syangyong

क्याप्टेन किरण : दुई दुर्घटनामा भाग्यले जोगायो, तेस्रो दुर्घटनामा त्यही भाग्यले ठग्यो


Wednesday, 16 May, 2018 1:56 PM
२ जेठ, काठमाडौं । बुधबार हुम्लाको खार्पुनाथमा दुर्घटना भएको महालु एअरलाइन्सको विमानका क्याप्टेन किरण भट्टराई यसअघि पनि दुईपटक दुर्घटनामा परेका थिए । दुवै दुर्घटनामा उनी भाग्यले बाँचे, आफ्नो सीप प्रयोग गरी विमानमा भएका अरुलाई पनि जोगाए । तर, आज भएको तेस्रो दुर्घटनामा उनी जोगिन सकेनन् । कोपाइलट आदित्यनाथ नेपाली र उनको ज्यान गयो । 

पहिलो दुर्घटना, तर जोगिए
१८ जेठ ०७० मा नेपालगञ्जबाट हुम्लाको सिमिकोटको उडान भने । त्यतिखेर उनी सीता एअरलाइन्समा कार्यरत थिए । नाइन एन एनएचबी कलसाइनको विमानमा ५ जना यात्रु बोकेर उनी सिमिकोट उडे । तर, सिमिकोटमा अवतरण गराउन खोज्दा विमान असन्तुलनमा पुग्यो र बायाँ पँखेटाले धावनमार्ग छोयो ।

अझै अल्लिएको विमानको दायाँ पँखेटा पनि जमिनमा जोतियो । विमानमा क्षति पुगे पनि तत्काल उद्धार भएका कारण मानवीय क्षति भएन । उनीसहित कोपाइलट र यात्रु सकुसल रहे । 

दोस्रो दुर्घटना, फेरि जोगिए
२६ चैत ०७४ मा उनी दोस्रो दुर्घटनमा परे । एक महिना पाँच दिन अघिको घटना हो यो । मकालु एअरकै नाइन एन एजेजी कलसाइन विमान हुम्लाको सिमिकोटबाट सुर्खेतको उडान भर्न रनवेमा गुड्न थाल्यो । विमाननमा उनीसहित चिालकदलका अर्को सदस्य र १० यात्रु थिए । धावनमार्गको १५ मिटर भाग गुडिसकेको थियो विमान । तर, एक्कासी विमानमा हाइड्रोलिकमा समस्या देखियो । टेक अफ गर्नै लाग्दा एक्कासी विमान रोके र इन्जिन बन्द गरी दुर्घटनाबाट आफू जोगिए सबैलाई जोगाए । 

तेस्रो दुर्घटना, तर जोगाउन जोगिएन् 
आज अर्थान २ जेठ ०७५ मा तेस्रो दुर्घटना भयो । तर, उनी जोगिन सकेनन् । सुर्खेतबाट हुम्लाका लागि उडेका उनी र कोपाइलट दुर्घटनामा परे, ज्यानै गयो । दुईपटक भाग्यले बाँचेका उनलाई योपटक भाग्यले ठग्यो । बिहान ६ः१० बजे सुर्खेतबाट हुम्लाको लागि उडेको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक्लबुजखर्कमा स्थानमा दुर्घटना भयो । 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

४ भदौ, काठमाडौँ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरेका हुन्। सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार

​सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

४ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको आरोप लगाएका छन् ।सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको

​नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

४ भदौ, काठमाडौँ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो।प्रधानमन्त्री ओलीले गत 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top