cg electronics
nlic

बन्यो एउटा सानो पेन जसले सजिलै क्यान्सर पत्ता लगाउन सक्छ


Thursday, 7 Sep, 2017 10:07 AM

क्यान्सरको नाम सुन्ने बित्तिकै हामी सबै डराउने गर्दछौ, यो रोग छ नै यति खतरनाक । तर एउटा सानो पेनले मात्र १० सेकेन्डमा क्यान्सरको लक्षण पत्ता लगाउन सक्छ भन्दा तपाईले पत्याउनु हुनेछैन ।

अमेरिकाको टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुका अनुसार उनीहरुले एउटा यस्तो डिभाइस बनाएका छन्, जसबाट सजिलै हातले समाप्त सकिन्छ र यसले १० सेकेन्डमै क्यान्सरको टिश्यु पहिचान गर्न सक्दछ । यसको सहयोगमा क्यान्सरको उपचार चाँडै र राम्रोसँग गर्न सकिनेछ । 
साइन्स ट्रान्सलेशनमा मेडिसनमा प्रकाशित रिपोर्टमा यो डिभाइस परीक्षणमा ९६ प्रतिशत सही बताइएको छ।

कसरी गर्छ काम ?
यो पेन त्यहाँ राखिन्छ जहाँ क्यान्सर भएको आशंका गरिएको छ, पेनबाट पानीको एउटा सानो थोपा निस्कन्छ । त्यसपछि जीवित कोशिकाहरुभित्र रहेको रसायन पानीको उक्त थोपातर्फ जान लाग्छ । जसलाई परीक्षणका लागि पेनले पुनः सोस्छ । 

यो पेनलाई स्पेट्रोमिटरमा जोडिएको छ । यो स्पेट्रोमिटरले हरेक सेकेन्डमा हजारौ रसायनको द्रव्यमान मापन गर्न सक्दछ । यो पेनको सहयोगबाट एक प्रकारको रसायनिक फिंगरप्रिन्ट तयार हुन्छ जुन डाक्टरलाई टिश्युमा क्यान्सर छ छैन भन्ने थाहा पाउन सहयोग गर्दछ ।

डाक्टरका लागि एउटा सामान्य र क्यान्सर भएको टिश्युमा अन्तर छुट्याउन सबै ठुलो चुनौति रहने गरेको छ । यो पेनको सहयोगमा यो काम निकै हदसमम सजिलो हुनेछ । 

लिविया एबरलिन टैक्सस युनिभर्सिटीमा रसायन विज्ञानका असिस्टेन्ट प्रोफेसर हुन् । लिविया भन्छिन्–यो डिभाइसको सबैभन्दा राम्रो पक्ष यसले सजिलै क्यान्सरको टिश्यु पहिचान गर्न सक्छ, यसलाई प्रयोग गर्न पनि निकै सजिलो छ । 

कस्तो रह्यो परीक्षण ?
यो प्रविधिको परीक्षणको २५३ स्याम्पल लिइएको छ । यो डिभाइसलाई आगामी सातासमम प्रयोग गर्ने तयारी गरिएको छ । यसअघि यसको कयौ प्रकारले परीक्षण गरिँदैछ । 

यो पेनको माध्यमबाट १.५ मिलिमिटरसम्म सानो टिश्यु पहिचान गर्न सकिन्छ । यद्यपि शोधकर्ताहरुका अनुसार उनीहरु यो पेनलाई अझ उन्नत बनाउने कोशिस गरिरहेका छन्, जसबाट ०.६ मिलिमिटरसम्म सानो टिश्यु पनि पहिचान गर्न सकियोस् । 

त्यसो त यो पेनको मूल्य पनि निकै कम छ । तर, यसमा लाग्ने स्पेकट्रोमिटर निकै महंगो र ठुलो छ । डाक्टर एबरलिन भन्छिन्–यो डिभाइस सफल हुनुमा स्पेक्ट्रोमिटर नै बाधा बनेको छ । यद्यपि हामी सानो र सजिलोसँग प्रयोग हुनसकने स्पेक्ट्रोमिटर बनाउने कोशिस गरिरहेका छौ । 

यसअघि पनि कयौ युनिभर्सिटीले क्यान्सरको उपचारसँग सम्बन्धित डिभाइस बनाएका छन् । लण्डनको इम्पिरियल कलेजमा एउटा यस्तो चक्कु बनाइएको थियो, जसको सहयोगमा पनि क्यान्सर पहिचान गर्न सकिन्छ । 

यस्तै हावर्ड युनिभर्सिटीको टिम ब्रेन क्यान्सर ठिक गर्नका लागि लेजर प्रविधिको प्रयोग गरिरहेको छ । एजेन्सी


Ruslan

sponserworldcup

राजनीति

डा देवकोटाप्रति राष्ट्र सँधै ऋणी : नेकपा

५ असार काठमाडौँ, ।  नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा।डा। उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका

​पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य : नेता सिंह

४ असार, चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३को प्रदेशस्तरीय भेलालाई  सम्बोधन गर्दै उनले पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता औल्याएका हुन् । प्रजातन्त्रिक पद्धति पार्टीभित्रबाट थाल्नुपर्नेमा जोड दिँदै उनले भने, “यो अवस्थामा पार्टी 

​काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेत्री कोइरालाको जोड

४ असार, काठमाडौँ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन्। 
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिएकी हन् ।“काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ”, नेत्री कोइरालाले भनिन्, “संसद्मा बोल्ने विषयमा

अन्तर्राष्ट्रिय

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top