siddhartha

निर्वाचन २०७४

मधेशको भूमिमा मधेशीलाई जिताउन राजपा संयोजक ठाकुरको आग्रह

१९ कार्तिक, महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताएका छन् ।     आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ठाकुरले सदरमुकाम जलेश्वरमा आज पत्रकार सम्मेलन गर्दै मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको बताए ।  जिल्लाको साविक एकरहिया…विस्तृत समाचार »

​मोरङमा छ लाखभन्दा बढी मतदाता

१९ कात्तिक, मोरङ । एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी मोरङ जिल्लामा ६ लाख ४४ हजार ७८२ मतदाता छन् ।  स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगको कार्यालयले मतदाता नामावली संकलनमा ७० हजार २८२ मतदाता थपेपछि मतदाताको सो संख्या पुगेको हो ।  छ वटा संसदीय क्षेत्र भएको मोरङमा सबैभन्दा बढी क्षेत्र नं ३ मा एक लाख २७ हजार ४९५ मतदाता छन् । सोमध्ये ६० हजार…विस्तृत समाचार »

​निर्वाचनका लागि दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए

१४ कात्तिक, दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ ।  एमालेका अध्यक्ष टीकाराम खड्काका अनुसार दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ ।  प्रदेशसहित एमालेले छ र माओवादीले तीन क्षेत्र पाएका छन् । एमालेले प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चार क्षेत्र पाएको छ । यस्तै माओवादीले प्रतिनिधिसभाका लागि १ र…विस्तृत समाचार »

​बागलुङमा उम्मेदवार घरदैलो अभियानमा व्यस्त

१० कात्तिक, बागलुङ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जनमत बढाउन दलहरुले घरदैलो अभियान शुरु गरेका छन् । वाम गठबन्धन र काँग्रेसका उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् ।  प्रचारमा अघि देखिएको वाम गठबन्धनलाई पछ्याउँदै नेपाली काँग्रेसले हिजोदेखि घरदैलो अभियान शुरु गरेको छ । वाम गठबन्धले भने बुधबार बागलुङ नगरपालिका–१ बाट जन भेटघाट शुरु गरेको थियो ।  सबै दलले उम्मेदवारसहित जिल्लास्तरीय नेता, कार्यकर्तालाई…विस्तृत समाचार »

​काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन

१० कात्तिक, काभ्रे । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।  नेकपा एमाले ले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भएपनि नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिश मात्रै गरेको छ ।  प्रदेशसभामा उम्मेदवार हुनेको नाम दुवै पार्टीकातर्फबाट धेरै भएपछि केन्द्रको कार्यदलको निर्णय पर्खने अवस्था आएको छ । प्रदेशसभाका लागि कसैको…विस्तृत समाचार »

बाबुराम भट्टराई टाँट पल्टिएपछि....... चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल

९ कार्तिक काठमाडौ । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव लड्नका लागि आर्थिक सहयोगका लागि अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत स्वच्छ निर्वाचनका लागि भन्दै आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई गोरखा–२ बाट संसदीय निर्वाचनमा लड्दै छन् । चुनावअघि उनले सामाजिक संजालमार्फत आर्थिक सहयोगको अपिल गरेपछि उनलाई आर्थिक संकट परेको देखिएको हो ।  माओवादीका नेता नारायणकाजी श्रेष्ठ र…विस्तृत समाचार »

​बागलुङमा काँग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा

८ कात्तिक, बागलुङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका दागि नेपाली काँग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन् ।  बाम गठबन्धन विरुद्ध काँग्रेस उम्मेदवार एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् । काँग्रेसले बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं पूर्वसांसद चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ ।  उनी २०७१ सालको संविधानसभा उपचुनावमा…विस्तृत समाचार »

बाजुरामा काँग्रेस–बाम गठबन्धनको कडा प्रतिस्पर्धा हुने

७ कात्तिक, बाजुरा । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौ तहमा छ स्थानीय तह जितेको नेपाली काँग्रेस र तीन तह जितेको नेकपा (एमाले)बीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कडा प्रतिस्पर्र्धा हुने भएको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त बाम गठबन्धन र नेपाली काँग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा नेपाली काँग्रेसले पार्टी सभापति…विस्तृत समाचार »

​निर्वाचन सुरक्षा बजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी परिचालन

७ कात्तिक, नुवाकोट । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ ।  प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न शुरु गरेको हो ।  यहाँ सशस्त्र प्रहरीको स्थायी युनिट नभएकाले आसन्न निर्वाचनको समयमा सुरक्षा व्यवस्था मजबुत बनाएर शान्तिपूर्ण र भयमुक्त…विस्तृत समाचार »

चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

३ कात्तिक, बैतडी । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।  बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेका हुन् । नेपाली काँग्रेसले जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा केन्द्रीय समितिमा नामावली पठाएको छ भने नेकपा एमालेले पनि प्रदेश कमिटीमा सिफारिश गरेको छ ।  यस्तै, नेकपा माओवादी केन्द्र ले भने…विस्तृत समाचार »

Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

चुनावको मुखैमा एमाले अध्यक्ष केपी ओलीले किन लेखे यस्तो पत्र ?

 उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

आज धनगढीको चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

८ मंसिर,कैलाली । संयुक्त चुनावी सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।आज  आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् । 

प्रधानमन्त्रीले जब यसरी व्यंग गरे

८ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था

अन्तर्राष्ट्रिय

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति

७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले शुक्रवार एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

विचार / ब्लग

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 
Top