cg electronics
nlic

पाकिस्तानमा विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु, ८ घाइते


Wednesday, 6 Dec, 2017 7:44 AM
२० मंसिर । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा मंगलबार विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्थानीय सन्चारमाध्यमले जनाएअनुसार विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन् । सडक किनारामा मोटरसाइकल पार्क गरी राखेको स्थानमा विछ्याइएको विस्फोटक पदार्थ तीनजना सामान्य नागरिकसहित आएको एउटा सैनिक गाडीलाई लक्षित गरी पड्काइएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाबारे थप विवरण आउन केही समय लाग्ने स्थानीय प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी समाचार तयार पार्दासम्म कुनै समूहले लिएको छैन । ९राससरसिन्ह्वा०


Ruslan

paicho

bussewa

राजनीति

​ट्रेड युनियन काँग्रेस प्रदेश–३ मा कार्की

१२ जेठ काठमाडौँ  । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष )महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष )सेवा) मा लीलानाथ चौलागार्इं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, 

​जनप्रतिनिधिबीच विवादले प्रशासनिक केन्द्र तोक्न ढिलाइ

१२ जेठ जाजरकोट । जनप्रतिनिधिको विवादका कारण जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष पूरा भए पनि विवादले गाउँपालिकाको केन्द्र तोक्न नसकिएको हो । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीपक्षले जुनिचाँदेको लुवादहमा केन्द्र बनाउन आन्तरिक लविङ गरिरहेका छन् भने उपाध्यक्ष शिवा आचार्यलगायतका पक्ष जुनिचाँदेको स्यानाखोलामा केन्द्र राख्न दबाब दिइरहेका छन् ।

​नीति तथा कार्यक्रम “फूलको आँखामा फूलै संसार”

११ जेठ, काठमाडौ । “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार।।।” नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गरे । संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा आज उनले, “सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी 

अन्तर्राष्ट्रिय

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

उत्तर कोरियाले दक्षिण र अमेरिकासँग सम्बन्ध सुधार्न गर्यो यस्तो ‘ब्रेक थ्रु’

१० जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण स्थलमा रहेको सुरुङलाई ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार उत्तर कोरियाले कोरियाई प्रायद्विपमा रहेको तनाव कम गर्न यो कदम उठाएको हो । परमाणु परीक्षण स्थलको नजिक उपस्थित कयौं विदेशी पत्रकारहरुले त्यसक्रममा एक ठूलो विस्फोट देखेको बताएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top