syangyong
cg

जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय समिति नयाँ चिराबाट अघि बढ्नुपर्छ : भुसाल


Friday, 12 Oct, 2018 9:15 AM
टोक्यो स्  सोनु भुसाल ९सोनु०ले जनसम्पर्क समिति जापान अन्तर्गतको कान्तो क्षेत्रीय समिति नयाँ चिराबाट अघि बढ्नुपर्ने बताएकी छिन् । उनले समितिको नियत नराम्रो भएको भन्दै एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ समितिको बारेमा युवाहरुले सोच्नुपनेले बेला भएको बताएकी हुन् । 
जापानमा अध्ययन गर्न गएकी भुसालले समितिमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । उनले नेपाली काङ्रेसको भातृ संगठन जन सम्पर्क समिती जापानको कान्तो क्षेत्रमा आफ्नो विद्यार्थी जीवन सँगसँगै राजनैतिक सक्रीयतालाई पनि साथ साथै लिएर आईन ।
उनको सकृयता र कार्यक्षमतालाई मुल्याङ्कन गरेर उनलाई कोषाध्यक्ष पद दिने निर्णय कार्यसमितिमा भइ सकेको सन्दर्भमा कथित निर्वाचन गराइ निर्वाचन कक्षमै उपस्थित नभएको एक पुरुष वर्गलाई अप्रत्यासित ढंगले विजयी गराइ उनलाई पाखा लगाउने निर्णय गरियो । जो एक्दमै दुःखको कुरा हो भन्दै उनले प्रेस विज्ञप्ति नै पेश गरेकी छिन ।

उनले प्रेषित गरेको प्रेस विज्ञप्ति यस्तो छः


ज​नसम्पर्क समिति जापान अन्तर्गतको कान्तो क्षेत्रीय समितिको अक्टूबर ७ तारिखमा सम्पन्न अधिवेशनमा मलाई कोषध्यक्ष पदमा मतदान गर्नुहुने सबै मेरा आदरिणय मतदाता प्रति आभार ब्यक्त गर्दछु । तपाईहरुको सहयोग र विस्वासले यति धेरै मत प्राप्त भएको छ । त्यसैगरी मलाई यो अभियानमा साथ र सहयोग गर्ने सबै अग्रज तथा मेरो सबै शुभेच्छुकहरुलाई धन्यबाद ज्ञापन गर्न चाहान्छु ।

कान्तो क्षेत्रको अधिवेशनमा देखिएको केहि दृश्य र गतिबिधिहरुले भने मेरो ध्यान खिचेको छ । सहमतिको लागि निर्वचन समिति र जापानमा रहेका सबै अग्रजहरुले पहल गर्दा पनि अधिवेशन स्थानमा नै आउन नसक्ने उम्मेदबारहरुले के गर्न सक्छन रु यो गम्भिर प्रश्न बनेको छ । प्रजातांत्रिक अभ्यासमा जित हार ठुलो विषय नभएपनि निति र नियतले हार्नु हुदैन यो चुनावमा केहि अग्रजहरुको ब्यबहार सिङगो पार्टिलाई मुठिमा राख्ने, जसरी भएपनि आपना मान्छेहरुलाई जिताउनु पर्ने देखियो । यस्ता गतिबिधिको म सधै बिरोधि हु र यस्तो कृयाकलापको सधै बिरोध गर्ने छु ।

कान्तो क्षेत्रीय समितिको अधिवेशन नत समयमा नै शुरु हुन सक्यो नत निष्पक्ष नै यसरी नै अधिवेशन हुने हो भने हामि जस्ता युवाहरुले सोच्नु पर्ने बाध्यता हुनेछ । निर्वाचन समितिले नै उम्मेदबारी दिएको मान्छे नै अधिवेशन अनुपस्थित हुने ब्यक्तिलाई कसरी उम्मेदबार बनाई रहन सक्छरु यो सार्वजनिक पदमा बस्छु र समाजसेवा गर्छु भन्नेहरुको नैतिक आचरण हो कि होईन गम्भिर भएर सोच्ने समय आएको छ ।

मेरो लड़ाई एक ब्यक्ति र एउटा समुहसग नभई विधि र प्रकृयासग हो, त्यसैले सम्पुर्ण अग्रज, सहकर्मी र मेरो साथिहरुलाई यो अभियानमा साथ दिनुभएकोमा आभार ब्यक्त गर्दै आगमि दिनहरुमा पनि तपाईहरुको साथको अपेक्षा राखेको छु ।

सुमन भुसाल (सोनु)
टोकियो, जापान


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

गाउँपालिकाको प्रशासनिक भवन निर्माण

७ कात्तिक नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न थालिएको छ । रु आठ करोड ३५ लाखको लागतमा आगामी दुई वर्षभित्र सो भवन निमार्ण गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । भैरहवास्थित प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको सो भवनमा ४८ वटा कोठा हुने प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिए । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ मा रहेको भाग्योदय आधारभूत विद्यालयमा 

वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा

७ कार्तिक ओखलढुङ्गा ।  स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।  मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।  शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर 

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top