा, प्रजा बिचको अन्तर जस्ता कुरामा रुमलिंदा मुलुकले विकासको मुख देख्न पाएन । लामो रस्साकस्सीपछि २०४६ सालमा बहुदल आयो । अनि प्रजातन्त्रको उच्चरुप आएको मानियो । २०४७ सालमा विश्वकै उत्कृष्ट संविधान भनियो । लाग्थ्यो त्यतिबेला पनि मुलुकमा अब राजनीतिक संक्रमण हट्यो, अब मुलुकले विकासको गति लिन्छ । २०४६ पछि मुलुकले केहि गति लिएकै हो तर अपेक्षाकृत थिएन । कांगे्रस एमाले एक अर्कालाई खुइल्याउने खेलमै थिए, पानीबाराबारको अवस्था थियो । ति बाहेक त्यो व्यवस्थामा असन्तुष्ट मसाल केही फुटेका व्यक्तिहरु मिलेर २०५२ सालमा माओवादीका रुपमा उदय भयो र उसले सशस्त्र युद्धको सुरु गर्यो ।


२०५८ सालसम्म आइपुग्दा माओवादी युद्ध उत्कर्षमा थियो । त्यहि समयमा राजदरबार हत्याकाण्ड भयो । अनि मुलुक झनै जटिल मोडमा फस्यो । राजाका रुपमा ज्ञानेन्द्र आए । २०५८ सालपछि एकातिर ज्ञानेन्द्र राजाका रुपमा उन्मातिदै गएभने माओवादी युद्ध झनै फैलंदै गए । यो सबै युद्ध र राजनीतिक संक्रमणको पिडा भोग्ने यीनै नेपाली नै थिए । कांगेस, एमाले र माओवादी, अनि ज्ञानेन्द्र सबैका कदम जनताकै नाममा चालिएका थिए । अनेक आरोह अवरोहका बिचमा ज्ञानेन्द्रको ९ रेक्टरको लात खाएका कांग्रेस एमाले  सहितको सातदल र युद्धबाट थाकेको अनि सेफल्याण्डिङ खोजेको माओवादीका बिचमा १२ बुँदे सहमति भयो र मुलुकमा २०६२÷६३ को जनआन्दोलन भयो । त्यसको फलस्वरुप गणतन्त्र आयो । 

गणतन्त्र आएपछि अब दलहरु मिलेर संविधान बनाउलान् र मुलुक विकासको गतिमा अगाडी बढ्ला भन्ने आम नेपालीको आशामा फेरी तुसारापात भयो । पहिलो संविधानसभाबाट संविधान आएन, मुलुकमा झनै जटिलता आयो । बन्द हड्ताल झनै बढे, उर्जा संकट झनै चरम भयो । भ्रष्ट्राचार झनै मौलायो । कांगे्रस एमालेको भाग खान माओवादी आयो तर जनताले केही पाएन् । पहिलो संविधानसभा विघटन भयो, दोस्रो संविधान सभाको निर्बाचन भयो । दोस्रो संविधानसभाको निर्बाचनपछि मुलुकले बल्लतल्ल संविधान त पायो । तर राजनीतिक संक्रमण हटेर मुलुक आर्थिक विकासमा लंकिएला भन्ने जनताको आशा थियो र छ पनि । तर संविधान जारी भइसकेपछि मधेशमा बलेको आगो, संविधानमा असन्तुष्टहरुको चर्को आवाज, छिमेकी मुलुकको नाकाबन्दीले तड्पाएको जनजीवन । यी जतिपनि घटना परिघटना भए यीनमा मारिने, मुछिने र धोका पाउने यीनै गरिखाने नेपाली हुन् । जहाँं हरेक पुस्ताले धोका बाहेक केही पाएको छैन । 


मुलुकको वास्तविक अवस्था 
नेपालको इतिहाँंस हेर्नेहो भने गर्व गर्न लायक छ विश्वमै । कसैको उपनिवेश नबनेको, वीरहरुले जोगाएको देश, सार्वभौम सम्पन्न देश, सगरमाथाको देश, बुद्धको देश भन्दा अतिनै गर्वगर्न लायक छ । र हामीले गरिरहेका नै छौं । तर वर्तमान अवस्था हेर्दा हरेक कुरा लाजमर्दो अवस्थामा छन् । रेमिट्यान्स्मा धानिएको देश, आयातमुखी अर्थतन्त्र भएको देश, गरिब देश, विकासोन्मुख देश, कुनै मुलुकले दुईदिन नाकाबन्दी लगाइदिएमा विकल्प खोज्न नसक्ने देश, सत्ता र स्वार्थका लागि अस्मिता बेच्न र मुलुकको स्वाभिमान देखाउन नसक्नेहरुको देश आदि इत्यादि । 

