राजालाई नेपालमा सिक्किमको जस्तो स्थिति आउन दिनु हुन्न भनेको थिएँ- बीपी कोइराला


Monday, 26 Dec, 2016 9:28 AM

यसमा राजाको प्रतिक्रिया के थियो ?

यसमा राजाको सहमति थियो । मैले तीनवटा कुरामा जोड दिएँ । पहिलो कुरा हामीले यहाँ सिक्किम जस्तो स्थिति आउन दिनु हुन्न । दोश्रो इरानको जस्तो अवस्था आउन दिनु हुन्न । र तेश्रो अफगानिस्तान जस्तो हालत पनि आउन दिनुहुन्न ।

तपाईले सिक्किमको कुरा किन उठाउनु भयो ? के नेपाली सन्दर्भमा यसको कुनै प्रासंगिकता थियो ?

मेरो विचारमा सिक्किमको स्थिति स्पष्ट थिएन । त्यो न पूर्णरुपमा सार्वभौमसत्तासम्पन्न राज्य थियो न त भारतको एक भाग नै । चोग्याल सिक्किमको अन्तराष्ट्रिय स्तर उठाउन चाहन्थे । तर उनले जनताको सहयोग लिएनन् । त्यही उनको भूल थियो । जनताको सक्रिय समर्थन नभएकाले उनले आफ्नो उदेश्य पूरा गर्न सकेनन् ।

के तपाईले आफ्ना राजनीतिक क्रियाकलापका लागि कुनै भारतीय नेताबाट आर्थिक सहयोग लिनुभयो ?

अहँ, मैले कुनैपनि भारतीय राजनीतिक नेताबाट कुनै आर्थिक सहयोग लिएको छैन । तर, म भारतमा रहँदा र नेपालमा जेल पर्दा मेरा राजनीतिक र गैरराजनीतिक मित्रहरुबाट मैले सबै प्रकारका सहयोग प्राप्त गरेको छु । वास्तवमा म यहाँ जेलमा परेको बेला मेरा परिवारका सदस्यहरुको हेरचाह मेरा भारतीय मित्रहरुले गरिदिनु भएको थियो ।

मेरा मित्र देवेन्द्रप्रसाद सिंहलाई म विशेष सम्झन्छु । किनभने उहाँले मेरो परिवारलाई मद्दत गर्नुभयो । मेरा बालबच्चाका लागि उहाँ धर्मपिता जस्तै हुनुहुन्थ्यो । त्यस्तै अरु मित्रहरु पनि थिए । मलाई मद्दत गर्ने राजनीतिक व्यक्तित्वहरुमा मेरा समाजवादी मित्रहरु थिए जसमध्ये जयप्रकाशनारायण सर्वाधिक महत्वको व्यक्तित्व हुनुहुन्थ्यो । तर उहाँले पनि मलाई आर्थिक सहयोग गर्नुभएको होइन र मेरो राजनीतिक कार्यका लागि मलाई आर्थिक सहयोग चाहिएको पनि थिएन । अर्का मित्र राममनोहर लोहिया हुनुहुन्थ्यो तर उहाँबाट पनि आर्थिक सहयोग लिइनँ ।

जवाहरलाल नेहरु नि ?

नेहरुले मलाई राजनीतिक सहयोग धेरै किसिमले गर्नुभयो तर आर्थिक सहयोग भने होइन । आर्थिक सहयोग कसैबाट पनि लिइनँ । तर उल्लेखनीय कुरा के छ भने म बिरामी हुँदा मैले असंख्य भारतीयहरुबाट, जस्तो डाक्टरहरुबाट आत्मीय सहयोग पाएको छु । तपाईलाई सुन्दा आश्चर्य लाग्ला, मलाई एउटै मात्र पनि भारतीय डाक्टरले शुल्क लिएनन् । बम्बईमा, कलकत्तामा, पटनामा र बनारसमा कहीँ पनि एकजनाले पनि लिएनन् ।

म अस्पतालमा हुँदा पनि सबै खर्च या त डाक्टरहरु आफैंले या अन्य मेरा भारतीय मित्रहरुले बेहोरिदिन्थे । उनीहरुमध्ये कतिले त म औषोधोपचारका लागि न्यूयोर्क जाँदा पनि मद्दत गरे । त्यस्तो सहयोग मैले पाएको छु तर राजनीतिक कामका लागि होइन ।

चन्द्रशेखरका बारेमा के भन्नुहुन्छ ?

