HIMALAYAN HYDRO
nlic

​नेपाललाई क्यानडाले दियो १ सय ९५ रनको लक्ष्य


Wednesday, 14 Feb, 2018 5:11 PM
२ फागुन, काठमाडौ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत निर्णायक खेलमा नेपाललाई क्यानडाले १ सय ९५ रनको लक्ष्य दिएको छ । नामिबियाको वन्डरर्स मैदानमा नेपालले टस जितेर पहिले  फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको क्यानडाले ५० ओभर ८ विकेट गुमाउँदै १ सय ९४ रन जोड्यो । 

क्यानडाका लागि ओपनर श्रीमन्था विजयरत्नेले शतक बनाए । उनले नटआउट १ सय ३ रनको योगदान दिए। उनले १ सय ५२ बलमा ८ चौका हिर्काए । 

बलिङतर्फ नेपालका लागि बसन्त रेग्मीले ३ विकेट लिए । बसन्तले १० ओभरमा ३४ रन खर्चिए। यस्तै सन्दीप लामिछाने २ विकेट हात पारे । यस्तै करण केसी र शरद भेषावरले १ –१ विकेट आफ्नो नाममा लेखाए । 

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा पहिलो सफलता हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए । उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए । गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडिएको थियो ।  

यस्तै सन्दीप लामिछानेले क्यानडाका कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरे भने धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे।  त्यसपछि घाइते भएका सन्दीपले केही बेर मैदान छाडेका थिए । 

बसन्तले क्यानडाको चौथो विकेटको रुपमा धलिवाललाई ४ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट स्टम्पपिन गराए । करणले नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा क्यानडाका विकेटकिपर ब्याट्सम्यान हम्जा तारिकलाई २४ रनमा आउट गरे । आउट हुनुअघि उनले ३० बल खेल्दै २ छक्का प्रहार गरे । दुवै छक्का उनले सन्दीप लामिछानेको बलमा प्रहार गरेका थिए । 

शरदले विन जाफरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे । लगत्तै निखिल दत्ता शून्य रनमा पारस खड्काले डाइरेक्ट हिटमार्फत रनआउट गरे । बसन्तले हेलिगरलाई शून्य रनमा बोल्ड गरे । 

आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ । नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ । तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ ।

नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ । हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ। नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ । युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ । यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह छ । 
 


Ruslan

machha bank

ime

राजनीति

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला

२ माघ, काठमाडौं । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् । गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको विचार व्यक्त गरे । ‘दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको थियो’, उनले भने, ‘तर, अपेक्षाकृत काम भएको छैन, प्रतिपक्षमा रहेको काङ्ग्रेसले पनि गतिलो भूमिका 

देशमा अशान्ति र अस्थिरता युगको अन्त्य : वरिष्ठ नेता नेपाल

२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उनले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताए । दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उनले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी 

पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन : प्रचण्ड

२ माघ, धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गरेका छन् । लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज धादिङ बेँसीमा आयोजना गरेको  ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए । पूर्व प्रधानमन्त्री प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा

अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प

२ माघ, दाभाओ सिटी । दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले जानकारी दिएको 

केन्याको होटल परिसरमा आक्रमण, पन्ध्र जनाको मृत्यु

२ माघ, नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका छन् । विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र 

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top