esewa

अर्थ

नेपाल राष्ट्र बैंकद्धारा पाँच संस्थालाई मर्जरमा जान स्वीकृति

३१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र तीन लघुवित्त कम्पनीलाई मर्जरमा जान स्वीकृति दिएको छ। केन्द्रीय बैंकले दुई विकास बैंकलाई अन्तिम तथा तीन वटा लघुवित्तलाई सैद्धान्तिक स्वीकृति दिएको हो। राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। प्रादेशिक स्तरको बैंक बन्ने लक्ष्यसहित साउन १ गतेबाट संयुक्त कारोबार गर्ने दुई बैंकबीच गत माघ…विस्तृत समाचार »

महालक्ष्मी विकास बैंकको शाखा कावासोतीमा

३० जेठ, काठमाडौं । महालक्ष्मी विकास बैंकले नवलपुरको कावासोती नगरपालिका वडा नं ८मा कावासोती शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जेठ ३० गतेबाट शाखा सञ्चालनमा ल्याएको हो । शाखाको उद्घाटन प्रमुख अतिथि कावासोती नगरपालिकाकी नगर प्रमुख चन्द्र कुमारी पुनले दीप प्रज्वलनका साथ गरेकी थिइन् ।  कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताएका थिए । महालक्ष्मी विकास…विस्तृत समाचार »

एप्पललाई पछि पार्दै अमेजन बन्यो विश्वको सबैभन्दा मूल्यवान ब्रान्ड, तेस्रो स्थानमा गुगल

३० जेठ, काठमाडौं । गुगल र एप्पललाई पछि पार्दै अमेजन विश्वको सबैभन्दा मूल्यवान ब्रान्ड बनेको छ । अमेजनको ब्रान्ड मूल्य ३ खर्ब १५ अर्ब डलर पुगेको छ । सन् २०१८ मा अमेजनको समग्र मूल्यमा ५२ प्रतिशतले बढोत्तरी देखिएको छ । सन् २०१९ मा अमेजन पहिलो स्थानमा पुगेसँगै मूल्यवान ब्रान्डको सूचीमा एप्पल दोस्रो स्थानमा पुगेको छ । एप्पलको ब्रान्ड मूल्य ३ खर्ब ९ अर्ब ५० करोड…विस्तृत समाचार »

सलाम एयरद्धारा रक्तदान कार्यक्रम आयोजना, ७५ जनाले गरे रक्तदान

२९ जेठ, काठमाडौं । सलाम एयरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको सलाम एयरको आयोजनामा लाजिम्पाट स्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए । पर्यटन व्यवसायि तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान…विस्तृत समाचार »

सांग्रिला डेभलपमेन्ट बैंकको ‘बचत पनि बीमा पनि’ योजना

२९ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ‘बचत पनि बीमा पनि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ ओटा बचत खाता छन् । बैंकले ती खाता खोल्ने ग्राहकको १६ लाख रुपैयाँसम्मको बीमा हुने जानकारी दिएको छ । जसमा खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमासम्बन्धी…विस्तृत समाचार »

​राजधानीका तीन स्थानमा मनसुन मोबाइल मेगा अफर सुरु, १० हजार, १५ हजार र २५ हजारमा दुई वटा मोबाइल

२६ जेठ काठमाडौ । राजधानीको चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ ।  मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । आईमार्स मिल्की वे एम २, लेनोभो के ६ नोट, आई मार्स भि सन ६ लगायत…विस्तृत समाचार »

फोन पे मा मर्चेन्टको संख्या १० हजार नाघ्यो, ५० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे प्रा.ली., दशहजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन् ।  फोनपे नेटवर्कले…विस्तृत समाचार »

ललितपुर फाइनान्सको शेयर कारोबार रोकियो

२७ जेठ, ललितपुर । ललितपुर फाइनान्सको नेपाल स्टक एक्सचेञ्जमा जेठ २८ गतेदेखि शेयर कारोबार रोकिएको छ। फाइनान्सले प्राइम कर्मर्सियल बैंकसँग शनिबार विलय हुने सम्झौता गरेसँगै नेप्सेले सोमबारदेखि फाइनान्सको शेयर कारोबार रोक्का गरेको हो। आइतबार रातो मछेन्द्रनाथको जात्रा परेकोले नेप्से बन्द रहेकाले शेयर कारोबार भएको थिएन। शनिबार एक समारोहकाबीच प्राप्ती सम्वन्धी सम्झौतापत्रमा ललितपुर फाइनान्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जन र बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष…विस्तृत समाचार »

