syangyong
cg

बुद्ध एयरको २१ वर्षे सफल यात्रा


Thursday, 11 Oct, 2018 2:12 PM
२५ असोज, काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ । 

गुणस्तरीय जनशक्ति, सेवा सुदृढीकरणमा उच्चतम प्रविधिको प्रयोग तथा यात्रुको सेवा र सुरक्षामा उत्कृष्ट प्रदर्शनले नै बुद्ध एयर दक्षिण एशियामै स्तरीय कम्पनी बन्न पुगेको हो । पहिलो पटक १९९७ मा १९०० ‘डी’ विमानबाट उडान शुरु गरेको बुद्धले एटिआरको सफल यात्रा तय गरिसकेको छ ।

कम्पनीसँग हाल छ एटिआर ७२–५००, तीन एटिआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० ‘डी’ विमान छन्। 

बुद्ध एयरको सफलताको श्रेय मानव संशाधन भएको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउनुहुन्छ । “बुद्धको सफलता नै हाम्रा सहकर्मी हुन् । यहाँका ९६३ कर्मचारीले कम्पनीलाई व्यक्तिगत उन्नतिको साझा थलोको रूपमा लिएका र कम्पनीले पनि त्यही किसिमको सुविधा दिएका कारण सफल भएको हो । 

आन्तरिक र क्षेत्रीय उडानमा देशकै अब्बल कम्पनी बुद्धले अबको यात्रा अन्तर्राष्ट्रिय गन्तव्यतर्फ केन्द्रित गर्ने भएको छ । अबको तीन वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको बुद्धले त्यसको तयारी पनि थालेको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धले पब्लिक कम्पनीका रूपमा पहिलो चरणमा भारत र चीन उडान भर्ने जनाएको छ । 

अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत मात्र शेयर राखेर पब्लिक कम्पनीमा लैजाने तर आन्तरिक उडानका लागि पब्लिकमा नलगिने निर्देशक बस्नेत उल्लेख गर्नुहुन्छ । अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत रणनीतिक साझेदार र बाँकी हवाई क्षेत्रमा आउन चाहनेलाई दिइनेछ । 

अन्तर्राष्ट्रिय उडानमा १४ विमान 

अन्तर्राष्ट्रिय उडानको योजना बनाएको बुद्धले तीन वर्षपछि १४ वटा विमानबाट विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । हाल कम्पनीले बोइङ, एयरबस, इम्ब्रेररलगायत विमान उत्पादक कम्पनीसँग वार्ता गरिरहेको जनाएको छ ।“पोखराबाट १४ विमानले सेवा दिन्छौँ, पहिलो चरणमा भारत र चीनका गन्तव्यमा नै केन्द्रित हुन्छौँ, हामी यो वर्षको अन्त्यमा एयरबस वा बोइङ भित्र्याउने आर्थिक स्रोत व्यवस्थापनसहितको कार्ययोजना नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँछौँ”, प्रबन्ध निर्देशक बस्नेत बताउछन्। 

भारतको नयाँदिल्ली, मुम्बइ, बैङ्लोर, चेन्नाइ, हैदरावाद र चीनको बेइजिङ, साङ्घाइलगायत गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्धको योजना छ । अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाइसकेको बुद्धले काठमाडौँबाट भारतका केही शहरमा उडान गरिरहेको छ । 

हवाई मार्ग इजाजत तथा प्रक्रियाका हिसाबले भारतमा पहिला उडान हुने भए पनि पोखराबाट चीनमा पनि उडान गरिने जनाइएको छ । “इपिसिएफ मोडलबाट निर्माण भइरहेको विमानस्थल तोकिएभन्दा छिट्टै निर्माण होला भन्ने विश्वास छ । यो बीचमा तयारीका लागि हामीसँग प्रशस्त समय पनि छ । उक्त अवधिसम्म व्यावसायिक योजना र जनशक्ति तयारी पूरा गर्छौँ”, उनी भन्छन्।पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि केही सीमा हुने भए पनि पर्यटकीय सम्भावनालाई मध्यनजर गरी सेवा विस्तारको योजना अघि सारिएको कम्पनीले जनाएको छ । 

बुधबारदेखि २२ औँ वर्षमा प्रवेश गरेको बुद्धले एटिआर जहाज उडान थालेको १० वर्ष पुगेको छ । नेपालको भूबनोटअनुसार एटिचार सुरक्षित र भरपर्दो विमानको रूपमा स्थापित भएकाले आन्तरिक उडानमा एटिआरमै सीमित हुने बस्नेतले उल्लेख गरे। भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, भरतपुर र पोखरामा उडान गरिरहेको एयरलाइन्सले काठमाडौँबाट भारतको वनारसमा नियमित उडान शुरु गरेको छ । निकट भविष्यमै नेपालगञ्जबाट नयाँदिल्ली उडान शुरु गर्ने योजना छ । 

दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर 

बुद्ध एयरले सञ्चालन गरिरहेको ह्याङ्गर व्यवस्थापन दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर भएको दाबी गरिएको छ । सिङ्गापुर एटिआरका बिक्री तथा सेवा प्रमुख बिली वोले बुद्ध एयरको ह्याङ्गर दक्षिण एशियास्तरको रहेको बताए।आफ्नो १० वर्षे सहकार्यमा बुद्ध एयरले हवाई सुरक्षाका साथै अन्तर्राष्ट्रियस्तरको मर्मत सम्भारलाई विशेष प्राथमिकता दिएको उनले उल्लेख गरेका छन् ।

कम्पनीको ह्याङ्गरमा एटिआरमात्र नभइ हेलिकोप्टर, जेटस्ट्रिम पनि मर्मत गर्न सक्ने क्षमता रहेको प्रबन्ध निर्देशक बस्नेत बताउनुहुन्छ । यहाँ केही अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि विमान मर्मत गर्दै आएका छन् । बुद्ध एयरमा हाल एक हजार कर्मचारी कार्यरत छन् । 
 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top