esewa

रोयल क्यासिनो : मूख्य लगानीकर्तालाई धोका दिएर करोडौ लिई बिदेश पलायन हुने दाऊमा थापामगर !


Thursday, 16 May, 2019 9:34 AM
२ जेठ काठमाडौ ।  विगत लामो समयदेखि सरकारलाई बुझाउनुपर्ने करौडौ राजस्व र मजदुरलाई दिनुपर्ने तलबभत्ता नदिई सर्बोच्च अदालतको अन्तरिम आदेशबाट २०७२ फागुन १५ देखि पुन सञ्चालनमा आएको क्यासिनो रोयललाई गत हप्तादेखि केहि मजदुर नेताको  मिलेमतोमा नया समुहले  कब्जामा लिई संचालन गरेका  छन् । गिल्ट इन्भेस्टमेन्ट प्रा लि द्वारा संचालित दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालित रोयल क्यासिनोमा  केहि समय पहिला  भारतमा बस्ने आशिष पटेलले खरिद गरि रोयल क्यासिनोकै आफ्नो निकटस्थ कर्मचारी जयन्ति थापामगरको नाममा सुरेन्द्र बहादुर सिंहबाट २०७५ भदौ १७ मा नामसारी  गरिदिएका थिए । रोयल क्यासिनोको मालिक भएपछी थापामगरबिरुद्द सम्पती सुद्दिकरण विभागमा मुद्दा पनि परेको छ । करिब ८ महिना आशिष पटेलकै निर्देशनमा क्यासिनो संचालन भएपछी बिना लगानी आफ्नो नाममा आएको क्यासिनोबाट जयन्ती फाईदा लिने निर्णय गर्दै उनले पट्टेललाई धोका दिई  सुनिलजंग रायमाझी,मनोज सुबेदी,गोकर्ण लामिछाने,अनिशलगाएतलाइ क्यासिनो रोयल चलाउने जिम्मा दिएको स्रोतको भनाई छ । 

उनले भारतमा बस्ने आशिष पटेललाई क्यासिनो भित्र प्रवेश नदिन कर्मचारीलाई निर्देशन दिदै उनलाई  अनलाइन मोनिटरिङ सिस्टमबाट समेत  हटाई क्यासिनो कु गरेको स्रोतको दाबी छ । जयन्तीले पटेलका प्रतिनिधिहरु एक्जुकेटिभ डाइरेक्टर निशान्त पटेल, फुर्ड एण्ड बेभरेजका प्रशान्त पटेल, मार्केटिङ प्रमुख वसन्त सापकोटा र फाइनान्स प्रमुख अपी जोशीलगाएतका पटेल नजिकका  कर्मचारीलाई जबर्जस्ति निस्काशन गरि नया समुहलाई क्यासिनोको जिम्मा लगाईन । स्रोतका अनुसार अहिले थापामगरले मनोज लगायतको समुहबाट दुई  करोड पचास लाख नगद लिईसकेकी छन् भने बाँकि तिन करोड पचास लाख  प्रतिमहिना  पचास लाखका दरले  लिने सर्तमा क्यासिनो मनोजको समूहलाई दिईएको छ  । अहिले जयन्तीले दैनिक पचास हजार क्यासिनोबाट लिने गरेको विस्वस्त स्रोतले न्यूजसेवालाई बतायो । 

एकातर्फ सरकारलाई बुझाउनुपर्ने कर र बक्यौता रकम नबुझाई अटेर गरेर बसेकी सो क्यासिनोको सञ्चालक जयन्ती थापामगरले पछिल्लो समयमा पर्यटन विभागलाई पठाएको पत्रबाट चित्त नबुझेपछि तत्काल बाँकी बक्यौता र कर चुक्ता गर्नु गराउनु भन्दै दोस्रो पत्र पठाएपछि थापामगर अप्ठ्यारोमा परेकी थिइन । क्यासिनो अर्को समुहलाई जिम्मा लगायर एकमुस्ठ  रकम लिई थापामगर बिदेश पलायन हुन खोजेको एक कर्मचारीले बताए । उनले भने हिजो हामीसंगै काम गरेकी कर्मचारी संचालक पटेलका कारण एकाएक करोडपति बनिन र अहिले आएर  उनी पटेललाई धोका दिएर अझै बढी कमाउने सोचाईमा रहेकी छन् । 

अहिले क्यासिनोका पिडित कर्मचारीहरुले पर्यटन बिभाग,कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालय,राजस्व कार्यालय र नेपाल सरकारलाई जयन्ति थापामगर बिदेश भाग्न लागेकोले उनको पासपोर्ट कब्जा गरेर राखी  सरकारलाई तिर्नुपर्ने राजस्व १३ करोड २८ लाख ५९ हजार ४ सय १४  र  मजदुरहरुको १७ करोड भन्दा बढी तलब र संचयकोष तत्काल चुक्ता गराउन आग्रह गरेका छन्  । 

