siddhartha

​क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता


Wednesday, 6 Dec, 2017 5:36 PM
२० मंसिर, एजेन्सी । स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उनीसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ । 

हाल उनीहरु बेल्जियम हुन् । क्याटालोनियामा स्वतन्त्रता घोषणा गर्न उनीहरुले भूमिका खेलेको भन्दै उनीहरुलाई पक्राउ गर्ने आदेश दिइएको थियो । उनीहरुमाथि देशद्रोहको आरोप लागेको छ । 

उनीहरुले स्पेनमा फर्कने इच्छा देखाएको उल्लेख स्पेनका न्यायाधीशले तर्क गरेका छन् । क्याटालोनियामा आगामी महिना निर्वाचन हुने भएको छ । उनीहरु पनि सो निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन् । 

क्याटालोनियाको स्वतन्त्रता पक्षधर नेताहरुले पनि यस निर्वाचनलाई जनमतसंग्रहको संज्ञा दिएका छन् । उनीहरुलाई हाल स्पेन सरकारले जारी गरेको पक्राउ पूर्जी रद्द गर्दा पनि कानूनी अनुसन्धानमा प्रभाव नपर्ने न्यायाधीशले जनाएका छन् । 

क्याटालोनियामा गत महिना गरिएको जनमत संग्रहको विषयलाई लिएर राजनीतिक अस्थिरता बढेको छ । सो जनमत संग्रहमा ठूलो संख्याका नागरिकले स्वतन्त्रताको पक्षमा मत दिएको उक्त सरकारको दाबी छ । 

सोही बमोजिम क्याटालोनियाको सरकारले स्वतन्त्रता घोषणा गरेको दाबी गरेको थियो । 
तर स्पेन सरकारले भने सो जनमत संग्रहको घोषणा अवैध भएको भन्दै क्याटालोनियाको सरकार र संसद भङ्ग गरिदिएको छ । 

संसद र सरकार भङ्ग गरेपछि यहाँको स्वतन्त्रताको पक्षमा लागेका नेताहरुलाई पनि स्पेन सरकारले उनीहरुलाई देशद्रोही घोषणा गरेको छ । उनीहरुलाई पक्राउ गर्न सरकारले पूर्जी पनि जारी गरेको थियो । 
 


Ruslan

paicho

bussewa

राजनीति

​चितवन क्षेत्र नं ३ कोे सम्पर्क कार्यालय हाकिमचोकमा

१३ फागुन, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन् । चितवन क्षेत्र नं ३ को सांसद सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आज उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रचण्डले चितवनमा सुशासनसम्बन्धी काम र जनताका दैनिक समस्या समाधान गर्न 

हारको समीक्षा गर्न भन्दै रामचन्द्र पौडेलबाट पार्टी महाधिवेशनको माग

१३ फागुन, काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन अबिलम्ब बोलाउन माग गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता पौडेलले पार्टी जतासुकैबाट कमजोर बनेको भन्दै महाधिवेशनको माग गरेका हुन् ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

१३ फागुन, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले  ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्न लागेको हो । विधान पारित भएपछि संसदीय

अन्तर्राष्ट्रिय

उत्तर कोरियाविरुद्ध अमेरिकाले हालसम्मकै कडा नाकाबन्दी लगाउने

१२ फागुन । अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानी जहाजविरुद्ध लक्षित हुने बताइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले यो नाकाबन्दी उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम रोक्न एक महत्वपूर्ण प्रयास हुने बताएका छन् ।

सिरियामा जारी संघर्ष रोक्न बसेको सुरक्षा परिषदको बैठक निष्कर्षहीन

११ फागुन,न्युयोर्क । सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन सकिएको छ ।बैठकमा सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण पारित हुन सकेन । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको जनाएको छ ।

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

१० फागुन, अबुजा । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन् । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिए । 

विचार / ब्लग

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?
Top