kantipur mall

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते


Monday, 14 Oct, 2019 10:31 AM
२७ असोज, काठमाडौं । अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजना अवस्था गम्भीर छ । 

स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो । दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो ।

२२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ)को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए ।

अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो । स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो । स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा बज्रिएको थियो। 


global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

नेविसंघका कार्यकर्ता पक्राउ

२ मंसिर, काठमाडौं । भारतीय दुतावास नजिक लौनचौरस्थित प्रदर्शन गर्ने नेपालि विधार्थी संघका कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि समावेश भएको विरोधमा नेविसंघका विधार्थीहरुले प्रदर्शन गरेका हुन । प्रदर्शनको क्रममा उनीहरुलाई  आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवराज त्रिपाठी, मनिष सिंखडा, दिपक ओझा, सरोज थापा, सन्तोष पाण्डे र दिपेश ओलि रहेका छन । उनीहरुले 

नेत्रविक्रम चन्दका दुई कार्यकर्ता पक्राउ

१ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव  समुहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बबइ पाँच बस्ने ३२ वर्षीय निमबहादुर डागी र शान्तिनगर गाउपालिका १ पोखरीया निवासी ३० वर्षीय प्रकाश बूढामगर रहेका छन । टाङखोला प्रदेश ३ मा ०२००७ प १२०४ नम्बरको जिक्सर मोटर साइकलमा लुकीछिपि हिडिरहेको अवस्थामा बबइ पाँच बस्ने ३२ वर्षीय निमबहादुर डागीलाई पक्राउ गरीएको हो भने बुढा मगरलाई शुक्रबार बेलुकी एक्लै हिडिरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाँके र बर्दियाका ७२९ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

 ३० कात्तिक, बाँके । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन दुई वर्षअघि भयो । मुलुक सङ्घीयतामा गएपछिको पहिलो निर्वाचनमा दलहरु निकै उत्साहका साथ सहभागी भए । विभिन्न कारणले केही निर्वाचन क्षेत्र अझै खाली छन् । ती क्षेत्रमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । बाँकेमा कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । दलहरुले उपनिर्वाचनको प्रचारप्रसार तीव्र बनाएका छन् । निर्वाचन लक्षित गतिविधिसँगै दलहरुले विभिन्न तयारी गरिरहेका छन् । विसं २०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारूको निधनपछि रिक्त पदका लागि सो वडामा उपनिर्वाचन हुनेछ । 

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top