ghaderi
esewa

​वायुमण्डलमा कार्बड डाइअक्साइडको मात्रा आठ लाख वर्षयताकै उच्च, वैज्ञानिकमाझ खैलाबैला


Thursday, 16 May, 2019 1:57 PM
२ जेठ, काठमाडौं । आधुनिक मानव जाति (होमो सेपिएन्स्को) उत्पत्ति भएयता पृथ्वीको वायुमण्डलमा त्यति धेरै कार्बन डाइअक्साइड कहिल्यै थुप्रिएको थिएन, जति गएको सप्ताहन्त थुप्रियो।  अमेरिकाको हवाइ टापुस्थित मौना लोआ अब्जर्भेटरीको तथ्याङ्कअनुसार गत शुक्रबार र शनिबार पृथ्वीको वायुमण्डलमा  प्रतिदश लाख चार सय १५ पार्टस् (पिपिएम) कार्बन डाइअक्साइड जम्मा भएको थियो।

वायुमण्डलमा थुप्रिएको कार्बन डाइअक्साइडको यो मात्रा विगत आठ लाख वर्षमा सबैभन्दा उच्च हो। अर्थात्, मानव जातिको उद्विकास सुरू हुनुअघि र सुरू भएपछि पनि यति धेरै कार्बन डाइअक्साइड कहिल्यै वायुमण्डलमा थुप्रिएको थिएन।

यो नयाँ तथ्याङ्कले विश्वभरका वैज्ञानिकमाझ खैलाबैला मच्चिएको छ। धेरैले यसलाई ‘डरलाग्दो तथ्याङ्क’ भनेका छन्। मौसमविद् तथा वातावरण विषयका लेखक एरिक होल्टहाउसले ट्वीट गरेका छन्, ‘हामीलाई यस्तो (यति धेरै कार्बन थुप्रिएको) अर्को कुनै ग्रह थाहा छैन।’

होल्टहाउसले भनेका छन्, ‘पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा चार सय १५ पिपिएमभन्दा धेरै भएको यो मानव इतिहासकै पहिलो घटना हो।’ औद्योगिक क्रान्तिभन्दा आठ लाख वर्षअघि कार्बन डाइअक्साइडको मात्रा तीन सय पिपिएम नाघेको थिएन।

‘होमो सेपिन्यस’ करिब तीन लाख वर्षअघि पनि अस्तित्वमा थिएन। त्यसमाथि उनीहरूका केही पूर्वज करिब २० लाख वर्षअघि पृथ्वीमा देखिएका थिए। हरितगृह ग्यास वैज्ञानिकका अनुसार कार्बन डाइअक्साइड नै ‘ग्लोबल वार्मिङ’को मुख्य कारण हो।

कोइला, तेल र ग्याँसजस्ता जैविक इन्धन जलाएर विश्वलाई उर्जा दिँदा, कार्बन डाइअक्साइड र मिथेनजस्ता अन्य हरितगृह ग्याँसको उत्पादन हुन्छ। यी ग्याँसले सौर्य विकिरणलाई वायुमण्डलमै अल्झाएर राख्छन्। पृथ्वीको वायुमण्डलको तापक्रम पछिल्लो समय बढ्नुको कारण मानिस नै भएको वैज्ञानिक सहमति छ।

प्राकृतिक कारणले तापक्रम वृद्धि नभएको वैज्ञानिकहरूले बताए । बितेको दुई दशकमा, विश्वको तापक्रम एक डिग्रीको दुई तिहाइले बढेको नेसनल ओसनिक एन्ड एट्मोस्फेरिक एड्मिनिस्ट्रेसनले जनाएको छ। ‘पेलियोक्लाइमेटिक डाटा’ सँगै कम्प्युटर ‘सिमुलेसन’ प्रयोग गरेर पोट्सड्याम इन्स्ट्टियुट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले यो वर्ष एउटा अध्ययन गरेको थियो। अध्ययनले कार्बन डाइअक्साइडको मात्रा तीस वर्ष यताकै उच्च रहेको देखाएको छ।

कार्बन डाइअक्साइडको सघनता अनुगमन गर्ने स्क्रिप्स कार्यक्रमका निर्देशक राल्फ किलिङले भनेका छन्, ‘औसत वृद्धि दर उच्च छ। अघिल्लो वर्षको वृद्धि करिब तीन पिपिएम र पछिल्लो औसत २.५ पिपिएम छ।’ सन् १९५८ यता, किलिङ र उनका पिता चाल्र्स डेभिड किलिङले मौना लोआ अब्जर्भेटरीमा कार्बन डाइअक्साइडको मात्रा मापन गरेका छन्। उनीहरूले ‘किलिङ कर्भ’ सिर्जना गरेका छन्। यो चित्रले कार्बन डाइअक्साइडको संचय देखाउँछ।

पोहोर साल मे महिनामा, कार्बन डाइअक्साइडको सघनता चार सय १० पिपिएम पुगेको थियो। युनिभर्सिटी अफ मिसिगनले गरेको अध्ययनमा कार्बन डाइअक्साइड उत्सर्जनको मात्रा आउने शताब्दीको मध्यसम्म पाँच करोड ६० लाख वर्षमा कहिले नभएको स्तरमा पुग्ने देखिएको छ।

यो हाम्रो जीवनकालमा नभए पनि, यो हाम्रो नातिनातिना वा पनातिपनातिनाको पालामा पक्कै हुनेछ। एजेन्सी

 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सभामुखको निर्देशन-सरकारलाई सहयोग हुनेगरी छलफललाई अघि बढाउनुस्

९ जेठ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन् । महराले सरोकारवालासँग छलफल गरेर मात्रै कानुन निर्माणको काम अघि बढाउन पनि सरकारलाई सचेत गराए । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले संविधानको मर्म अनुसार कानुन निर्माण भएरनभएको निगरानी राख्ने काम संसदीय समितिको

प्रदेश र स्थानीय सरकारले संविधान प्रतिकूल हुनेगरी कानुन बनाए बदर गरिनेछ : कानुनमन्त्री

९ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने चेतावनी दिएका छन् । मन्त्री ढकालले संविधान र कानुन विपरित चल्न नदिन प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरिएको पनि स्पष्ट पारे । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान र संघीय

प्रदेश ५ : प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय समझदारी

९ जेठ, काठमाडौं । प्रदेश ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेशका तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । हस्ताक्षर कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताएका छन् । मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

भारतमा लोकसभा चुनावको मतगणना हुँदै, बीजेपीको अग्रता

९ जेठ, भारत । भारतीय लोकसभा चुनावको मतगणना बिहीबार हुँदैछ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । बिहीबार ८ हजार ४० उम्मेदवारको भाग्य फैसला हुँदैछ । अन्तिम चरणको मतदान सकिएपछिको एक्जिट पोल भनिने प्रारम्भिक चुनावी नतिजा अनुमानमा सत्तारुढ भारतीय जनता 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top