​आइतबार शेयर बजार नखुल्ने

२६ जेठ, काठमाडौं । जेठ २६ गते आइतबार शेयर बजार (नेप्से) बन्द रहने भएको छ। सरकारले आइतबार भोटो जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकासँगै नेप्से नखुल्ने भएको हो। आइतबार उपत्यकामा विदा हुने भएपछि नेप्सेको कार्यालय सहित उपत्यका तथा बाहिर रहेका शेयर दलालको कार्यालयबाट समेत शेयर कारोबार हुँदैन। गृह मन्त्रालयले रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार परेकाले सार्वजनिक विदा दिईएको जनाएको छ। रातो मछिन्द्रनाथलाई वर्षा…विस्तृत समाचार »

आँधिखोला लघुवित्तको आयोजनामा गुल्मीमा वित्तिय शाक्षरता कार्यक्रम सम्पन्न

२६ जेठ काठमाडौ । आँधिखोला लघुवित्त विीत्तय संस्थाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको गुल्मी शाखाको आयोजनामा भउको प्रथम केन्द्र प्रमुख, उपप्रमुख तथा वित्तिय साक्षरता कार्यक्रमको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै मेयर भुसालले लघुवित्त सँस्थाले ग्रामीण महिलाहरुको जीवनस्तर उकास्न महत्वूर्ण भूमिका निर्वाह गरेको बताए ।  कार्यक्रममा आँधिखोला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले लघुवित्त सँस्थाले नाफालाई…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

दुई वर्षभित्रमा मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु ‘डिजिटलाइज्ड’ हुन्छ : प्रधानमन्त्री

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको बताएका छन् । कलंकीमा बुधबार नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवाको काममा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए । प्रधानमन्त्री ओलीले भने, ‘अब मालापोतमा मात्र होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।’ प्रधानमन्त्री ओलीले अबको दुई वर्षभित्रमा देशका सबै मालपोत कार्यालयका ढड्डाहरु

सरकारले चौथो मधेस आन्दोलन गर्न बाध्य नबनाओस् : लक्ष्मणलाल कर्ण

४ असार, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराएकोे छ । बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्दलगायतका माग गर्दै आए पनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराए । सरकारले रोष्ट्रम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उनले लगाए । उनले भने

प्रतिपक्षले बोल्यो भनेर डराउन हुदैन: शेरबहादुर देउवा

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलले बोलेको सबै कुरा सरकारले पूरा गर्नु नपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले प्रतिपक्षले बोल्यो भनेर डराउन नहुने बताए । देउवाले बैठकमा भने, ‘मैले माग गर्ने हो । मेरो अरु पनि माग छ । डराइ हाल्नु पर्ने ? शेरबहादुरले माग्यो मैले दिनु पर्‍यो भन्ने ? प्रतिपक्षको कामै बोल्ने हो । दिने ठाउँमा त हामी छैनौं नि ।’ संसदमा पनि सत्ता पक्ष बोल्ने र प्रतिपक्ष सुनेर बस्नु पर्ने अवस्था आएको देउवाको भनाइ छ । उनले भने, ‘संसद विपक्षीको हो । बोल्ने

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने

४ असार, सोल। दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत उत्तर कोरियालाई उक्त चामल प्रदान गरिने किमले बताएका छन्। किमका अनुसार सरकारले दुई महिनाभित्र उक्त ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने डब्ल्यूएफपीले जानकारी दिएको

जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

४ असार, टोक्यो। जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सरकारले देशभर सुनामीको चेतावनी दिएको थियो तर अहिले चेतावनी फिर्ता लिइएको छ । भूकम्पबाट अलग अलग शहरमा २६ जना घाइते भएको समाचार छ । जापानको मौसम विभागले १ मिटर अग्लो समुद्री लहर टोक्योको उत्तरी तटीय षेत्रमा ठोक्किने चेतावनी दिएको थियो तर लहर १० सेन्टिमिटरको मात्र उठ्यो । प्रधानमन्त्री शिन्जो आबेले उनको सरकार पूर्ण रुपमा प्रकोपसँग लड्न तयार रहेको बताए । उनले नागरिकलाई भूकम्पका विषयमा सतर्क रहन 

ट्रम्पले आगामी राष्ट्रपतिय चुनावमा भाग लिने, सुरु गरे चुनावी अभियान

४ असार, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन्। सन् २०२० मा हुने अर्को राष्ट्रपतीय चुनावका लागि औपचारिक अभियान सुरुवात गर्न उनले फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन्। फ्लोरिडा राज्य आफ्नो दोस्रो घर भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि एक ढिक्का रहन आग्रह गरे।उनले विपक्षी डेमोक्र्याटिक पार्टीका सदस्यहरूको आलोचना गर्दै उनीहरूले देशलाई टुक्रा टुक्रा पार्न खोजेको आरोप पनि 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top