syangyong

बजेटमा सत्तारुढ दलकै चर्को असन्तुष्टि : बजेट फिक्सिङ गर्नेलाई कस्तो कारबाही हुन्छ ?


Thursday, 14 Jun, 2018 6:32 PM
३१ जेठ, काठमाडौं । सत्तारूढ दलकै सांसदले सरकारले विनियोजन गरेको बजेट विभेदकारी रहेको भन्दै सरकारको कडा आलोचना गरेका छन् । प्रभावशाली नेताको प्रभावमा बजेट निर्धारण गरिएको, आर्थिक विकासका लागि भनिएका योजनाको समेत छनोट प्रक्रिया गलत रहेको, कुनै जिल्लामा दर्जनौं कार्यक्रम हुँदा कुनै जिल्लामा एउटा पनि कार्यक्रम नपर्ने अवस्था आएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन ।  
बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर आलेले सरकारले डोटीको अर्थिक विकास, पर्यटनलगायतका क्षेत्रमा कुनै पनि कार्यक्रम नराखिएको भन्दै गुनासो गरे । पर्यटन प्रवद्र्धनका लागि रारालाई विशेष प्राथमिकतामा राखिएको बताइए पनि बजेट विनियोजन नगरिएकामा उनको आपत्ति थियो । 
सोही पार्टीका सांसद गजेन्द्र महतले बजेट निर्माण प्रक्रिया परम्परागत रहेको, प्रभाव र दबाबका आधारमा बजेट विनियोजन गरिएको, जनताको माग र धारणाभन्दा पनि आफूखुशी निर्णय गर्ने परिपाटी हाबी भएको गुनासो गरे । उनले पर्यटन प्रवद्र्धन गर्ने नाममा कर्णालीलाई विशेष प्राथमिकतामा राखिएको भनिए पनि एकाध जिल्लालाई मात्रै प्राथमिकतामा राखेर अन्याय गरिएकामा आपत्ति प्रकट गरे । 
सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको बजेटलार्ई नेपाली उखान ‘नखाऊ भने दिनभरिको शिकार खाऊँ भने मान्छा बाबुको अनुहार’ जस्तै भएको टिप्पणी गरे ।  वस्तुगत आधारमा बजेट विनियोजन गर्नेभन्दा पनि प्रभाव र दबाबका आधारमा आगामी आर्थिक वर्षको बजेट तय भएको उहाँको आरोप थियो ।  
सांसद सुजिता शाक्यले बैंकिङ र वित्तीय प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाइनुपर्ने, भूकम्प पीडितलाई सहुलियत कर्जा दिने भनिए पनि हालसम्म प्राप्त नभएकामा सरकारको ध्यानाकर्षण गराइन । 
सांसद राजेन्द्रकुमार राईले नेकपाको सरकारले जनताको माग र चाहनालाई सम्बोधन गर्न नसकेकामा आपत्ति जनाए । सांसद मेटमणि चौधरीले खेल क्षेत्रमा ‘म्याच फिक्सिङ’ खेलाडीलाई जेल पठाइने गरिए जस्तै बजेट फिक्सिङ गर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने प्रश्न गरे । 

सांसदहरु रामबहादुर विष्ट, मोहन बाँनिया, तेजुलाल चौधरी, चन्द्रकान्त चौधरी, लालबहादुर थापा, सरिता गिरि, सुजिता शाक्य, राजेन्द्रकुमार राई, झपटबहादुर रावल, पुष्पाकुमारी कर्ण शाक्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकूदको क्षेत्रमा वस्तुगत बजेट विनियोजन नभएकोमा सरकारको ध्यानकर्षण गराए ।
सांसद अमनलाल मोदीले मन्त्री र सांसदबीच अन्तरक्रियात्मक व्यवहारबाट मात्रै आर्थिक समृद्धिको कार्ययोजना आउने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए
श्रीलंकाको नदीमा खसेका खेलाडीको शव स्वदेश ल्याउन माग 
सांसद जीवनराम श्रेष्ठले अन्तर्रा्ष्ट्रिय माउन्टेन बाइकर नारायणगोपाल महर्जनको श्रीलंकाको नदीमा खसेर निधन भएको भन्दै शव नेपाल ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । महर्जनको श्रीलंकाको एक नदीमा खसेर बुधबार मृत्यु भएको भन्दै सांसद श्रेष्ठले मृतकको परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले सरकारले त्यसतर्फ विशेष पहल गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरे । 
माउन्टेन बाइकर महर्जनको श्रीलंकाको राजधानी कोलम्बोदेखि २३० किलोमिटर टाढा रहेको एक नदीमा खसेर निधन भएको बताइएको छ । यस्तै सांसदहरु नवराज रावत, नारायणप्रसाद खतिवडा, कृष्णप्रसाद दाहाल, शान्तिमाया तामाङ, जीवनराम श्रेष्ठ, सरिताकुमारी गिरीले प्राथमिकता दिनुपर्ने विषयमा यथेष्ट बजेट व्यवस्थापन नगरिएको भन्दै आपत्ति जनाउनुभयो । 
बैठकमा प्रमिला राईले युवा तथा खेलकूद मन्त्रालय, प्रकाश रसाइलीले अर्थ मन्त्रालय, डा मीनेन्द्र रिजाल र दुर्गा पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सांसद प्रेम सुवालले तीन वटै मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका थिए ।  प्रतिनिधिसभाको अर्को बैठक आगामी असार ३ गते बजे ११ः०० बस्नेछ ।  


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सुरक्षित मातृत्वसम्बन्धी विधेयक प्रस्ताव स्वीकृत

३० साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सो प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमा आफ्ना अभिमत प्रस्तुत गर्दै सांसदले प्रजनन स्वास्थ्यका अधिकार कार्यान्वयन गर्ने संरचना तयार नभएकामा गुनासो गरे। उनप्हरुले एक हजार

​सांसदद्धारा सरकारको ध्यानाकर्षण

३० साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन् । सोही पार्टीका भरतकुमार शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा

कर्णालीको प्राथमिकतामा जोड दिन आग्रह

२९ साउन सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका छन् । । आज सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कर्णाली प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेशमा काम गर्ने गैससलाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा

अन्तर्राष्ट्रिय

‘बोल्ड डिसिजन’ गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर : चीनको अर्बौँ डलर सहयोग नलिने !

२८ साउन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिए।अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन्।

​पूर्व मुख्यमन्त्री करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद भएको छ । चेन्नइस्थित कावेरी अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा हिजो निधन भएको हो । 

​इरानमाथि नयाँ प्रतिवन्ध लगाउँदै अमेरिका, मनोवैनिक युद्ध भएको इरानको प्रतिक्रिया

२२ साउन, न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट हटेपछि नयाँ प्रतिबन्धको घोषणा गर्न लागेका छन् ।यो प्रतिबन्ध केही घण्टापछि लागु हुने जनाइएको छ । नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित छ ।आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने ट्रम्पको विश्वास छ ।अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top