अर्थ

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेपनि विप्रेषण भने बढ्यो

१० फागुन, काठमाडौ । आर्थिक बर्ष २०७२/७३ को ६ महिनामा  विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भएको छ । बृद्धिसँगै बिप्रेषण  रु. ३२३ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.९ प्रतिशतले वृद्धि भएको थियो । विप्रेषण आप्रवाहमा भएको उच्च वृद्धिका कारण खुद ट्रान्सफर आय २०.५ प्रतिशतले वृद्धि भई रु. ३७८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा…विस्तृत समाचार »

यस्तो छ डलरको विनिमयदर

१०, फागुन काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजकालागि अमेरिकी १ डलरको खरिददर १ सय ९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ८४ पैसा तोकेको छ । पछिल्ला दिनहरुमा अमेरिकी डलरको विनिमयदर १ सय ९ रुपैयाँ भन्दा माथीमा कारोवार भइरहेको छ ।  यस्तो छ आजको विनिमयदर विस्तृत समाचार »

सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोवार

९, फागुन काठमाडौँ ।  साताको पहिलो दिन आइतबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ । यस्तै आइतबार तेजावी सुन प्रतितोला ५५ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ । आइतबार चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । विस्तृत समाचार »

नेपाली जुत्ताको आकर्षण बढ्यो , मेलाको चौथो दिनस्रम्म २७ हजारले अवलोकन गरे

८ फागुन ,काठमाडौ । पाँचौ छाला जुता प्रदर्शनीको चौथो दिनसम्म करिब २७ हजार अवलोकन कर्ताले अवलोकन गरेका छन भने करिब ३ हजार जोर जुत्ता तथा चप्पल बिक्रि भएको छ । मेलामा विभिन्न ब्राण्डका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुमा २५ प्रतिशतसम्म छुट दिईएको छ ।  प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा मंगलबार देखि सुरु भएको हो । प्रदर्शनीको आयोजना नेपाल छाला जुत्ता उत्पादक संघले गरेको हो ।  मेलामा प्रमुख…विस्तृत समाचार »

दिनदिनै डलरले नयाँ किर्तिमान राख्दै, आज १ सय १० मा कारोवार

काठमाडौं ।  अमेरिकी डलरको भाउले दिनदिनै नयाँ किर्तिमान राख्न थालेको छ । शुक्रबार नेपाली रुपैयाँ अहिलेसम्मकै सबैभन्दा कमजोर भएको छ । एक अमेरिकी डलर किन्न १०९ रुपैयाँ ९६ पैसा तिर्नु पर्छ ।  १५ दिनयता अमेरिकी डलरको भाउ १०९ रुपैयाँ माथि छ । गत साता पुरानो रेकर्डलाई तोड्दै डलर निरन्तर उक्लिएको हो ।विस्तृत समाचार »

धनुषामा सहरी विकास आयोजनाले गति लियो

६, फागुन धनुषा ।  मधेस आन्दोलनका कारण विगत ६ महिनादेखि प्रभावित एकीकृत सहरी विकास आयोजनाले पछिल्लो दिनमा गति लिएको छ । एसियन विकास बैंकको सहयोगमा जनकपुर उपमहानगरपालिकामा एकीकृत सहरी विकास आयोजना सञ्चालित छ ।  मधेस बन्दको कारण आयोजनाको काम सुस्त रहे पनि बन्द हडताल जस्ता कार्यक्रम स्थगित भए पछि निर्माण कार्यमा गति आएको हो । एकीकृत सहरी विकास आयोजनाका प्रमुख गङ्गाप्रसाद यादवका अनुसार अहिले सडकमा…विस्तृत समाचार »

डलरको मूल्य हालसम्मकै उच्च

५, फागुन काठमाडौँ ।  आज अमेरिकी डलरको विनिमयदर हालसम्कै उच्च भएको छ । नेपाल राष्ट्रबैंकले बुधबार अमेरिकी डलरको खरिददर १ सय ९ रुपैयाँ १७ पैसा र विक्रीदर  १ सय ९ रुपैयाँ ७७ पैसा तोकेको छ। वाणिज्य बैंकहरुले भने अमेरिकी डलर १ सय १० रुपैयाँदेखि १ सय १० रुपैयाँ १० पैसासम्ममा विनिमय गरिरहेका छन् ।  यसअघि डलरको भाउ उकालो लागी नेपाली रुपैयाँ अवमूल्यन हुँदा नेपालमा अमेरिकी…विस्तृत समाचार »

