esewa

अर्थ

आइएमई पे र आइसीएफसी फाइनान्स बीच सम्झौता

११ असार, काठमाडौं । आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । सम्झौता पश्चात अब आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमका बीच आइएमई पे का तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट…विस्तृत समाचार »

एन आई सी एशिया बैंक र सी.पी. हस्पिटल बीच सम्झौता

११ असार, काठमाडौं । एन आई सी एशिया बैंक र सी.पी. हस्पिटल, धनगढी बीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान हुनेछ ।  सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सी.पी. हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरे…विस्तृत समाचार »

सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

१० असार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे ।  सम्झौता अनुसार अव यस बैंकका ग्राहकले बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयबाट सहज रुपमा प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद…विस्तृत समाचार »

एन आई सी एशिया बैंकको कार्डमार्फत् खरिद गर्दा दराज मोबाइल विकमा छुट

१० असार, काठमाडौं । एन आई सी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५% वा अधिकतम ५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । हालसम्म बैंकले २ सय ८४ शाखा, २ सय ९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा…विस्तृत समाचार »

एनसीसी बैंक र आइएमई पेबीच सम्झौता

९ असार, काठमाडौं । आइएमई ग्रुपद्वारा प्रबर्द्धित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमबीच आइएमई पेका तर्फबाट महाप्रबन्धक खिलेन्द्र पौडेल र एनसीसी…विस्तृत समाचार »

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

९ असार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।  सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । यस सम्झौता अनुसार अब बैंकका ग्राहकल स्वदेश तथा विदेशबाट भाटभटेनी…विस्तृत समाचार »

इटहरीमा टाटाको तीन दिने कार मेला सम्पन्न

८ असार, काठमाडौं । टाटा मोटर्सले इटहरीमा कार मेलामा सम्पन्न गरेको छ । उक्त मेलामा टाटा मोटर्सको भर्खरै बजारमा आएको Tiago zx+ को इटहरीमा लन्चिङ भएको थियो । कार्यक्रम तीन दिन सम्म सञ्चालन भएको थियो । बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन भएको कार्यक्रममा मानिसहरुको बाक्लो उपस्थिति रहेको कम्पनीले जनाएको छ ।  टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले…विस्तृत समाचार »

​बंगलादेशसँग विद्युत उत्पादन र विक्रीका लागि पूर्वाधार निर्माणको सहमति

७ असार, काठमाडौं । नेपाल र बंगलादेश विद्युत उत्पादन र विक्री वितरणका लागि पूर्वाधार बनाउने गरी सहकार्य गर्न सहमत भएका छन् ।  बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल–बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीचको ऊर्जा सहकार्यका लागि महत्वपूर्ण तीनवटा निर्णय भएको छ । नेपालको जलविद्युत आयोजनामा बंगलादेशले लगानी गर्ने, नेपालबाट बंगलादेशसम्म विद्युत निर्यात गर्ने र दुबै देशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको हो । ऊर्जा,…विस्तृत समाचार »

एन आई सी एशिया बैंकको ‘इसेवा काउन्टर डिपोजिट’ सेवा सुरु

६ असार, काठमाडौं । एन आई सी एशिया बैंकले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इसेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।  हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा  गर्न सक्नुहुन्थ्यो भने अब ‘इसेवा काउन्टर डिपोजिट’को सेवाबाट पनि इसेवाको एजेन्ट तथा ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै  शाखामा गई काउण्टरबाट नै इसेवामा रकम जम्मा गर्न सक्नेछन् । हालसम्म…विस्तृत समाचार »

​‘सांग्रिला डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सम्झौता

५ असार काठमाडौ । ‘सांग्रिला डेभलपमेन्ट बैंक’र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले  हस्ताक्षर गरे । सम्झौताअनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाप्रयोग गरी‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रदेश ३ : मन्त्रीमुखी बजेट ल्याएको भन्दै नेकपा सांसदकै विरोध

११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६र७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र पहुँचका आधारमा कार्यक्रमहरु समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले आफ्नो क्षेत्रमा परेका योजना पनि आफूले भनेअनुसार 

कांग्रेसको केन्द्रीय प्रतिनिधिसँगको छलफल १५ घण्टा २५ मिनेटसम्म चल्ने

११ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ । ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो । कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ(मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति 

संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन : मन्त्री पण्डित

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशील भएकाले तत्काल शत प्रतिशतलाई भागबण्डा

अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्रीले चीन भ्रमण गर्दै

११ असार, बेइजिङ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्ने भएकी छन् । ‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको  छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताए । चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा

भारत: मध्यरातमा २ कार ठोक्किँएर थिन्दा फुटपाथमा सुतिरहेका ३ बालबालिकाको मृत्य

११ असार, पटना । भारतको पटनामा मध्यरातको समयमा तिब्र गतिका दुई कार ठोक्किएर थिच्दा फुटपाथमा सुतिरहेका तीन जना बालबालिकाको ज्यान गएको छ। फुटपाथमा सुतिरहेका बालबालिकाको मृत्यु भएसँगै आक्रोशित स्थानीयको कुटाईबाट एक कार चालकको ज्यान गएको छ । कारमा सवार अर्का एक व्यक्ति र फुटपाथमा सुतिरहका एक बालक गम्भीर घाईते भएका छन्। मध्यराति २ बजेतिर अगमकुआँको पार्कको अगाडि पट्टी फुटपाथमा दुई कार एक आपसमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार जुधेर पल्टिएसँगै तीन

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

१० असार, सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट पारे । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top