syangyong
cg

अर्थ

अमेरिकाको भन्सार छुटले नेपाली पोसाक उद्योगलाई फाइदा

२४,माघ,अमेरिका । हालसालै अमेरिकी सिनेट र काँग्रेस दुवै सदनबाट नेपाली तयारी पोसाकलाई कर छुटका रूपमा स्वीकृति प्रदान गर्ने विधेयक पारित भई राष्ट्रपति ओबामासमक्ष हस्ताक्षरका लागि पुगेपश्चात् नेपालको तयारी पोसाक व्यवसाय पहिलेको भन्दा राम्रो अवस्थामा पुग्ने सम्भावना देखिएको छ । हाल प्रस्तावित विधेयक राष्ट्रपतिले हस्ताक्षर गरेको ३० दिनपश्चात् लागू हुनेछ । यो विधेयक लागू भएमा १९८० मा सुरु भएर २००५ मा मल्टी फाइबर एग्रिमेन्ट टर्मिनेटपश्चात् खस्केको…विस्तृत समाचार »

आन्दोलनकारी लखेटिएपछि विरगञ्जबाट इन्धन भित्रन थाल्यो

१२ माघ, काठमाडौं । साढे चारमहिनाको तराई आन्दोलन र भारतीय नाकाबन्दी पछि विरगञ्ज भन्सार नाकाबाट पहिलोपटक इण्धनका गाडी भित्रन सुरु गरेका छन् । शनिबार दिउँसो ३ वटा ग्यासका बुलेट वीरगञ्ज नाकाबाट नेपाल भित्रिएका हुन् । कागजी प्रक्रिया पुरा गरेर बसेका बुलेटहरु नेपाल आएको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बताए । गत असोज ६ गतेपछि पहिलोपटक शनिबार रक्सौल हुँदै इन्धनका गाडी नेपाल आवत–जावत…विस्तृत समाचार »

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो छुटैछुटको बहार

२३ माघ काठमाडौं। नेपाल टेलिकमले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा सेवाग्राहीलाई छुटको व्यवस्था गरेको छ। माघ २२ देखि २४ गनेसम्म लागु हुनेगरी टेलिकमको हरेक रिचार्ज कार्ड र एमपिओएस रिचार्ज प्रणालीमा १२ प्रतिशत बोनस दिने भएको हो । त्यस्तै शुक्रबारदेखि एकहप्तासम्म लागु हुने गरि जिएसएम, सिडिएमएको प्रिपेडरपोस्पेड सेवाका ग्राहकले डेटा प्याकेजको भोल्युम किनेजति नै बोनस दिने भएको हो। जिएसएम प्रिपेड र पोस्पेड सेवाका ग्राहकहरुले हाल…विस्तृत समाचार »

पोखरामा यातायात व्यवसायीको दादागिरी, सिण्डिकेटधारीले भोलिदेखि यातायात बन्द गर्ने

२२ माघ काठमाडौ । पुराना ब्यबसायीको अवरोधका बीच पोखरामा शुक्रबारदेखि नयाँ बस सञ्चालनमा आएपछि पमेखरामा यातायात व्यवसायीबिच मुन्द्राको लडाइँ सुरू भएको छ । रुट अनुमति पाएपछि तीन वर्षअघि दर्ता भएको विन्ध्यावासिनी यातायात बस व्यवसायी समितिका बस पोखराका सडकमा गुड्न थालेपछि अन्य यातायात व्यवसायीले भने त्यसको प्रतिवाद गरेका छन् ।   शुक्रबार विहानैदेखि बस सञ्चालन हुने रुटमा अन्य व्यवसायीले अवरोध गरिरहेका छन् । प्रशासनको सहयोगमा अवरोध हटाउँदै…विस्तृत समाचार »

उपत्यकामा ९ ओटा सडक विस्तार, १० ओटा अलपत्र

२२,माघ,काठमाडौं । काठमाडौं उपत्यकामा ९ ओटा सडक विस्तारको काम सम्पन्न भएको छ ।लैनचौर–महाराजगन्ज–बूढानीलकन्ठ ८।३५० किमी, गौशाला–बानेश्वर–शंखमूल ३.४३० किमी, माइतीघर–भद्रकाली ०.५५० किमी, माइतीघर–तीनकुने २.६०० किमी, डिल्लीबजार–भाटभटेनी–बालुवाटार ३.२३० किमी, कमलपोखरी–ज्ञानेश्वर–रातोपुल १.५२० किमी, काठमाडौं प्लाजा–जयनेपाल ०.४०० किमी, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय मुख्यद्वार २.२०० किमी र धुम्बाराही–मन्डिखाटार–गोल्फुटार २.४०० किमी लामो सडक विस्तारको काम सम्पन्न भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । दोस्रो चरणमा निर्माण सुरु भएका १० ओटा सडक…विस्तृत समाचार »

एकैदिन ५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

२२ माघ काठमाडौ । पछिल्ला दिनमा निरन्तर उकालो लागीरहेको सुनको भाउमा साताको छैठौं दिन शुक्रबार एकैदिन ५ सय रूपैयाँ बढेको छ । शुक्रबार स्थानीय बजारमा छापावाल सुनको भाउ प्रतितोला ५२ हजार ५ सय र तेजाबी सुन प्रतितोला ५२ हजार २ सय ५० रूपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनसँगै चाँदीको भाउ पनि…विस्तृत समाचार »

के जीओनी मोबाईलबाट उपभोक्ता ठगिएकै हुन् ?

