siddhartha
summy

अर्थ

आजबाट दक्षिण एसियाली बिमा नियामक संस्थाको अध्यक्षता नेपालले गर्ने

३० वैशाख, काठमाडौँ । दुई दिने अन्तर्राष्ट्रिय बिमा सम्मेलन काठमाडौँमा आजदेखि सुरु भएको छ । बिमा समितिको आयोजनामा सुरु भएको सम्मेलनमा दक्षिण एसियाली पाँच राष्ट्रसहित अमेरिका, भियतनाम, कम्बोडिया, फिलिपिन्स र मङ्गोलियाका बिमा सेवा प्रदायक संस्थाका प्रतिनिधिको सहभागिता  छ ।  सम्मेलनको शुभारम्भ अघि दक्षिण एसियाली बिमा नियामक राष्ट्रको तेस्रो नियामक बैठक सम्पन्न भएको समितिका बिमा विशेषज्ञ एवम् आयोजक समितिका संयोजक भोजराज शर्माले जानकारी दिए ।  बैठकमा…विस्तृत समाचार »

​पुनःनिर्माणको पञ्चवर्षिय योजना सार्बजनिक गरिँदै

३० बैशाख काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनः निर्माणको पञ्चबर्षिय योजना आज सार्वजनिक गर्दैछ । आठ खर्ब ३० अर्ब रुपैयाँ बराबरको पुनर्निर्माण बजेटसहित पञ्चवर्षीय मार्गचित्र आज सार्वजनिक गरिनेछ । प्राधिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चवर्षीय योजना सार्वजनिक गर्नेछन् ।  कार्यक्रममा दातृ निकायका अधिकारीहरुलाई पनि बोलाइएको छ । दिउँसो ४ बजे एक विषेश कार्यक्रम गरि काठमाडौको एक…विस्तृत समाचार »

अब सबै सामाग्री एकैछानामुनि, नयाँ बसपार्कमा सञ्चालनमा आयो अत्याधुनिक सपिंग कम्प्लेक्स बिजि मल

२९ बैशाख काठमाडौ । राजधानीको ब्यापारिक केन्द्र नयाँ बसपार्कमा अत्याधुनिक सपिंग कम्प्लेक्स बिजि मल सञ्चालनमा आएको छ । बुधबार एक समारोहका बीच पुर्व अर्थमन्त्री डा। रामशरण महत तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मलको संयुक्त रुपमा उुद्घाटन गरे ।  मल उद्घाटन गर्दै पुर्व अर्थमन्त्री डा। रामशरण महतले मुलुकको अर्थतन्त्रमा पछिल्लो समय सञ्चालनमा आएका व्यवशायिक प्रतिष्ठानले महत्वपुर्ण टेवा पुर्याएको बताए । उदार अर्थ नीति…विस्तृत समाचार »

​तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

२९ वैशाख, काठमाडौँ ।  साताको चौथो दिन बुधबार स्थानिय बजारमा सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । हिजो छापावाला सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ । आज तेजावी सुन प्रतितोला ५५ हजार ९ सय ५० रुपैयाँमा कारोवार भयो । आज चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँमा…विस्तृत समाचार »

एनसेल विरुद्ध सामाजिक सञ्जालको चरम आक्रोश पछि राजस्व विभागको मुख खुल्यो

२८ बैशाख, काठमाडौँ । आन्तरिक राजस्व विभागले एनसेललेको  करको विषयलाई लिएर बल्ल विज्ञप्ति निकालेको छ । एनसेलको स्वामित्व टेलियासोनेराबाट एक्जिएटामा हस्तान्तरण  हुँदा पूँजीगत लाभकर लाग्ने वा नलाग्ने विषयमा लामो समयदेखि विवाद चल्दै आएपनि यस विषयमा मौन जस्तै बनेको विभागले अहिले एनसेलले १० अर्ब पूँजीगत लाभकर बुझाएपछि कर उठाउने जिम्मेवारी पाएको आन्तारिक राजश्व विभागले एनसेलले पूँजीगत लाभकर बुझाउनु पर्नेमा कुनै दुईमत नरहेको उल्लेख गदै विज्ञप्ति निकालेको…विस्तृत समाचार »

​मुनाफामा यती बैंकको उत्कृष्ट फड्को, खराब कर्जामा उदाहरणीय सुधार

२७ बैशाख काठाडौ ।यती डेभलपमेण्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २० करोड ९८ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भउको छ । गत आर्थिक बर्षको यसै अवधि अर्थात् चैत्र मसान्तसम्ममा ५ करोड ६० लाख खुद नाफा गरेको बैंकले १५ करोडले नाफा बढाएको हो । बैंकको नाफा वृद्धिसँगै खराब कर्जा समेत ह्वातै घटाएको छ । पछिल्ला दिनमा  बैंकको निक्षेप तथा कर्जा लगानी समेत बढेको छ…विस्तृत समाचार »

​शेयर किने पछि डीम्याट खातामा जम्मा भएन ?

