huwai hospital
nlic

अर्थ

मौद्रिक नीतिको कार्यान्वयन मुल्यङ्कन शुरु भइसकेको छ :गर्भनर नेपाल

१७ माघ ,काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपाललले मौद्रिक नीतिका  कुरालाइ कार्यान्वयन गर्न सबै र्बैक तथा वित्तिय सँस्थालाइ आग्रह गरेका छन । एनसीसीको व्यावसायिक कर्जा प्रवाह तथा पशु पालन कर्जा प्रवाह सुभारम्भ  कार्यक्रममा बोल्दै  गभर्नर नेपालले  कार्यान्वयन नगर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई निगरानीमा राखेर मुल्यांकन गर्ने काम सुरु गरिसकेको बताएका छन ।  राष्ट्र बैंकको मौद्रिक नितिमा बैंकहरुले कृषि र उर्जामा गरी कूल लगानीको…विस्तृत समाचार »

​भारतले नेपाललाई २ वर्षभित्र ९४० मेगावाट बिजुली दिने

१७,माघ,काठमाडौं । नाकाबन्दी लगाएर इन्धन संकटको कारण बनिरहेको भारतले आगामी २ वर्षभित्र नेपाललाई लोडसेडिङमुक्त बनाउन सहयोग गर्ने भएको छ । उसले साविकभन्दा ५ गुणबढी बिजुली दिने प्रतिबद्धता जनाएको छ ।‘सन् २०१७ को अन्त्यसम्म अन्तरदेशीय ९क्रसबोर्डर० प्रसारणलाइनका अति रिक्त अन्य प्रसारण लाइनको क्षमता अभिवृद्धि गरी ९४० मेगावाटसम्म बिजुली आपूर्ति गरिनेछ,’ भारतीय राजदूत रणजीत रायले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको घोषणाअनुसार तत्काल नेपाललाई उज्यालो पार्न यो परिमाणमा बिजुली…विस्तृत समाचार »

१० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य

१६,माघ,काठमाडौं । नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाका कारण विद्युतको माग बढी हुने समयमा सहज रुपमा विद्युत् प्राप्त हुन नसकेको ठहर गर्दै सरकारले जलाशययुक्त परियोजनालाई अगाडि बढाउने भएको छ । सरकारले केही दिनभित्रै जारी गर्न लागेको ऊर्जा सङ्कटकालमा विशेषगरी ठूला एवम् बहुउद्देश्यीय आयोजनालाई विशेष प्राथमिकतामा राख्न लागेको हो । जलाशयुक्त आयोजनालाई स्थानीयवासी जनताको भावनालाई आत्मसात् गर्दै कम्पनी ढाँचामा लैजाने र आगामी दश वर्षभित्र दश हजार मेगावाट…विस्तृत समाचार »

डलरको भाउमा सामान्य गिरावट, हेरौं आजको विनिमयदर

१६ माघ काठमाडौ । शुक्रबार केही बढेको डलरको भाउ सनिबार भने घटेको छ । नेपाल राष्ट्रबैंकले सनिबारका लागी अमेरिकी डलर १ को खरिददर १ सय ८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ८ रूपैयाँ ९९ पैसा कायम गरेको छ । केहीदिनदेखि डलरको भाउ १ सय ९ रूपैयाँ माथि पुगेको थियो । डलरको भाउ बढ्दा विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स्मा बृद्धि भएपनि आयाति बस्त्ुको भाउ…विस्तृत समाचार »

करिब ४ अंकले घट्यो बजार, कारोबार रकम पनि घट्यो

१६ माघ काठमाडौ । यो साताभरमा सेयरबजारमा करिब ४ अंकले गिरावट आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अंकले घटेर अन्तिम दिन १२१६.११ अंकमा आइपुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १२० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १०५०९ कारोबारबाट दुई अर्ब १८ करोड ६१ लाख ७४ हजार रुपैयाँ बराबरका ३४ लाख ४४ हजार एक सय १७ कित्ता सेयरहरु खरिद…विस्तृत समाचार »

एक साता भित्र देशमा उर्जासंकटकाल घोषणा गर्ने सरकारको तयारी

१५ माघ, काठमाडौ ।  अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषण गर्ने बताएका छन । नीतिमूलक अनुसन्धान तथा विकास संस्था(इप्राड)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको तत्कालीन एवम् दीर्घकालिन योजनासहित स्पष्ट योजना घोषणा गर्ने अन्तिम तयारीमा सरकार रहेको जानकारी दिए । मुलुकले भोगिरहेको ऊर्जा सङ्कटको स्पष्ट समाधान गर्नुपर्ने अवधारणसहितको कार्यक्रम आउने जानकारी दिँदै उनले ऊर्जा…विस्तृत समाचार »

रेमिट्यान्स पत्रकारिता गर्ने चार जनालाइ बेष्टले पुरस्कृत गर्ने

१५ ,माघ काठमाडौ । रेमिट्यान्स विषयमा पत्रकारिता गर्ने पत्रकारका लागि खुसीको खबर आएको छ । अब यस विषयमा पत्रकारिता गर्ने सञ्चारकर्मीलाइ  बेष्ट रेमिट नेपालले बेष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । समाचार प्रकाशन तथा प्रशारण गर्ने छापा माध्यमबाट १ जना, टेलिभिजनबाट १ जना, रेडियोबाट १ जना र अनलाइन संस्करणबाट १ जना गरी ४ जना संचारकर्मीहरुलाई जनही २५ हजार नगदसहित फागुन २५ गते नारी दिवसको…विस्तृत समाचार »

डेपुटी गभर्नरका पदका लागि ४ जनाको नाम सिफिरिस

१५, माघ, काठमाडौ । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको २ जना डेपुटी गभर्नरको पदका लागि ४ जनाको नाम सिफिरिस भएको छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले २ जना डेपुटी गभर्नरका लागि ४ जनाको नाम मन्त्री परिषद समक्ष सिफारिस गरेका हुन् ।  उनले गरेको सिफारिस अनुसार त्रिलोचन पङ्गेनी, चिन्तामणी शिवाकोटी, नारायण पौडेल र शिवनाथ पाण्डेको नाम रहेको छ । पङ्गेनी काङ्गे्रस र शिवाकोटी एमाले…विस्तृत समाचार »

सुनचाँदीको भाउमा गिरावट, हेरौं आजको मूल्य

१५ माघ काठमाडौ । पछिल्ला दिनमा निरन्तर उकालो लागीरहेको सुनचाँदीको भाउमा साताको छैठौं दिन शुक्रबार गिरावट आएको छ ।  शुक्रबार स्थानीय बजारमा सुनको भाउमा प्रतितोला २ सय रूपैयाँले गिरावट आएको छ भने चाँदीको भाउ तोलामा ५ रूपैयाँ घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५१ हजार ३ सय र तेजावी सुन प्रतितोला ५१ हजार ५० रूपैयाँमा कारोबार भएको छ भने चाँदी…विस्तृत समाचार »

फेरी उकालो लाग्यो डलरको भाउ, हेरौं आजको विनिमयदर

१५ माघ काठमाडौ । डलरको भाउ पुन उकालो लागेको छ ।  १ सय ९ रूपैयाँ माथि रहेको भाउ शुक्रबार पुन बढेको हो । शुक्रबारका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय ८ रूपैयाँ ६० पैसा र बिक्रीदर १ सय ९ रूपैयाँ २० पैसा तोकेको छ । बिहीबार डलरको बिक्री मूल्य १ सय ९ रूपैयाँ ३ पैसा कायम भएको थियो । अमेरिकी अर्थतन्त्र बलियो…विस्तृत समाचार »

Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top