हो, उहाँबाट मैले समर्थन पाएँ तर आर्थिक सहयोग लिइनँ । म न्यूयोर्क अस्पतालमा भर्ना भई बसेको बेला एक पटक उहाँले मेरो श्रीमतिलाई न्यूयोर्कमा मलाई भेट्न जान टिकट किनिदिनुभएको थियो । यसअतिरिक्त मैले उहाँबाट निरन्तर नैतिक र राजनीतिक समर्थन पाइआएको छु । के एउटै मात्र डाक्टरले मसँग शुल्क नलिनु आश्चर्यको कुरा होइन ?

तपाईले कुनै भारतीय नेतालाई आर्थिक सहयोग गर्नुभएको छ ?

औपचारिक तवरमा यसबारे मलाई कतै उल्लेख गरिनु राम्रो नहोला तर पहिलो आमचुनावका बेला १९५२ मा मैले समाजवादी दललाई केही आर्थिक सहयोग गरेको थिएँ । मेरा पार्टीका स्थानीय नेताहरुलाई पनि समावादी दलका केही स्थानीय उमेद्वारहरुलाई मद्दत गर्न निर्देश दिएको थिएँ ।

भोला चटर्जीको ‘बीपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व’ पुस्तकबाट



Nmc

bijuli

paicho

bussewa

राजनीति

प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री तथा विज्ञसँग भेट, चिन भ्रमणको बारेमा छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण थाल्नुअघि पूर्व प्रधानमन्त्री तथा विज्ञसँग छलफल गरेका छन । प्रधानमन्त्री दाहालले सरकारी

चुनावबारे निर्णय लिन वैद्य माओवादीद्धारा केन्द्रीय समितिको बैठक आव्हान

१०,चैत,काठमाडौं ।  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निकायको चुनावसम्बन्धी निर्णय लिनका लागि केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेको छ । बुधबार पार्टी कार्यालय बुद्धनगरमा बसेको

​डडेल्धुुराको निर्वाचन कार्यालयमा चुनावको तिव्र तयारी

१० चैत, डडेल्धुरा । वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य 

प्रवास/अन्तर्राष्ट्रिय

​लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ जना पक्राउ

१० चैत । लण्डन हमलाको अनुसन्धानका क्रममा वरिष्ठ प्रतिआतंकवादी अधिकारीहरुले ६ घरमा छापा मारी आठ जनालाई पक्रन सफल भएको छन् । पक्राउ पर्नेहरू लण्डनमा गरिएको आतंकवादी हमलामा संलग्न भएको अनुमान गरी अनुसन्धान भइरहेको छ ।

बेलायती प्रधानमन्त्री टेरेसा मेद्वारा लन्डन आक्रमणको कडा शव्दमा निन्दा

१० चैत्र, लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले गतः बुधबार राति राजधानी लन्डनको संसद् भवनबाहिर एक जना आतङ्ककारीले सर्वसाधारण उपर जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणको घोर निन्दा गरेका छन । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ 

सात वर्षीय ‘आत्मघाती’ लडाकु ! चेल्सी फुटबल क्लवको जर्सीभित्र आत्मघाती बम

१०,चैत,बग्दाद । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएस विरुद्ध इराकमा सुरक्षा फौजले निर्णायक कारवाही गरिरहेकै समयमा बालबालिकालाई समेत आइएसले आत्मघाती बनाउन थालेको रहस्य सार्वजनिक भएको छ । हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई 

बिचार

ओली र नेपालले यसरी गराएका थिए राष्ट्रघाती महाकाली सन्धि : एमालेकै नेताको बयान

केपीले असहमति जनाएका हुन्थे भने माधवले मात्र राष्ट्रघाती कदम अनुमोदनको हिम्मत गर्ने थिएनन् । पछि झलनाथ खनाललगायत अन्य नेताहरुलाई पनि माधव–केपीहरुले मनाए । मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए । पार्टीभित्र विवाद चुलिएपछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्षरविपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आयो । २०५२ साल माघ पहिलो हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयो । 

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

Top