अहिले क्यासिनोका जुन मजदुरले बिरोध तथा  पैसा र संचयकोषको माग गर्छन ति मजदुरलाई जागिरबाट निकाल्ने गरिएको छ। यस्तो  गर्दा पनि मजदुर नेताहरु भने साठगाठमै ब्यस्त रहेको ति कर्मचारीले बताए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले गिल्ट इन्भेष्टमेण्ट प्रालि दरवारमार्गको नाममा दोस्रो पत्र पठाई बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ । सो विभागले पठाएको पत्रमा सर्वोच्च अदालतको मिति २०७२ फागुन १५ को अन्तरिम आदेशबमोजिम होटल याक एण्ड यति दरबारमार्ग, काठमाडौंमा त्यस कम्पनीद्वारा सञ्चालित क्यासिनो सम्पूर्ण सेयर साबिक सञ्चालक सुरेन्द्रबहादुर सिंहको नामबाट जयन्ती थापाको नाममा कम्पनी रजिष्ट्रार कार्यालयको मिति २०७५ भदौ १७ को निर्णयअनुसार लगत कायम भएपछि पनि कर नबुझाएकोमा तत्काल बुझाउन दोस्रो पत्र पठाएको हो ।
कम्पनीको सेयर हस्तान्तरणका समयमा साबिक सञ्चालक र हालको सञ्चालकबीच कम्पनीले सरकारलाई बुझाउनुपर्ने बक्यौता भुक्तानी सम्बन्धमा के कस्तो व्यवस्था गरिएको छ, सो सेयर खरिदबिक्री सम्झौताको एकप्रति यथाशीघ्र विभागलाई उपलब्ध गराई कर चुक्ता गर्न समेत निर्देशन दिएको विभागले जनाएको छ । महालेखा परीक्षकबाट लेखापरीक्षणका क्रममा कायम भएको बेरुजु र क्यासिनो सञ्चालनबापतको रोयल्टी त्यसमा लाग्ने शुल्क तथा थप शल्क समेतको बक्यौता रकम यस विभागसँग समन्वय गरी १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिईएको हो ।

यसअघि पनि विभागबाट बक्यौता भुक्तानी सम्बन्धमा विभिन्न मितिमा पत्राचार भएको भए पनि कम्पनीको तर्फबाट बक्यौता रकम भुक्तानी सम्बन्धमा तदारुकता देखाएको नपाइएकाले ताकेतास्वरुप यो पत्राचार पठाएको जनाएको छ । विभागले पठाएको पत्रमा उल्लिखित म्यादभित्र बक्यौता नबुझाएमा प्रचलित कानुनबमोजिम हालको सञ्चालक सेयरधनीका नाममा बक्यौता कायम गर्ने गरी कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा सरकारी बाँकीसरह असुलउपरका लागि लगत कायम गर्न पठाइने व्यहोरा समेत आदेशानुसार गर्नु गराउनु भन्दै पत्र पठाएको हो । पर्यटन विभागले क्यासिनो रोयलकी सञ्चालिका थापामगरले पठाएको पत्रबाट चित्त नबुझेपछि पुनः पठाएको पत्रको जवाफ दिनुभन्दा अघि आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसक्ने देखिएपछि नयाँ लगानीकर्ताको खोजीमा सक्रिय भएकी छिन् । थापामगरले आफू सुरक्षित हुन र कारबाहीबाट बच्नकै लागि लामो समयदेखि विभिन्न क्यासिनो संचालन  गरेका  मनोज सुबेदीलगायतको समुहलाई  क्यासिनो रोयलमा लगानीकर्ताको रुपमा भित्र्याई  भारतीय लगानीकर्ता पट्टेललाई धोका दिएकि छन् ।

सुरेन्द्रबहादुर सिंहसँग क्यासिनो रोयलको सबै सेयर खरिद गरेको भन्दै चर्चा भएसँगै थापाले हालसम्म ७३ करोड रुपैयाँभन्दा बढी रकमको स्रोत देखाउनुपर्ने र उनको सम्पत्तिमाथि छानबिन गरी कारबाहीको माग राख्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेपछि सो कारबाहीबाट जोगिनकै लागि मनोज सुबेदी लगायतलाई क्यासिनोमा भित्र्याइएको स्रातको दाबी छ  । उनीहरुले कर्मचारीहरुको करौडौ तलब र संचयकोष समेत तिर्न बाँकि रहेको छ । अहिले थापामगरको गिरोहले केहि मजदुर नेताहरुलाई आर्थिक प्रलोभनमा पारि क्यासिनो कब्जा गरेका हुन् । उनीहरुको समुहले जयन्ति थापामगरलाई लगानी गर्ने पर्दा पछाडिको क्यासिनोको बास्तबिक मालिक आशिष पटेललाई क्यासिनो प्रबेश बन्द गरेका छन् । पटेलले आफ्ना बिश्वाशको पात्र जयन्तिको नाममा क्यासिनो रोयल पास गराएका थिए । श्रोतका अनुसार अहिले थापामगरले मनोज लगाएतको समुहबाट दुई  करोड पचास लाख नगद लिईसकेकी छन् भने बाकि तिन करोड पचास लाख  पर्ति महिना पचास लाखका दरले  लिने सर्तमा क्यासिनो मनोजको समूहलाई दिईएको हो । 

