siddhartha

​रोकिएन उम्मेदवारमाथि आक्रमण, मंगलबार मात्रै तीन ठाउँमा बम प्रहार, के सोच्दैछन् प्रधानमन्त्री ?


Tuesday, 14 Nov, 2017 4:10 PM
२८ कात्तिक, काठमाडौं । उम्मेदवारलाई लक्षित गर्दै बम आक्रमण गर्ने क्रम झन् बढेको छ । प्रदेश नम्बर ५ का पहाडी जिल्ला रुकुम र रोल्पामा उम्मेदवारद्वय जनार्दन शर्मा र वर्षमान पुनमाथि आक्रमण गरेसँगै बढेको असुरक्षा देशभरका उम्मेदवारसम्म पुगेको छ । 

मंगलबार बिहानै भोजपुरमा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर बम विस्फोट गराईएको छ । मंगलबार नै संखुवासभा र म्याग्दीमा पनि उम्मेद्वारमाथि बम आक्रमण गरिएको खबर प्राप्त भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको हो । बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो।

बम बिस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ। विस्फोटमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बम विस्फोटले सवारी साधनका सिसा फुटेको प्रचार टोलीमा सहभागी तरुण दलका सदस्य सुमन श्रेष्ठले जानकारी दिए। ‘एक मिनेट ढिला बिस्फोट भएको भए ठुलो मानवीय क्षति हुने थियो, संयोगबस हामी बच्यौँ’, उनले भने, ‘निकै माथिबाट तार ल्याएर विस्फोट गराइएको छ।’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले घटनामा कुनै किसिमको क्षति नभएको जानकारी दिइन्।

‘रत्नेचौरमा प्रहरी युनिट र भकुण्डेमा सशस्त्र प्रहरी क्याम्प छ, घटना लगत्तै हामीले सुरक्षा जनशक्ति बढाएका छौँ’, उनले भनिन्, ‘कुन समूहले बिस्फोट गरायो भन्ने विषय खुलेको छैन।’ 

संखुवासभामा पनि निर्वाचन प्रचारप्रसारका क्रममा सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नम्बर १ (क) का लागि माओवादी उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो ।

एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जानेक्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन ।

बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घन्टाको पैदल दूरीमा पर्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ । 

मंगलबार बिहानै भोजपुर प्रदेशसभाका उम्मेद्वार शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको थियो । बम आक्रमणमा राईका अंगरक्षक घाइते भएका छन् । गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो ।
सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा चोट लागेको छ । उम्मेद्वारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले बताए । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको घटना पुष्टि गरेको छ । 

यी तीनवटै वम आक्रमणको जिम्मा कसैले लिएको छैन । तर, प्रहरहीले नेतबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका कार्यकर्ताले आक्रमण गरेको अनुमान गरेको छ ।

देशभर खासरगरी वाम उम्मेदवारहरुमाथि आक्रमण भइरहेको छ । म्याग्दीमा भने काँग्रेसकै उम्मदवारमाथि पनि आक्रमण भयो । अहिले गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् । तर, हरेक दिन उम्मेदवारमाथि आक्रमण भइरहँदा र असुरक्षा बढिरहँदा पनि सुरक्षा सुदृढिकरणमा देउवाले कुनै चासो राखेको देखिँदैन । प्रधानमन्त्री देउवाको गतिबिधिलाई लिएर बिरोधका आवाज उठ्न थालेका छन् । उम्मेदवारमाथि आक्रमण नरोकिनु र गृहमन्त्रालयको समेत जम्मा लिएका प्रधानमन्त्री नै सुरक्षा संवेदनशिलताबारे नबोल्नुले निर्वाचनको वातावरण आतंकित बन्ने खतरा छ । 

 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

चुनावको मुखैमा एमाले अध्यक्ष केपी ओलीले किन लेखे यस्तो पत्र ?

 उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

आज धनगढीको चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

८ मंसिर,कैलाली । संयुक्त चुनावी सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।आज  आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् । 

प्रधानमन्त्रीले जब यसरी व्यंग गरे

८ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था

अन्तर्राष्ट्रिय

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति

७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले शुक्रवार एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

विचार / ब्लग

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 
Top