बाच्छाको मुटुको भल्भ हालेर बाँचिरहेका १० महिने बालक, पाँच महिनामा दुईपटक मुटुको अपरेशन


Tuesday, 14 Jan, 2020 1:26 PM
२९ पुस, काठमाडौं । बेलायतका ब्राडली ह्यारिसनलाई जन्मिँदै ट्रेटालोजी अफ फलटसँगै मुटुबाट फोक्सोसम्म रगत पुर्‍याउने भल्भमा समस्या थियो। त्यसैले जन्मेको ९ दिनमै उनको छाती चिर्नुपर्यो। ९ घन्टा लामो अपरेशन गरेर डाक्टरहरूले प्लास्टिकको भल्भ उनको मुटुमा राखे। तर चार महिनापछि यसले काम गर्न छोड्यो।  एकदिन ब्राडली बालसुलभ हाँसो हाँस्दा उनको शरीर निलो देखियो।

आमाले उनलाई अस्पताल लगिन्। ‘उसको निलो शरिर देख्दा निकै डर लाग्यो। हामीले हतारहतार अस्पताल पुर्‍यायौं। डाक्टरहरूले उनको मुटुमा अक्सिजन सकिएको बताए,’  २४ वर्षीया एम्बर ग्रिफिथले भनिन्। चेकजाँच गरेपछि डाक्टरहरूले भने– उसलाई बचाउने हो भने अब एउटा बाच्छाको भल्भ ब्राडलीको मुटुमा जोड्नु पर्छ।

हाम्रो मुटुको भल्भको समस्या देखिए यान्त्रिक भल्भ वा टिस्यू भल्भ फेर्नुपर्छ। यान्त्रिक भल्भभन्दा मान्छे वा जनावरबाट लिइने टिस्यु भल्भले राम्ररी काम गर्न सक्छ र धेरै समय टिक्छ।  यस्तो भल्भ १०(१२ वर्षसम्म चल्छ। यान्त्रिक भल्भ राख्दा रगत बाक्लो हुन सक्छ तर टिस्यु भल्भ राख्दा बिरामीले रगत पातलो बनाउने औषधी पनि खानु पर्दैन। डाक्टरको कुरा सुनेर सुरूमा २४ वर्षीया ग्रिफिथलाई सकसक लाग्यो। तर आफ्नो सन्तानलाई जोगाउन उनी जे पनि गर्न तयार थिइन्। उनले हुन्छ भनिन्।

‘सुरूमा त मलाई ब्राडलीको मुटुमा बाच्छाको भल्भ राख्ने कुरा सुनेर मलाई औडाहा भएको थियो। तर बाच्छाको भल्भ राखे ऊ बाँच्न सक्छ भनेपछि म राजी भएँ।’ पाँच महिनाको हुँदा गत जुलाईमा डाक्टरले ब्राडलीको छाती फेरि चिरे। एउटा बाच्छाको भल्भ ल्याएर उनको मुटुमा जोडिदिए। अपरेशन गर्न डाक्टरलाई ६ घन्टा लाग्यो। त्यो छ घन्टासम्म उनको मुटुको साटो अर्को एउटा यन्त्रले काम गरेर उनको सास जोगाएको थियो। डाक्टरहरूले जोडिएको बाच्छाको भल्भले ब्राडलीको मुटुबाट अहिले रगत फालिरहेको छ। अहिले उनी दश महिनाका भए। यसपालि उनले जीवनमै पहिलो पटक आफ्ना दुई दाइहरूसँग क्रिसमस र नयाँ वर्ष पनि मनाएका छन्।

‘बाच्छाको भल्भ मान्छेको मुटुमा जोड्छ भन्ने हामीले सुनेका पनि थिएनौं, अहिले पनि हामीलाई यस्तो हुन्छ भन्ने पत्याउनै गाह्रो भइरहेको छ,’ ग्रिफिथले भनिन्। त्यसो त ब्राडली ग्रिफिथको पेटमा हुँदै डाक्टरले उनलाई मुटुको समस्या छ। एबोर्सन गर्नुपर्छ भन्ने सल्लाह दिएका थिए। तर ग्रिफिथले मानिनन्।

‘उसको जीवनमा  धेरै थोक भइसकेको छ। उ त लडाकु हो। गर्भवती हुँदा उसलाई फाल्नुपर्छ भन्ने मलाई कहिल्यै लागेन किनकी मलाई विश्वास थियो ऊ बाँच्नेछ,’ ग्रिफिथले भनिन्।

बच्चै बेलामा भल्भ फेरेकाहरूको फेरि भल्भ फेर्नुपर्ने सम्भावना एकदमै धेरै हुन्छ। ब्राडलीको पनि साढे दुई वर्षपछि फेरि भल्भ फेर्ने योजना डाक्टर बनाएका छन्।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top