अहिले सरकारले जारी गरेको क्यासिनो सञ्चालन ऐनविपरीत सञ्चालन भएका अधिकांश क्यासिनोको सञ्चालक महिनैपिच्छे परिवर्तन गरी करछली गरेको रहस्य खुलेको छ ।

लामो समयदेखि बाँकी रहेको बक्यौता र कर राजस्व समेत सरकारलाई नबुझाई अदालतको आदेशको भरमा सञ्चालन हुँदै आएको राजधानीलगायत देशभरका क्यासिनोले व्यवस्थापन नै परिवर्तन गर्ने गरेको पाइएको छ ।

पछिल्लो समयमा ह्याप्पी आवर कम्पनी प्रालि नामक कम्पनीले कागजी रुपमा कम्पनीको सञ्चालक (मुख्य व्यक्ति)महिनैपिच्छे परिवर्तन गर्दै आएको छ । सरकार र क्यासिनो सञ्चालकबीच लामो समयदेखि रोयल्टी बक्यौता चुक्ता गर्न ताकेता गरेदेखि विभिन्न बहाना देखाएर राजस्व नबुझाउने क्यासिनो सञ्चालकहरुले विना अनुमति अबैधानिक काम  गर्दै पनि आएका छन् ।

भारतको गुजरात अहमदाबाद घर भएका आशिष पटेल नेपालमा क्यासिनोमा लगानी गर्दा लुटिएको यो तेस्रो पटक हो । पटक–पटक क्यासिनोमा लगानी गर्दा पटेलको २४ करोड रुपैयाँ गुमेको छ । गत भदौ १७ गते सुरेन्द्र बहादुर सिंहको नामको गिल्ट इन्भेस्टभेण्ट प्रा.लि. त्यही क्यासिनोकी कामदार जयन्ती थापाले नाममा सेयर ट्रान्सफर गरे ।

पटेलले एफडीआई ल्याएपछि जयन्तीले कम्पनी छाड्ने कागज गरिन् । त्यही कागजको भरमा पटेलले १४ करोड रुपैयाँ लगानी गरे तर फेरि पनि उस्तै घटना क्रम दोहोरियो ।

जयन्ती थापाले अन्य व्यक्तिलाई क्यासिनो दिने  सम्झौता गरेर क्यासिनोका संचालक पटेललाई क्यासिनो छिर्न रोक लगाइन् ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

सामाजिक सुरक्षा योजनालाई उद्योगी नेताहरुले नै सहयोग गरेनन् : मन्त्री विष्ट

८ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योगी नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको बताए । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वाहनामात्रै भएको भन्दै उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वयनमा समस्या सिर्जना भएको दाबी गरे ।

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : रवीन्द्र मिश्र

८ भदौ, बुटवल । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भने, ‘भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका 

सरकार सफल भएमात्र संघीयता सुदृढ हुन्छ : पर्यटनमन्त्री भट्टराई

७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताए । 
 

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण

८ भदौ, काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले शनिबार छोटो दूरीका दुई वटा ब्यालेस्टिक मिलाइल परीक्षण गरेको हो  दक्षिण कोरियाका ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ ले भनेका छन्, ‘सेनाले दुई अज्ञात प्रक्षेपास्त्रहरु देखेको छ । ती छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु हुन सक्ने अनुमान गरिएको छ ।’

कश्मीर पुग्न नपाइ विमानस्थलबाटै फर्काइएपछि के भने राहुल गाधीले ?

भारत सरकारले धारा ३७० खारेज गरेपछि पहिलो पटक जम्मू–कश्मीर भ्रमणमा निस्केका कांग्रेस नेता राहुल गान्धीसहितको विपक्षी दलको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले श्रीनगर विमानस्थलबाटै फर्कायो । गान्धीसहित ११ जना नेताको प्रतिनिधी मण्डललाई स्थानीय प्रशासनले विमानस्थलबाट बाहिर निस्कन प्रतिवन्ध लगाएपछि उनीहरु त्यहाँबाट फर्किए । आफूहरुलाई त्यहाँका नागरिकसँग भेट गर्न नदिएपछि राहुलसहितका नेताहरुले पत्रकार सम्मेलन गरे । 

कश्मीर विवाद : धार्मिक प्रार्थनापछिको विरोध प्रदर्शनमा झडप

७ भदौ, काठमाडौं । भारत प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन् । सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए । शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो । प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो । कम्तीमा दुईजना घाइते भएका छन् । तीन साता अगाडि भारत सरकारले जम्मू(कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top