syangyong
nlic

सलमान खानलाई जेलमा पुर्याएर घुँडा टेकाउने समुदाय


Sunday, 8 Apr, 2018 1:53 PM
भारतको बियाबान मरूभूमिमा उनीहरू वन्यजन्तु र बोटबिरूवाका रक्षक हुन्।
बिश्नोइ समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि ज्यान दिन पनि तयार हुन्छन् । बलिवूड चलचित्र अभिनेता सलमान खानले कृष्णसार मारेको विवरण बाहिर आएपछि उनीहरू सडकमा उत्रिए। बिश्नोइ समाजका मानिसहरू आफ्ना आराध्य गुरू जम्भेश्वरले भनेका २९ वटा नियमहरूको पालना गर्दछन्।
त्यसमध्ये एउटा नियम वन्यजन्तु र बोटबिरूवाको रक्षासँग सम्बन्धित छ। बिश्नोइ समाजका मानिसहरू मरूभूमिसम्म मात्रै सीमित छैनन्। उनीहरू राजस्थानबाहेक हरियाणा, पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा पनि बस्छन्।

जोधपुरबाट निर्वाचित पूर्वसांसद जसवन्त सिंह बिश्नोइ भन्छन्, हाम्रा संस्थापक जम्भेश्वज्यूले जीवप्रति दया गर्नुपर्ने शिक्षा दिनुभएको छ। ‘जीवप्रति दया गर्नुपर्छ र बोटबिरूवाको रक्षा गर्नुपर्छ। यी कर्मबाट बैकुण्ठमा वास पाइन्छ,’ । 
उक्त समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि शुरूदेखि नै राज्यसत्तासँग लड्दै आएका छन्। बिश्नोइ समाजका पर्यावरण कार्यकर्ता हनुमान बिश्नोइ भन्छन्, सन् १७८७ मा जोधपुर राज्यमा सरकारले रूख काट्न आदेश दिँदा बिश्नोइ समुदायका मानिसहरू विरोधमा उत्रिएका थिए। त्यतिबेला राजा अभय सिंहको शासन थियो। पूर्वसांसद बिश्नोइ भन्छन्, त्यतिबेलाको नारा थियो यदि टाउको कटाएर रूख जोगाउन सकिन्छ भने त्यो पनि कम हुनेछ।
उनका अनुसार त्यतिबेला रूख जोगाउने क्रममा जोधपुरको खेजडली र आसपास क्षेत्रका ३६३ जनाले आफ्नो ज्यानको बलिदानी दिए। तीमध्ये १११ जना महिला थिए।
पूर्वसांसद बिश्नोइ भन्छन्, त्यो बलिदानीको सम्झनामा हरेक वर्ष खेजडलीमा मेलाको आयोजना गरिन्छ जहाँ बिश्नोइ समुदायका मानिसहरू आफ्ना पूर्वजले दिएको बलिदानीको स्मरण गर्छन्। 

गुरू जम्भेश्वरको जन्म सन् १४५१ मा भएको थियो। उनको जन्मस्थान बिकानेर जिल्लामा समरथल बिश्नोइ समुदायको तीर्थस्थल छ। त्यहाँ गुरू जम्भेश्वरको समाधिस्थल पनि छ, जहाँ प्रत्येक वर्ष मेलाको आयोजना गरिन्छ।
बिश्नोइ समुदायबारे किताब लेखेका मुन्शी हरदयालका अनुसार उक्त समुदायका मानिसहरू गुरू जम्भेश्वरलाई भगवान् विष्णुको अवतार मान्छन्। बिश्नोइ समुदायका मानिसहरू मरेपछि कतिपयको शव गाडिन्छ भने कतिपयको दाह संस्कार गरिन्छ।

मरूभूमिमा वन्यजन्तुको रक्षा गर्नुपर्नेमा बिश्नोइ समुदायका मानिसहरू अडिग रहिआएका छन् र हरिणको शिकार गर्ने मानिसहरूसँग बेलाबखत उनीहरूको भिडन्त भइरहन्छ।

बिश्नोइ बहुल गाउँहरूमा कहिलेकाहीँ त हरिणको टुहुरो बच्चालाई महिलाहरूले स्तनपान गराइरहेको दृश्य पनि हेर्न पाइन्छ।
पूर्वसांसद बिश्नोइ भन्छन्, यो जीवजन्तुप्रति बिश्नोइ समुदायका मानिसहरूको अटुट सम्बन्धको उदाहरण पनि हो। उसो त बिश्नोइ समुदायका मानिसहरू खेतीपाती र पशुपालनलाई जीविकोपार्जनको स्रोत मान्छन्। तर बदलिँदो समयसँगै कतिपयले व्यापारमा पनि हात हाल्न थालेका छन्। उक्त समुदायका हनुमान बिश्नोइ भन्छन्, ‘गुरू जम्भेश्वरले पनि प्रकृतिलाई सम्मान गर्न शिक्षा दिनुभएको छ। हामी सह–अस्तित्वमा विश्वास गर्छौँ।’
मानव जीवन जति मूल्यवान छ त्यति नै प्रकृतिको रक्षा गर्न महत्त्वपूर्ण छ। बीबीसी 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति पुन

२ पुस, काठमाडौं । संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ । नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व मुस्लिम समुदाय परिषदद्धारा संयुक्त रुपमा ‘नेपालको समावेशी विकासमा 

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : राप्रपा अध्यक्ष थापा

२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उनले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो 

सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल

२ पुस, काठमाडौं । एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गरेका हुन् । सन् २०१८ मा १० लाख एक हजार तिन सय बाह्य पर्यटक भित्रिएका हुन् । यसअघि 

अन्तर्राष्ट्रिय

साप्पोरोमा भएको विस्फोटका बारेमा प्रहरी छानबिन शुरु

२ पुस, टोकियो । जापान प्रहरीले आइतबार राति साप्पोरोस्थित एक रेष्टुराँमा भएको शक्तिशाली विस्फोटको छानबिन थालेको जनाएको छ । उक्त विस्फोटबाट ४२ जना घाइते हुनुका साथै वरिपरिका केही भवनमा क्षति भएको थियो । स्थानीय अधिकारीहरुले साप्पोरोस्थित एक रेष्टुराँमा रातिपख आगो सल्किएको र त्यसलगत्तै भएको विस्फोटबाट आसपासका केही घरमा क्षति पुगेको बताएका छन् । उनीहरुले दर्जनौं स्थानीयबासीलाई अस्थायी टेन्टमा राखिएको छ । प्रहरीले उक्त विस्फोटको 

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

२ पुस, सोल । उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो । यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो । तर पनि 

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top