जति सक्रिय मस्तिष्क त्यति छोटो जीवनआयु !


Monday, 21 Oct, 2019 8:56 AM
४ कात्तिक, काठमाडौं । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै कतिपय व्यक्तिमा हुने वंशाणुगत समस्या नियन्त्रणको बाहिरको कुरा हो तर धेरै अवस्थामा जीवनआयु हाम्रो वातावरण र जीवनशैलीमा भर पर्छ जसलाई हामीले चाहेमा परिवर्तन गर्न सक्छौँ । 
यसैबीच जर्नल ‘नेचर’ मा प्रकाशित नयाँ अध्ययनले मानिसको जीवनआयु निर्धारण गर्ने फरक कारक पत्ता लगाएको छ । अन्ुसन्धानका अनुसार हाम्रो शरीरमा अत्याधिक न्युरल गतिविधि अर्थात मस्तिष्क सम्बन्धी क्रियाकलाप, छोटो जीवन आयुसँग सम्बन्धित छ भने त्यही अतिरिक्त क्रियाकलापलाई दबाएर राखेमा जीवन आयु केही लामो हुन सक्नेछ । 

यसरी यो निष्कर्ष मृत्युबाट जोगिने स्प्ष्ट उपाय नभए पनि यसले औषधि वा व्यवहारिक परिवर्तन जस्तै ध्यान, योग मार्फत मष्तिष्कको गतिविधि कम गरि बुढेसकालका असर कम गर्न सकिने संकेत दिएको छ । 

यसरी हाम्रो स्नायु प्रणालीको क्रियाकलाप र जीवनआयु एकअर्कासँग सम्बन्धित रहेकाबारे पहिले पनि अनुमान लगाइएको थियो । किनकि मस्तिष्क नियन्त्रण गर्ने मेकानिजमको हाम्रो पाचन प्रणालीसँग पनि नजिकी सम्बन्ध हुने गरेको डाक्टर ब्रुस यांकर बताउँछन् जो हाभर्ड मेडिकल स्कुलका जेनेटिक्स र न्युरोलोजी प्रोफेसर हुन् । 

तर थोरै मस्तिष्क क्रियाकलापले पनि मानिसको जीवनआयुलाई प्रभाव पार्ने कुराले भने उनी अचम्मित परेका हुन् । किनभने यसअघि वैज्ञानिकहरुले सक्रिय दिमागले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने विस्वास गरेका थिए । 

यस्तोमा उनी र उनका सहकर्मीहरुले विभिन्न उमेर समुहका सर्यौँ मृतकहरुको दिमागी टिस्यु परीक्षण गरेका हुन् । 

जसपछि नै उनीहरुले ७० देखि ८० वर्ष उमेरमा मृत्यु भएकाहरुको तुलनामा ९० देखि १०० वर्षका मृतकको  टिस्युमा कम न्युरल क्रियाकलाप पत्ता लगाएका हुन् ।  यसरी जिन र बुढेस्काल सम्बन्धी अनुसन्धान गर्दा प्रायः वैज्ञानिकहरुले किरामा परीक्षण गर्ने गर्छन् जसको जीवनआयु छोटो हुनेहुँदा अध्ययन धेरै सहज हुन्छ । 

यस क्रममा उनीहरुले तिनको न्युरल क्रियाकलाप उमेरसँगै बढ्दै जाने गरेको पाएका हुन् । यसपछि अध्ययकर्ताले ती न्युरल गतिविधिलाई शान्त पार्ने औषधि दिँदा अन्यको तुलनामा तिनीहरु लामो समय बाँचेको पनि पाए तर अर्कोतर्फ न्युरल क्रियाकलापलाई बढावा दिँदा भने उनीहरु छिटै मर्ने गरेको पत्ता लगाए । यांकर भन्छन,‘हामीले मुसामा अनुसन्धान गर्दा पनि यही नतिजा प्राप्त भयो । त्यसैले मानसिक गतिविधिको असर वास्तवमै महत्वपूर्ण हुन सक्ने थाहा भएको हो ।’

यसपछि उनीहरुले न्युरल क्रियाकलाप निर्देशन गर्ने ‘सिइओ प्रोटिन’ पत्ता लगाउने प्रयास गरे । 

यसमा कम्प्युटर अल्गोरिदमको प्रयोग गरेर हेर्दा उनीहरुले ‘आर.इ.एस.टी’ नामक प्रोटिन फेला पारेका हुन् जसलाई यांकरको ल्याबले नै डिमेन्टियाबाट बचाउन सक्ने तत्वका रुपमा साबित गरेको थियो । उनले थप व्याख्या गर्दै भने, ‘जब हामीले त्यो प्रोटिन किरालाई दियौँ, त्यसको स्नायु प्रणाली कम सक्रिय भयो र त्यो लामो समय बाँच्यो । यसपछि त्यसको विपरित प्रक्रिया अपनाउँदा चाािहँ बढी सक्रियतासँगै किराको जीवनआयु घटेको हो ।’

त्यसैले यो खोज पश्चात् आरइएसटी, अल्जाइमर लगायतका न्युरो सम्बन्धी रोगहरु विरुद्ध उपयुक्त उपचार हुन सक्ने यांकरको निस्कर्ष छ । किनकी यसअघिका अनुसन्धानमा अल्जाइमरका बिरामीमा न्युरल क्रियाकलाप अधिक मात्रामा हुने गरेको पाइएको थियो जहाँबाटै यो रोग उत्पति हुन्छ । 

यसरी वास्तविक जीवनमा आवश्यक कार्यलाई संरक्षित गर्दै अत्याधिक मस्तिष्क गतिविधिलाई दबाउनेबीच सन्तुलन राख्न धेरै कठिन छ तर असम्भव नभएको यांकरले दाबी गरेका हुन् । यस्तोमा योगा र ध्यान जस्ता व्यवहारिक शैलीले दिमागको न्युरल क्रियाकलापलाई कम गरि सम्भावित रुपमा जीवनआयु बढाउन सकिने बताइएको हो ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top