ghaderi
esewa

क्लासिक टेकको बुलेट-जी प्लान मात्र ६९२ रुपैँयामा


Thursday, 25 Apr, 2019 1:25 PM
१२ वैशाख, काठमाडौं । क्लासिक टेकले ईन्टरनेटको बढ्दो मागलाई ध्यानमा राख्दै ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु बजारमा ल्याएको छ । कम्पनीले ४० एमबीपीएस गतिको बुलेट-जी प्लान मात्र रु ६९२ प्रति महिनाको दरमा वार्षिक ग्राहकलाई उपलब्ध गराउने जनाएको छ । नेपालमै यति धेरै ब्यान्डविथ यति कम मूल्यमा उपलब्ध गराईएको यो पहिलो पटक रहेको कम्पनीले जनाएको छ । कम्पनीले जडान खर्च तथा फाईवर केवलमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ भने यो प्लान जडान गर्न धरौंटी रकम बुझाउनु पर्ने छैन । 

यसका साथैं खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

विगत नौं वर्ष देखि नेपालमा विशुद्ध ईन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेकले हाल विश्वकै उत्कृष्ट GPON प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीसँग हाल १००Gbpsको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।

अहिले सम्म नेपालको ७४ वटा जिल्लामा नेटवर्क विस्तार गर्नुका साथैं २० वटा भन्दा बढी शाखाको स्थापना गरी करीब ८०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रकाशमान सिंहको आरोप-वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको छ

१२ जेठ, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई आइतबार संवोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विपरित आउन थालेको उल्लेख गर्दै मुलुकमा संवैधानिक संटक निम्तिन सक्ने दाबी गरे। प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको संविधान केही होइन अब म जे बोल्छु त्यही नै सबैले मान्नु पर्छ भन्ने जसरी प्रस्तुत हुनु असोभनीय 

जनताको शिर झुक्ने काम गर्दिन् र गर्न दिन्न : बिष्णु पौडेल

१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताएका छन् । जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा कानुनी मर्यादा र अभिभारालाई नभुल्ने स्पष्ट पारे । उनले जनताको जगबाट खारिँदै आएको बिष्णु पौडेल जनमतलाई सधैँ सम्मान गर्दै आगाडी बढने बताउँदै प्रयोजित प्रचारबाट बिचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । बालुवाटार जग्गा प्रकरण पछि पहिलो

समाजवादी पार्टिको चेतावनी-संविधान संशोधन नभए सडकमा जान्छौँ

१२ जेठ, विराटनगर । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा समानता स्थापना गर्न अझै संघर्ष चाहिने बताएका छन् । संविधानले जातीय र क्षेत्रीय भौगोलिक विविधता समेट्न नसकेको भन्दै उनले संविधानलाई पूर्ण बनाउन संघर्ष गर्नुपर्ने जिकिर गरेका हुन् । समाजवादी पार्टीले विराटनगरमा गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मुलुकमा असमानता र विभेद अन्त्य नभएसम्म समृद्धि नआउने दाबी गरे । उनले जनअपेक्षाअनुसार संविधान संशोधन नभए मुलुकका लागि दुर्भाग्य हुने बताए । कार्यक्रममा बोल्दै

अन्तर्राष्ट्रिय

चीनमा कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

१२ जेठ, जिनान । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका बारेमा अनुसन्धान 

मतदातासँग मोदीको प्रतिज्ञा : खराब नियतले केही पनि गर्ने छैन

१० जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन् । बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ । म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,’ भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने । ‘आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन । काम गर्दैगर्दा गल्ती पनि हुन 

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top