२६ वैशाख, काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने धेरै कम्पनीका शेयर अभौतिकीकरण भएर अनिवार्य डीम्याट कारोबार सुरु भए पछि धेरै लगानीकर्ताले अब सास्ती खेप्ने दिन सकिएको अनुभुती गरेका थिए । तर अहिले डीम्याट शेयर किने पनि आफ्नो खातामा लामो समयसम्म शेयर जम्मा नभए पछि लगानीकर्ता अन्यौलमा परेका छन् । डीम्याट खातामा किन जम्मा भैरहेको छैन त डीम्याट शेयर ?  लगानीकर्ताले शेयर दलाल मार्फत डीम्याट…विस्तृत समाचार »

सातापछि चिनी उद्योगमा लगाइएको ताला खुल्यो

२५ वैशाख, नवलपरासी ।  चिनी उद्योगले किसानलाई उखुको रकम लिएबापत भुक्तानी नगरेको भन्दै एकसाता अघि नवलपरासीको इन्दिरा सुगर मिलमा लगाइएको ताला आजबाट खुलेको छ ।  किसान, किसान प्रतिनिधि र उद्योग सञ्चालकबीच शुक्रबार भएको त्रिपक्षीय वार्ता सहमतिमा पुगेपछि उद्योगमा लगाइएको ताला खोलिएको हो । सो क्रममा तत्काल सूचना प्रकाशन गरी क्रमशः किसानलाई रकम भुक्तानी दिनेलगायत तीनबुदे सहमति भएको उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले…विस्तृत समाचार »

तेस्रो त्रैमासमा हिमालयन बैंकको यस्तो प्रगति

२४ बैशाख , काठमाडौँ । हिमालयन बैंकले यस बर्षको तेस्रो त्रैमासमा  १ अर्ब ३१ करोड खुद नाफा कमाएको छ । गत बर्षको तेस्रो त्रैमाससम्ममा ९० करोड मात्रै खुद नाफा गरेको बैंकले सो अबधिको तुलनामा यस बर्ष ४८ प्रतिशतले संचालन नाफा र ४६ प्रतिशत खुद नाफा बढाएको छ । ठुला बाणिज्य बैंकहरुले गर्दै आएको प्रगतीलाई हिमालयन बैंकले  निरन्तरता दिएको छ ।   छिटो नाफा बृद्धि गर्ने…विस्तृत समाचार »

पाउलान त कृषकले परिचयपत्र ?

२३ वैशाख, काठमाडौँ । कृषि विकास मन्त्रालयले देशभर कृषक परिचयपत्र वितरण गर्नका लागि छिट्टै अध्ययन गर्ने भएको छ । कृषकलाई ४ भागमा बर्गीकरण गरी परिचय पत्र वितरण गर्ने भनिएको छ ।  मन्त्रालयका अनुसार देशभर करिब ४४ लाख घरधुरी रहेकामा ३४ लाख घरधुरी कृषकका रहेका छन् । मन्त्रालयका प्रवक्ता डा योगेन्द्र कार्कीका अनुसार कृषि मजदुर, स–साना सीमान्त कृषक, अर्ध व्यावसायिक कृषक र व्यावसायिक कृषकका रुपमा उनीहरुलाई…विस्तृत समाचार »

ruslann

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​जिसस सुनसरीको संयोजकमा नेपाली काँग्रेस विजयी

५ भदौ, सुनसरी । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गोपालराज भण्डारी विजयी भएका छन् । काँग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संयुक्त उम्मेदवारका रुपमा रहेका भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपसंयोजकमा लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएकी कृष्णकुमारी विक विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

संविधान संशोधन फेल हुने लगभग निश्चित्, पार्टी फुटको बदला लिन राप्रपाले विपक्षमा मतदान गर्ने