न्यून आर्थिक वृद्धि
नेपाल दुई विशाल देशहरुका बिचमा रहेको सानो देश । दुई छिमेकी मुलुकले तिब्र गतिको आर्थिक विकास गर्दा मुलुकको आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेका रेकर्ड कमै छन् । अझ मुलुकमा गणतन्त्र आएपछि त त्यो अवसर कहिल्यै आएन । जहिले राजनीतिक संक्रमण, त्यहि संक्रमणमा खेल्ने देशको कर्मचारीतन्त्र र त्यसैको लडाइमा पिल्सने,तर खेल्न सकेको खण्डमा कमाउधन्दामा लाग्ने नीजि क्षेत्र । यीनीहरुका कारण मुलुक आज बर्बादिको अवस्थामा पुगेको छ । ३ देखि साढे ४ प्रतिशतको आर्थिक वृद्धिमा रुमलिएको मुलुकको अवस्था झनै जटिल बन्दै छ ।  अहिलेपनि आर्थिक वृद्धिदर बढाउने नारा लगाउने तर काम गर्न नसक्ने अवस्थाबाट गुज्रिरहेको छ । 

बढ्दो परनिर्भरता
नेपाल इतिहांसमा आत्मनिर्भर देश हो । २०४५÷०४६ सालसम्म धान चामल भारतमा निर्यात् हुन्थ्यो । तर अहिले हामीले वर्षमा करिब ३० अर्बको चामल भारतबाट आयात गर्छौं । नेपालमा जलविद्युत्को प्रशस्त संभावना छ, तर हामी विद्युत् उत्पादन गर्न सक्दैनौ, चर्को लोडसेडिङ बेहोरिरहेका छौं । लोडसेडिङ कम गर्न भारतबाट बिद्युत् आयात गर्छौं । यदि विद्युत् उत्पादन गर्न सकिएको भए न आज इन्धनमा भारतसँंग यतिसारो भर पर्नुपर्ने थियो, नत मुलुकको यो हवगित नै हुने थियो । इन्धनको परनिर्भरता कम हुन्थ्यो र मुलुक संंवृद्ध हुन्थ्यो भने इन्धनका विकल्प नेपालमै खोज्न सकिन्थ्यो । नेपालमा पनि प्रमाणित पेट्रोल निकाल्न सकिने ठाउं छ, हामीले त्यतातिर ध्यान दिएनौ भारतबाट किनेर ल्याउनुलाई बहादुरी ठान्यौ । जसको परिणती आज भोगिएको छ । 

प्रशस्त मात्रामा विद्युत् उत्पादन हुन्थ्यो भने ग्यांसको ठाउंमा बिजुलीले काम गथ्र्यौ, विद्युत्ले गाडी कुदाउँथ्यो । बिद्युत् बेचेर धनी भएको भए स्वदेशमै इन्धन निकाल्न सकिन्थ्यो । तर बिडम्बना अब यी कुरा काल्पनिक जस्ता बनिरहेका छन् । नुन देखि औषधी सबै आयात गर्नुपरिरहेका छ । बरु नेपालमा भएका उद्योग पनि धमाधम बन्द भएका छन् र विदेशी वस्तुले नेपाली बजारमा डेरा जमाइरहेका छन् । हेटौडा कपडा उद्योग, भृकुटी कागज, जनकपुर चुरोट कारखाना जस्ता उद्योग बन्द भए, बेरोजगारी बढ्यो र ती सामाग्री आयात भए । आफ्नो देशको कपडा उद्योग, धागो कारखाना बन्द गरेर विदेशबाट आयात गर्ने हामी खोक्रो राष्ट्रवादका नारा लगाइरहेका छौं । 

बढ्दो बेरोजगारी र युवा पलायन
मुलुक अहिले जसरी धानिएको छ, त्यो यहांको प्रगती र काम गराइले कदापी होइन । ४० लाख हाम्रा युवाहरु विदशेमा गएर पसिनासंँग पैसा साटिरहेका छन् र त्यहि रेमिट्यान्स्ले मुलुकको अर्थतन्त्र धानिएको छ । तर दीर्घकालिन रुपमा रेमिट्यान्स्ले मुलुकलाई संवृद्ध कदापी बनाउंदैन । बरु विदशेमा गएर श्रम गरेका युवाहरु भोलिका दिनमा वृद्ध र रोगी हुन्छन्, तीनै युवालाई राज्यले उपचार गर्नुपर्छ । यसो भन्दा तितो लाग्छ, तर यो सत्य हो । क्षणिक फाइदा भएपनि मुलुकलाई संवृद्ध बनाउने युवा जोश जांगर मुलुकमै लागाउनुपर्छ । तर त्यो हुन सकेको छैन ।

