अर्थ

मध्यपहाडी लोकमार्गको निर्माण कार्य अलपत्र

१५,फागुन,जाजरकोट । जाजरकोटखण्डमा मध्य पहाडी लोकमार्ग निर्माणको काम अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले समयमा काम नगर्दा यो सडक अलपत्र परेको हो ।  जाजरकोटको कुदुदेखि दैलेख जिल्लाको सुयडासम्मको १९ किलोमिटर सडक निर्माणको काम अलपत्र भएको छ । दुई वर्षभित्र यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाएको पश्चिम लोकमार्ग आयोजना ठेकेदारका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।  जिल्लाको कुदुदेखि दैलेखको सुयाडासम्मको ८२ किलोमिटर…विस्तृत समाचार »

जुत्ता चप्पलको बृहद सेल मेला शुरु,खरिदकर्ताले टिभी उपहार पाउने

१४ फागुन ,काठमाडौ । राजधानिको भृकुटीमण्डपमा बुधबारदेखि शुरु भएको जुत्ता चप्पलको बृहद सेल मेलामा आयोजकले टिभी उपहार दिने घोषणा गरेको छ । मेलामा जुत्ता तथा चप्पल खरिद गर्ने उपभोक्तालाई आयोजकल टिभि उपहार दिने भएको हो । मेलामा सहभागी कम्पनी एस के सुजका प्रबन्ध निर्देशक जिवन नेपालीका अनुसार मेला अवधिभर जुत्ता तथा चप्पल खरिद गर्ने उपभोक्ताहरुबाट लक्की ड्र मार्फत १ जनालाई एलईडी टिभि उपहार दिईने छ ।…विस्तृत समाचार »

१ सय १० माथी डलरको भाउ, हेर्नुहोस् कुन देशको मुद्राको सटहीदर कस्तो

१४, फागुन काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजकालगि अमेरिकी १ डलरको खरिददर १ सय ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ २८ पैसा तोकेको छ । पछिल्लो समय अमेरिकी डलर १ सय १० को नरोफेरोमा कारोवार भएको छ । डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउने नेपालीलाई फाइदा पुग्छ भने आयतीत सामानहरुको मूल्य बढ्छ ।  यस्तो आजको विनिमयदरविस्तृत समाचार »

अर्थको अवरोधले पुनर्निर्माण अभियान अबरुद्ध

१४, फागुन काठमाडौँ ।  अर्थ मन्त्रालयले बजेट नदिएपछि भूकम्पपछिको पुनर्निर्माणका काम रोकिएको छ। अर्थ मन्त्रालयले बजेट नदिएकै कारण १२ फागुनबाट दोलखाको सिंगटीमा स्रोत केन्द्र स्थापना गरी सरकारले घोषणा गरेको अनुदान रकम वितरण सुरु गर्ने कार्य रोकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दोलखा नै पुगेर घोषणा गरेका थिए। ‘१२ फागुनदेखि सिंगटीमा स्रोत केन्द्र स्थापना गर्ने र पहिलो चरणको अनुदानवापतको ५० हजार रुपैयाँ वितरण…विस्तृत समाचार »

सुनसरी–मोरङ क्षेत्रका उद्योगधन्दा तङ्ग्रिँदै

१३,फागुन,मोरङ । लामो समयदेखि बन्द, हडताल र नाकाबन्दीको मार खेपेका सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगधन्दा तङ्ग्रिन थालेको उद्योगीले बताएका छन् ।  मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष अविनाश बोहराका अनुसार कच्चा पदार्थ र इन्धन आपूर्ति सहज नबन्दा उद्योगहरु पहिलेकै अवस्थामा सञ्चालन हुन केही समय लाग्नेछ । बोहराका अनुसार लामो समयको बन्द र हडतालले उद्योगी कच्चा पदार्थ र व्यापारिक सामान आयात गर्न हिच्किचाइरहेका छन् ।  नाकाबन्दी र…विस्तृत समाचार »

मेक्स र इसेवाका बिचमा अनलाइन कारोबार सम्झौता

१२ फागुन काठमाडौ ।नेपालको एक अग्रणी कमोडिटी एक्सचेन्ज मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड र इसेवा फोन पे प्रा.लि.का बिचमा भूक्तानी अनलाइन भुक्तानी सम्झौता भएको छ ।  अनलाइन बैकिङ्ग र अनलाइन भुक्तानीको बढ्दो माग र लोकप्रियताका कारण एक्सचेन्जले इसेवासँग मिलेर आफ्ना ग्राहकहरुलाईसुविधा दिने भएको हो । यो सँगै अबदेखि मेक्स नेपालका ग्राहकहरुले आफ्नो कारोबार खातामा ईसेवा वालेटबाट रकम स्थानान्तरण गर्न सक्ने बताइएको छ । अब मेक्स्का ग्राहकहरुले इसेवासँग…विस्तृत समाचार »

