siddhartha

​बमबारीमा संयुक्त अरब इमिरेट्सका पाँच अधिकारीसहित ५७ को मृत्यु


Thursday, 12 Jan, 2017 9:54 AM

२८ पुस अफगानिस्तान । अफगानिस्तानको सहरहरूमा मङ्गलबार भएका बमबारीमा परी संयुक्त अरब इमिरेट्सका पाँच अधिकारीसहित ५७ व्यक्तिको मृत्यु भएको समाचार छ । 

दक्षिणी कान्दाहारमा रहेको एक सरकारी कार्यालय परिसरका एक सोफामा लुकाएर राखेको बम विस्फोट हुँदा १२ व्यक्तिको मृत्यु भएको थियो । तीमध्ये पाँच जना भने संयुक्त अरब इमिरेट्सका अधिकारी रहेका बताइएको छ । यस आक्रमणमा परी कान्दाहार प्रान्तका उप गभर्नर अब्दुल शाम्सीको पनि मृत्यु भएको छ । 

यद्यपि अफगानिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदूत भने सो विस्फोटनबाट बच्नु भएको बताइएको छ । 

यस आक्रमणको केही घण्टा अगाडि अफगानिस्तानको संसद भवननजिकै भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ३८ व्यक्तिको मृत्यु हुनका साथै अन्य ८६ जना घाइते भएका थिए । त्यसैगरी मङ्गलबार बिहान सबैरै अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लास्कार घामा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए । 

कान्दाहारमा भएको आक्रमणको तालिवानी आतङ्ककारी समूहले आफूहरूले नगरेको दाबी गरेका छन् भने काबुलमा अवस्थित संसदमा भएको आक्रमणको भने आफूहरूको हात रहेको दाबी गरेका छन् ।



paicho

nepal life

bussewa

राजनीति

​पार्टीका कार्यकर्ताबीच झडप हुँदा विभिन्न ठाँउमा मतदान स्थगित

१४ असार, काठमाडौं । बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा मतदानका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपसँगै स्थिति तनावपूर्ण बनेपछि सो मतदान केन्द्रमा अहिले मतदान स्थगन गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले बताए । झडप किन भएको भन्ने जानकारी हुन सकेको छैन । 

उदयपुरमा बमसहित नेकपाका कार्यकर्ता पक्राउ

१४ असार, उदयपुर । गए राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ बस्ने ४० वर्षीय भरत बस्नेत, रौता– ७ बस्ने ३० वर्षीय तिलक तामाङ र ४६ वर्षीय ध्रुव खड्का रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

​वरिष्ठ नेता पौडेलले लिए पूर्वमन्त्री जोशीको स्वास्थ्यबारे जानकारी

१३ असार, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वरिष्ठ नेता पौडेलले आज दिउँसो ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार गराइरहेका नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

अन्तर्राष्ट्रिय

​दक्षिण कोरियाली राष्ट्रपति मुन अमेरिका प्रस्थान

१४ असार, सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उनी महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित भएका थिए । उनी यसै हप्ता अमेरिका जान लागेको र त्यहाँ उनले अमेरिकी राष्ट्रपति

​आतंक मच्चिएपछि बेलायतका विद्यालयमा चक्कु निषेध

१४ असार, बेलायत । बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ । विद्यालय छिर्ने द्धारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण

​चीनद्धारा सिक्किम क्षेत्रमा भारतीय सेनाले सीमा अतिक्रमण गरेको आरोप

१४ असार, चीन । भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरुलाई यहाँबाट फिर्ता गर्न सोमबार आग्रह गरेको छ । साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्धारलाई बन्द गरेको छ । 

विचार / ब्लग

​राजपाको आन्दोलन : बहिस्कार गरेर बैद्य माओवादी बन्ने या तराईको पहिलो शक्ति ?

राष्ट्रिय जनता पार्टी राजपाले आइतबार निर्बाचनमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । राजपाको आन्दोलनका कार्यक्रम यस्ता छन् कि आफुले बहिस्कार मात्र होइन, जनताले भोट हाल्न पनि नपाउन् भन्ने उद्देश्यले गरिएको आमहड्तालसहित । सरकारले पटक पटक लचिलो ढंगले प्रस्तुत भएर निर्वाचनको मिति सार्दा पनि राजपा सहमत हुन सकेन ।

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

अभाव, अशिक्षा, गरिबी, बेरोजगारी, जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, देउकी प्रथा, कमलहरी, हलिया, कमैया, सुकुम्बासी लगायतका शब्दले दिइने सुदूरपश्चिमको परिचय फेरिदै गएको छ । ‘सुदूरपश्चिम’ को सट्टा अब ‘सुन्दर सुदूरपश्चिम’ भन्न थालिएको छ । सुदूरपश्चिम बाहिरबाट आउनेहरुका आँखामा अभावै अभाव र समस्यै समस्याको सुदूरपश्चिम भएपनि सुदूरपश्चिमेली भने ‘सुन्दर सुदूरपश्चिम’ देख्न थालेका छन् । 
Top