सार्वभौम भित्रको उपनिवेशता 
हाम्रो देश सार्वभौम मुलुक हो, यो कुरामा न हिजो विवाद थियो, न आज छ । तर, व्यवहारमा हामीले नै औपनिवेश जस्तो देखाइरहेका छौं । विशेषत छिमेकी मुलुक भारतले हामीलाई हेर्ने दृष्टीकोण र उसलाई हामीले दिएको स्पेस । यदी हमी आत्मनिर्भर हुन्थ्यौ र दील्लीलाई शक्ति केन्द्र मान्ने थिएनौ भने न भारतले नेपालमा आफ्ना यसमेन बनाउथ्यो र बनाउन खोज्थ्यो, नत भारतसंग झुकेर नतमस्तक बन्थ्यौँ । हामीले स्वाभिमान र राष्ट्रियताका कुरा गर्न आफ्नो स्वार्थपूर्ती भएन भनि नाकाबन्दी गर्दा पनि अहिलेपनि उसैको गुलामी गर्न पछि पर्दैनथो। जुन कुरा अहिलेको सरकारले नांगो नाच देखाइरहेको छ । नाकाबन्दीका कारण मुलुकनै ठप्प हुँदा हामी भारतको विकल्प खोज्दैनौ ।


बरु उल्टै भारतलाई खेल्ने मौका दिएका छौ । आफ्नो कुटनीतिक क्षमतामा असफल अहिलेको कोइराला सरकार न भारतसंगको समस्या मिलाउन सकेको छ नत विकल्प खोज्न नै । बरु यसमेन बन्न तयार भइ सरकार लम्ब्याउने र नमस्कार गरेर पाउ पर्न खोजिरहेको छ । भारत यतिसम्म हावी हुनुमा भारतको कारण होइन हाम्रै दलहरु जिम्मेवार हुन् । उसको यसमेन बेर आफ्नो स्वार्थ अनुसार निर्णय गराउन दील्ली धाउने प्रवृतिका कारण भारत यतिसम्म खेल्ने मौका पाएको हो । अहिले केही अडान लिएजस्तो देखिएपनि भित्रभित्र दलहरुले भारत र आफुलाई सेफल्याण्ड गराएर चाकडी गर्ने ध्याउन्नमा छन, बाहिर जतिनै राष्ट्रवादका करा गरेपनि । 

मधेश आन्दोलन र यसको समाधान
संविधानमा असन्तुष्टी जनाउँंदै मधेशमा आन्दोलन चर्किएको छ । उनीहरुका जायज मागहरु सरकारले पुरा गर्नैपर्छ । तर मधेशवादी दलहरुले एउटा कुराको हेक्का के राख्नुपर्छ भने मधेश किन पछि पर्यो भन्ने कुरा । आज सबैभन्दा बढि अशिक्षा मधेशमै छ । सडक सञ्जालको नजिक भएर पनि गरिबी उस्तै छ, छुवाछुत जस्ता कुरीति मधेशमै बढि छ । मधेशवादी दलहरुले यी समस्या समाधानमा कहिल्यै भुमिका खेलेनन् । अहिले मधेशवादी दलका नेतृत्व हेर्दा अधिकांश जमिनदार र धनाड्य छन् । तर तीनका जनता पछि परिहेका छन् । नेताहरु धनी हुनुको विरोध होइन, तर जनताका माग संबोधन गर्नुपर्छ । सत्तामा भएका बेलामा मधेसी जनताका माग कहिल्यै नउठाउने र सम्बोधन नगर्ने यीनै दलहरु हुन्, तर अहिले जनतालाई नै ५० लाखको अफर सञ्चालन गरि जनता मारिरहेका छन् । अब मधेशवादीदलहरु वार्तामा आउनै पर्छ र सरकराले पुरा गरेका मागमा चित्त बुझाउनै पर्छ । सरकारले पनि जायज माग पुरा गर्नै पर्छ । तर नेपालमा राजनीति गरेर भारतलाई गुहार्ने, नाकाबन्दी लगाउने, आपसी सद्भाग भड्काउने, भारतलाई आफ्नो काकाबुवा मानेर दुई देशको सम्बन्धमै असर पार्ने काम बन्द गर्नुपर्छ । भोलिका दिनमा उनीहरुले राजनीति गर्ने नेपालमै हो । बरु अहिले वार्ताबाट समाधान निकाली मधेशी जनतामा आफ्नो विश्वास बढाएर धेरै मत ल्याइ सत्तामा आएर मधेसी जनताका पिडा संबोधन गर्नुपर्छ । सत्तामा भएका बेला मधेशको म उच्चारण नगर्ने र आफ्नो स्वार्थ सिद्ध नहुदा ५० लाखको अफर संचालन गरि जनता मार्ने कदम अत्यन्त गलत छ । 

