syangyong

अर्थ

एलएलसी प्रशिक्षार्थीलाई डिसहोमले पढाउने

२६ मंसिर, काठमाडौं ।डाइरेक्ट टु होम प्रविधिमार्फत् नेपालीहरुलाई गुणस्तरिय टेलिभिजन देखाइरहेको  डिशहोमले दुर शिक्षाको प्रविधिमा आधारित एसएलसीको पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । डिसहोमले मंसिर २९ गतेदेखि एसएलसीमा सहभागी हुने विद्यार्थिहरुले घरमै बसेर दुर शिक्षा प्रविधिमार्फत विज्ञान, गणित र अंग्रेजी विषयको कक्षा लिन सक्ने व्यवस्था मिलाएको छ ।  एसएलसीमा फेल हुने मध्ये ९० प्रतिशत विद्यार्थि गणित, विज्ञान तथा अंग्रेजीका पाइएकाले यसलाई घटाउन भन्दै…विस्तृत समाचार »

टेलिकमले दियो रिर्चाजको विकल्प

२५ मंसिर काठमाडौं ।  नेपाल टेलिकमले हाल ५० रुपैयाँको रिचार्ज कार्डमा समस्या देखिएको स्वीकार गर्दै रिचार्ज सिस्टमको क्षमता बृद्धि गर्नका लागि अधिकांश काम सकिएको जनाएको छ। अधिकांश काम सकिएकोले १ सय वा सोभन्दा माथिको रकम रिचार्ज गर्न भने सहज रहेको टेलिकमको भनाई छ।   डाटा प्याकेज तथा विविध कारणले ५० रुपैयाँको रिचार्ज कार्डको प्रयोग बढेको र सिस्टममा समस्या भएको जनाउँदै टेलिकमले हालै ल्याइएको एमपीओएस प्रविधिबाट…विस्तृत समाचार »

क्यासिनो सञ्चालनका लागि राज्यले अब स्पष्ट नीति बनाउन आवश्यक छ :समिति

काठमाडौँ, २५ मङ्सिर । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हालै सञ्चालित क्यासिनो विल्लेनयर्स क्लबमा होटल साङ्ग्रिलामा सञ्चालित क्यासिनोमा विगतदेखि कार्यरत मजदुरलाई बहाल गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संसद् मातहतको उक्त समितिको आजको बैठकले नेपालको प्रचलित कानुन, श्रम ऐन तथा समितिको अध्ययन प्रतिवेदनका आधारमा मजदुरलाई क्षतिपूर्तिसहित बहाली गर्न गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको आजको वैठकमा मुलुकका…विस्तृत समाचार »

टेलिकमको रिचार्ज समस्या तत्काल हटाउन संञ्चार मन्त्रीको निर्देशन

२५ मंसिर, काठमाडौं । नेपाल टेलिकमको रिचार्ज सिस्टममा धेरै समस्या आएको गुनासो बढेपछि  सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले  नेपाल टेलिकमलाई सेवामा तत्काल सुधानर गर्न निर्देशन दिएका छन् । उनले सेवाप्रति पछिल्लो समयमा ग्राहकको धेरै गुनासो आएको भन्दै टेलिकम पदाधिकारीहरुसँग सोधपुछ समेत गरेका छन् । टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्य सहितका सम्बद्ध अधिकारीहरुलाई शुक्रवार मन्त्रालयमै बोलाएर टेलिकमको रिचार्ज र नेटवर्कमा आइरहेको खराबीका बारेमा जानकारी…विस्तृत समाचार »

लुम्बिनी मेला सञ्चान हुने

२४ मंसिर, काठमाडौं । आगामी पुस ८ गते देखी २१ गते सम्म रुपन्देहीको बुटवलमा लुम्बिनी एक्सपो २०१५ तथा अन्र्तरष्ट्रिय व्यापार मेला २०७२ हुने भएको छ ।. रुपन्देही व्यपार संघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा लुम्बिनी एक्सपो २०१५ तथा अन्र्तरष्ट्रिय व्यापार मेला २०७२ हुन लागेको राजधानीमा आयोजिक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । १४ दिन सम्म सञ्चालन हुने मेलामा नेपाल सहित ५० देशको ६…विस्तृत समाचार »