सुनको मूल्य दुई वर्षयताकै महंगो

१२ फागुन, काठमाडौं । सुनको मूल्य आज दुईवर्ष यताकै महंगो बिन्दुमा पुगेको छ । आज सूनको मूल्य उच्च दरमा उकालो लाग्ने क्रम जारी रहँदा तोलाको ५६ हजारसम्म पुगेको छ । दुईवर्ष अघि पनि सुनको मूल्य यही विन्दुमा पुगेको थियो । आजसुनको मूल्य तोलामा ३ रुपैयाँले महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  बितेको ५ दिन स्थिर रहेको सुनको मूल्य हिजो मंगलबर तोला २ सय…विस्तृत समाचार »

एक अर्ब २० करोड बजेटका एक हजार बढी योजना माग

१२,फागुन,म्याग्दी। आगामी आव ०७३÷७४ का लागि म्याग्दीमा रु एक अर्ब २० करोड बजेटका एक हजार १०० भन्दा बढी विकास योजनाको माग भएको छ ।  गाउँ, इलाकास्तरीय योजना तर्जुमा गोष्ठी र विषयगत समितिको बैठकबाट प्राथमिकीकरण गरी आगामी वर्षका लागि एक हजार १३९ वटा योजनाका लागि रु एक अर्ब २० करोड ९० लाख १४ हजार बजेट प्रस्ताव भएको हो ।  जिविसको आयोजनामा मङ्गलबार बेनीमा भएको एकीकृत योजना…विस्तृत समाचार »

अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्म कै कमजोर

११,फागुन,काठमाण्डौं ।  नेपाली रुपैयाँ अमेरिकी डलरसँग हालसम्म कै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको सटहीदर एक सय १० रुपैयाँ चार पैसा तोकेको थियो जुन अहिलेसम्म कै सबैभन्दा धेरै हो । आइतबारको तुलनामा यो २० पैसा बढी हो । फागुन ७ गते डलरको भाउ एक सय ९ रुपैयाँ ९६ पैसा पुगेको थियो । राष्ट्र बैंकले एक सय १० रुपैयाँ चार पैसा…विस्तृत समाचार »

खारेखोला जलविद्युतको निर्माण आउने बैशाखबाट

१० फागुन ,काठमाडौ ।  युनिभर्सल पावर कम्पनीले बैशाखदेखि तल्लो खारेखोला जलविद्युत आयोजनाको निर्माण सुरु गर्ने भएको छ । यूनिभर्सल क्लिन इनर्जी डेभलपमेन्ट बैंकले प्रोमोट गरेको कम्पनी सिइडिबी हाइड्रो फण्डको भगिनी सँस्था हो ।  यसमा सिइडिबी हाइड्रो फण्डको ८८ प्रतिशत शेयर स्वामित्व रहेको छ । युनिभर्सलको  ११ मेगावाट क्षमताको आयोजनाको लागत करिब २ अर्ब रुपैंयको लाग्ने  अनुमान गरिएको छ । कम्पनीले आयोजना निर्माणका लागि १ अर्ब…विस्तृत समाचार »

global ime

runner bike

राजनीति

सभामुखमा नेकपाका सापकोटाले दिए उम्मेदवारी, राजपाको समर्थन

७ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

​कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

७ माघ, काठमाडौं । पुष्पा भुसाललाई सभामुखको उम्मेदवार बनाउने तयारीमा रहेको कांग्रेस अन्ततः पछि हटेको छ । पार्टी संसदीय दलको कार्यसमितिको बैठकले सभामुख निर्वाचनमा उम्मेदवारी नदिई तटस्थ बस्ने निर्णय गरेको मीन विश्वकर्माले बताए । 

सभामुखमा पुष्पा भुसाललाई अघि सार्ने काँग्रेसको तयारी

६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । ‘पार्टीमा यस विषयमा छलफल भइसकेको छ,’ कांग्रेसका एकजना नेताले भने,‘व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।’नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए

५ माघ, काठमाडौं । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top