के राजनीतिक संक्रमण हट्छ ?
नेपाल र राजनीतिक संक्रमण पर्याबाची नै बनिसकेका छन् । इतिहाँसमा पटक पटक धोका खांदै पिल्संदै आइरहेका जनता संविधानसभाबाट संविधान जारी भइसकेपछि फेरी पिल्सीनै रहेका छन् । संविधान जारी भएपछि मुलुक आर्थिक विकासमा लम्कला भनेको तराइमा आगो दन्कीएको छ, जुन सजिलै निभ्ने देखिंदैन । अर्कातिर संविधानसभाको विरोध गर्ने विप्लप, बैद्यको घुर्की आइरहेको छ । त्यसमाथि आफैले जारी गरेको संविधानलाई अपुरो भन्दै पुरानो पार्टी छाडेर नयां शक्ति उदाउने दाउमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई । यी सबै हेर्दा अब पनि मुलुकमा तत्काल राजनीतिक स्थिरता आउने संकेत देखिएको छैन । तर अब अति भयो, मुलुक बर्बादीको अन्तिम विन्दुमा छ । अब मुलुकले थेग्न सक्दैन । तसर्थ तराईको आगो निभाउनै पर्छ । र बाबुराम भट्टराइले भनेजस्तो नयां शक्ति आएपनि त्यो विगतमा जस्तो आफ्ना माग पुर्याउन बन्द हड्ताल गर्ने, बन्दुक उठाउने होइनकी आर्थिक मुद्धा उठाएर मुलुकलाई संवृद्ध बनाउने खालको हुनुपर्छ । यता अन्यदलहरु पनि अब जैठारी खेल्ने होइनकी आपसमा एकता गर्दे आर्थिक विकासमा लाग्नुपर्छ । अब दलहरुको प्रतिशपर्धा भनेको आर्थिक विकासका लागि हुनुपर्छ, जबकी विगतमा जस्तो शासन सत्ता पल्टाउने र उल्टाउने होइन ।


अन्त्यमा , 
यसरी समस्या समाधान गरेर मुलुलाई निकास दिनुपर्छ र तिब्र गतिको आर्थिक वृद्धिमा लाग्नै पर्छ । अबका केही वर्षमा मुलुकलाई विकासशील मुलुकमा लानै पर्छ । भूकम्पले थला पारेको अर्थतन्त्रलाई जिवन्त दिनुपर्छ । र कति घण्टा काम गरे जनताको आर्थिक स्थिती बलियो हुन्छ, त्यो विधी हुनै पर्छ । जनताले कति घण्टा काम गरे खान पुग्छ, र कति मेहेनत गरे उ संवृद्ध हुन्छ ? जनताको दैनिकी फेरिनै पर्छ । किनकी जनता संवृद्ध नभएसम्म मुलुक संवृद्ध कदापी हुनै सक्दैन । र मुलुक सतिले सरापेको होइन, संवृद्धको नमुना पेश गर्ने विश्वको सार्वभौम सम्पन र राष्ट्रिय एकताको देश, शान्तिको देश भनेर उदाहरण पेश गर्नुपर्छ । यसैमा नै नेपाल र नेपालीको हीत छ । अन्यथा हाम्रो पुस्ताले पनि धोका पाउने हो भने भविष्यले हामीलाई धिक्कार्ने र हाम्रा सन्तती पनि भन्न बाध्य हुनेछन् शतिले सरापेको देश भनेर 
जय देश,जय जनता


Ruslan

runner bike

furniture expo

राजनीति

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

तरुण दलको विवाद उत्कर्षमा : अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरे

२९ भदौ काठमाण्डौ । नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही बीचको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले एकअर्कालाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् ।
अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएलगत्तै शाहीले पनि महासचिवको हैसियतमा विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै तरुण 

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

चन्द्रयान–२ को ल्याण्डर विक्रमसँग सम्पर्कको आशा सकिएको छैन : इसरो प्रमुख सिवन

२२ भदौ, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख डाक्टर कैलासावडिवू सिवनले चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आश अझै समाप्त नभएको बताएका छन् ।  डा. सिवनका अनुसार वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ ।  डा. सिवनले सञ्चारमाध्यमसँग भने, ‘हामी चन्द्रायान–२ को विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छौँ । हामी बाँकी १४ दिनसम्म कोसिस जारी राख्नेछौँ ।’ 
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top