२२ माघ काठमाडौ ।  विश्व बजारमा आफुलाई नम्बर एक प्रुर्याउने दाबीका साथ बजार आक्रामक बनाइरहेको चाइनिज मोबाईल कम्पनी जिओनीका ग्राहकले भने कम्पनीले बताएअनुसार सुविधा नरहेको बताएका छन् । जीओनीका मोबाईल सेटहरुमा भने भन्दा कम विशेषता र गुणस्तर पनि नहुँने गरेको आरोप लगाउँदै एक उपभोक्ताले पत्रकार सम्मेलन नै गरे । राजधानीमा सरावगी टुर्सं एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका बीरेन्द्र सरावोगीले विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…विस्तृत समाचार »

लामो दूरीमा मात्र गाडी भाडामात्रै घटाउने सरकारको तयारी

२२,माघ,काठमाडौं । सरकारले सार्वजनिक गाडीको भाडा मात्रै घटाउने तयारी गरेको छ । पेट्रोलियम पदार्थको भाउ घटेकाले त्यसै अनुसार सार्वजनिक गाडीको भाडा समायोजन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार भाडा समायोजन गर्न यातायात मन्त्रालयलाई बिहीबार नै घटेको भाडाको दर रेट पेश गरिएको छ ।   अब मन्त्रालय निर्णय गरे लगत्तै घटेको भाडा लागु हुने उहाँले बताउनुभयो । तर भाडा घटेपनि…विस्तृत समाचार »

इन्भेष्टमेन्ट बैंकको ठुलो परिमाणको साधारण सेयर फागुन दोस्रो साता

२१ माघ ,काठमाडौ । नेपाल ईन्भेष्टमेन्ट बैंकले फागुनको दोस्रो साता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । बैंकले हाल कायम रहेको संस्थापक सेयर ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्वलाई ७०ः३० प्रतिशतमा परिवर्तन गर्नका लागि ठुलो परिमाणमा एफपीओं निष्कासन गर्न लागेको हो। नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी वृद्धिका लागी र सर्वसाधारणको सेयर स्वामित्व २० प्रतिशतबाट ३० प्रतिशत पुर्र्याउन ठुलो परिमाणमा…विस्तृत समाचार »

सकियो प्रविधि मेला ,३ लाख बढीले अबलोकन गरे

२१ माघ, काठमाडौं । काठमाडौमा भएको क्यान इन्फोटेक मेलामा ३ लाख ६३ हजार ४ सय ५६ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीको अन्तिम दिन ५२ हजार ४ सय ११ जनाले इन्फोटेकको अवलोकन गरेको आयोजक क्यानले जनाएको छ । क्यान इन्फोटेक मेला सकिएको छ ।प्रदर्शनीमा ११२ कम्पनीका १८८ स्टल थिए । प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटप तथा…विस्तृत समाचार »

Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​नेकपाको सचिवालय बैठक मङ्सिर ६ गते

३ मङ्सिर, काठमाडौँ । झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ ।प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति 

​सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छ: अध्यक्ष यादव

३ मङ्सिर, लहान । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जनताले विकास र समृद्धि खोजेकाले सबै मिलेर यसको पूर्ति गर्नुपर्ने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका–६ भेरवा खोलामा पुलको शिलान्यास गर्दै सांसद यादवले सबै दल मिलेर जनताको सपना पूरा गर्नुपर्ने बताए। चुनावको बेला आफूले जनतासँग गरेको बाचा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। “दलित, गरीब र असहायलगायतको नाममा राजनीति 

​अफ्रिका क्षेत्रीय बैठकः विकासका अनुभव आदानप्रदान हुने

३ मङ्सिर, काठमाडौँ । नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । ‘विकासका अनुभव एक आपसमा साट्दै’ भन्ने मूल नाराका साथ हुन लागेको सो क्षेत्रीय बैठकमा अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली विज्ञद्वारा अफ्रिका क्षेत्रका विकासका अनुभव आदानप्रदान हुनेछ । बैठकमा 

अन्तर्राष्ट्रिय

​गुजरात काण्डमा दोषी आरोपित नरेन्द्र मोदीबारे सर्वोच्च अदालतको कस्तो आउला फैसला ?

३ मंसिर, काठमाडौं । भारत गुजरातमा भएको हिंसाको घटनामा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई सफाइ दिएको विरोधमा दर्ता भएको अपिलमा सर्वोच्च अदालतले आज (सोमबार) सुनुवाई हुँदैछ । मोदी विरुद्धको अपिल कांग्रेसका पूर्वसांसद एहसान जाफरीकी श्रीमती जाकिया जाफरीले गरेकी हुन् । गएको मंगलबार न्यायाधीश एएम खानविलकरको 

खशोग्जीको हत्याका क्रममा दिएको यातनासम्बन्धी श्रव्यसामग्री म सुन्नै सक्दिनँः ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्याका क्रममा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्नै नसक्ने बताएका छन् । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले खशोग्जीको हत्यामा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्रीबारे आफूले जानकारी लिएको तर सुन्न भने नसक्ने बताए ।

​डोनाल्ड ट्रम्प क्यालिफोर्नियामा लागेको भीषण डढेलो प्रभावित क्षेत्रमा

२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियामा भएको अमेरिकी इतिहासकै सबैभन्दा भीषण मानिएको डढेलोले निम्त्याएको विनाशको अवलोकन गरेका छन् ।‘क्याम्प फायर’ नाम दिइएको डढेलोका कारण हालसम्म कम्तिमा ७१ जनाको मृत्यु भइसकेको छ । डढेलोमा परेर एक हजारभन्दा बढी मानिस हराइरहेका छन् ।अमेरिकी अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । डढेलोका कारण प्याराडाइज नगर 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top