१०७ रुपैयाँ पुग्यो अमेरिकी डलरको भाउ

२४, मंसिर काठमाडौँ ।  अमेरिकी डलरको फेरि उकालो लागेको छ ।बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय ६ रुपैयाँ ६४ पैसामा किनेर १ सय ७ रुपैयाँ २४ पैसा तोकेको छ । राष्ट्र बैंकले बुधबार १ सय ७ रुपैयाँ १ पैसा र बिहीबार १ सय ६ रुपैयाँ ९२ पैसामा अमेरिकी डलर किनेको थियो । केही सातायता अमेरिकी डलरको मूल्य १ सय ६ रुपैयाँ…विस्तृत समाचार »

श्रीलङ्का सरकारले भन्यो, भारतसँग आर्थिक सम्झौता हुँदैन

२३, मंसिर काठमाडौँ ।  श्रीलङ्काली सरकारले भारतसँग आर्थिक सम्झौता नगर्ने जनाएको छ । श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघे भारतद्वारा प्रस्तावित आर्थिक सम्झौतामा श्रीलङ्काले हस्ताक्षर नगर्ने जनाएका हुन् ।   श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिंघेले  संसद बैठकमा भारतसँग कुनै पनि आर्थिक सम्झौता नहुने बताएका हुन् ।  भारतले हालैमात्र श्रीलङ्कासामु बृहत आर्थिक साझेदारी सम्झौता गर्ने भनी अघि सारेको थियो ।  प्रधानमन्त्री विक्रमासिंघेले चीनमा भने आर्थिक सम्झौता गर्ने जनाएका छन् ।…विस्तृत समाचार »

एडीबीद्धारा नेपाललाई एक अर्ब ५७ करोड रुपैयाँ सहयोग

२२ मंसिर, काठमाडौं । एसियाली विकास बैंक एडीबीले नेपाललाई ठुलो धनरासीमा सहयोग गरेको छ ।  भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निमाण तथा भूकम्प प्रभावित जनताको जीविका सुधारका लागि  १ अर्ब ५७ करोड रुपैयाँ सहयोग गर्ने भएको हो । अनुदान सहयोग दिने सम्बन्धी सम्झौतामा मंगलबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र एडिबीका नेपाल निर्देशक केनिची योकोयामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता…विस्तृत समाचार »

चीनको सहयोगमा इन्धन भण्डार बनाइने

२१, मंसिर काठमाडौँ ।  सरकारले चीनको सहयोगमा काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहुँको खैरेनीमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ । ती तीन स्थानमा छ/छ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  इन्धनको भण्डारणस्थल निर्माणका लागि चीन सरकारसमक्ष प्रस्ताव गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिए ।  चीन सरकारको सहयोगमा सोही स्थानमा एक÷एक हजार…विस्तृत समाचार »

भुकम्प पिडितलाई घर निर्माणका लागि तीन लाख रकम दिने तयारी

२२ मङ्सिर, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि प्रदान गरिने अनुदानको पहिलो किस्ता जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत नै पठाउन लागिएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले तत्काल बैंकिङ सेवाको पहँुच त्यहाँ नपुगुन्जेल कम्तीमा पनि पहिलो किस्ता पुरानै पद्धतिबाट पु¥याउँदा उपयुक्त हुन्छ भन्ने मत बनेको उनले जानकारीदिए । सहयोगको रकमबाट घर…विस्तृत समाचार »

Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​चिकित्सा शिक्षा विधेयकमा राय लिइँदै

३ भदौ, काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले उक्त विधेयकका सम्बन्धमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारभएकाहरूसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिएका

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top