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै संशोधन प्रस्ताव फेल हुने लगभग निश्चित् भएको छ । यसअघि संशोधन विधेयकमा नैतिक सहमति जनाइसकेको राप्रपा अहिले आएर पछि हटेको हो ।राप्रपाले संशोधन विधेयकले विपक्ष उभिनेमा निर्णय लिनुको कारण यसले मधेसको समस्या समाधान

रामचन्द्र झा पुन: माओवादी केन्द्रमा

४ भदौ, काठमाडौं । नयाँ शक्ति नेपाल परित्याग गरेका रामचन्द्र झा र रामकुमार शर्मा पुनः माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजधानीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झा र शर्मालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका छन् ।

अन्तर्राष्ट्रिय

​अमेरिका चीनबीच बौद्धिक सम्पत्ति विवाद

३ भदौ, एजेन्सी । अमेरिकाले चीन विरुद्ध बौद्धिक चोरी गरेको आरोपमाथि औपचारिक अनुसन्धान शुरु गरेको छ। राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही समयपछि ट्रम्प प्रशासनले चिनियाँ व्यापार प्रचलनमाथि गरेको यो पहिलो प्रत्यक्ष कारवाही हो । वाशिङटनले बेइजिङलाई बृहत् चिनियाँ बजारमा व्यापार गर्न पाउनुको मूल्यमा प्राविधिक सूचना उपलब्ध गराउन अमेरिकीहरुलाई बाध्य पार्ने गरेको आरोप लगाउँछ ।

​सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षा गरौँः महासचिव गुटेर्रेस

३ भदौ, काठमाडौ ।  संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएका छन् । उनले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो भएको बताएका छन् ।  

​अमेरिकी राष्ट्रपतिद्वारा रणनीतिक सल्लाहकार टिमका प्रमुख बर्खास्त

भदौ ३, वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेननलाई बर्खास्त गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेननलाई राष्ट्रपतिले बर्खास्त गरेको पुष्टि गरेकी छन् ।बेनन शुक्रबार अन्तिम पटक कार्यालय गएका थिए । 

विचार / ब्लग

राप्रपा विभाजन : दुई दिनको पिरती टुट्यो बरिलै...

जनआन्दोलनको सफलतापछि बनेको पहिलो संविधान सभामा अस्तित्व जोगाएका कमल थापाले दोस्रो संविधानसभामा भने अभूतपूर्व सफलता हासिल गर्दै चौंथो ठूलो पार्टी बन्न सफल भए । स्पष्ट वक्ता र कुटिल राजनीतिका खेलाडी थापा अहिले भने आफ्नै सहकर्मीहरुबाट खेदिएका छन् ।

मनकामनाका होटल कविहरू : खानाभन्दा कविता मिठो !

शुक्रबार नै काठमाडौंबाट गएर कुरिनटारमा बसियो । सपरिवार थियौं, पाँच जना । यो अघिल्लो शुक्रबार (साउन ७ गते)को प्रसंग हो । छोरी जन्मिँदा, अन्तिम क्षणमा मनकामना माईलाई स्मरण गरेकी थिएँ । त्यसैले, मेरै जोडमा यो यात्रा भएको थियो । र मेरा लागि यो नै मनकामनाको पहिलो यात्रा थियो । शनिबार बिहान झिसमिसेमै उठेर नुहाइधुवाई गरियो । कुरिनटारमै पूजाका सरदम तयार पारियो । मुखमा पानीसमेत हालिएको थिएन । अनि, केबलकारको पहिलो लटमै मनकामना मन्दिरका लागि हाम्रो यात्रा सुरु भयो ।

समृद्ध लुम्बिनीका लागि समृद्ध बुद्ध सर्किट

नेपाल भ्रमणमा आएकी फ्रेन्च महिला पर्यटक मोनिक्यू बुद्धजन्मभूमि लुम्बिनी पुगेपछि नेपाली टुर गाईडसँग भनेकी थिइन, ‘तिमीहरु त हरेक दिन लक्की रहेछौं ।’ स्तन क्यान्सरबाट पीडित ती पर्यटक कमजोर स्वास्थ्य अवस्थाका बावजुद पनि नेपाल भ्रमणमा आएकी थिइन । उनको चाहना मृत्यु अघि शान्ति भूमिमा पुग्नु थियो । ट्रेकिङका लागि सातपटक नेपाल आइसकेकी ति पर्यटकको आठौं पटकको चाहना लुम्बिनी भ्रमण रहेको थियो ।
Top