प्रधानमन्त्रीको भारत भ्रमणपछि ग्यास सहज हुने

५, फागुन काठमाडौँ ।  नेपाललाई इन्धन बेच्ने एकमात्र संस्था इन्डियन आयल कर्पोरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि मात्रै मागअनुसार ग्यास दिनसक्ने संकेत गरेको छ । सबै नाका खुले पनि आइओसीले मागको आधामात्र ग्यास बुलेट लोड गर्दै आएको छ । प्रधानमन्त्री फागुन ७ गते देखि भारत भ्रमणमा जाँदैछन् । आइओसीले माथिल्लो तहबाट निर्देशन नभएको भन्दै तत्काल मागबमोजिम ग्यास लोड गर्न अस्वीकार गरेको नेपाली पक्षले जनाएको…विस्तृत समाचार »

भोलिदेखि भारतबाट ८० मेगावाट बिद्युत आउने, लोडसेडिङ घट्ने

४, फागुन काठमाडौँ ।  नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट भोलीबाट ८० मेगावाट विद्युत आयात गर्ने भएको छ। विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी एनभीभीएनबीच बिजुली खरिद बिक्री सम्झौता भएको छ । सम्झौताअनुसार बुधबारदेखि भारतबाट ८० मेगावाट विद्युत् ल्याइने छ । उक्त परिमाणमा विद्युत् ल्याएसँगै दैनिक दुई घण्टा लोडसेडिङ कम हुने जनाइएको छ । भारत सरकारले प्रधानमन्त्री केपी ओलीको नयाँदिल्ली भ्रमणका अवसरमा शुक्रबारदेखि औपचारिक रूपमा…विस्तृत समाचार »

साँच्चै जनताका सपनामा तुषारापात नै लाग्यो त ? के हुन्छ अवको अर्थतन्त्र ?

३ फागुन काठमाडौँ ।  बन्द, हड्ताल जस्ता आन्दोलनले वाक्क भएका जनतालाई एउटै आशा थियो संविधान निर्माणपछि यी सब कुराहरु सेलाउने छन् र देश नेताहरुले भने जस्तै आर्थिक क्रान्तिमा अघि बढ्ने छ । संविधान जारी भएपछि सबै प्रयासहरु राजनीतिबाट आर्थिक क्रियाकलापमा केन्द्रित हुनेछन् । राजनीतिले बिसौनी लिनेछ । नयां संरचना अनुसार विकास र आर्थिक समुन्नतिका कुरा अघि बढ्ने छन्  । फेरी निर्वाचन हुनेछ,  सरकार बन्छ,  सरकारले…विस्तृत समाचार »

global ime

runner bike

राजनीति

सभामुखमा पुष्पा भुसाललाई अघि सार्ने काँग्रेसको तयारी

६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । ‘पार्टीमा यस विषयमा छलफल भइसकेको छ,’ कांग्रेसका एकजना नेताले भने,‘व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।’नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय सभा चुनाव : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

६ माघ काठमाण्डौ । आउँदो बिहीबार हुने राष्ट्रिय सभाको चुनावका लागि मौन अवधि आज रातिदेखि सुरु हुँदैछ ।आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिताअनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग 

एमसीसी देशको हितमा छ, स्वार्थीहरुले विरोध गरे : मन्त्री गुरुङ

५ माघ, डोटी । संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अहिले चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री गुरुङले एमसीसीमा अनावश्यक विवाद भइरहेको बताए । आइतबार डोटी जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले एमसीसीबारे बहस हुनु राम्रो भए पनि अहिले देखिएको कतिपय विवाद अनुचित भएको दाबी गरे । ‘विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ,’ मन्त्री गुरुङले भने, ‘यो प्रस्ताव संसदले सहजै अनुमोदन गर्छ ।’

अन्तर्राष्ट्रिय

प्रशान्त महासागरमा अचानक तापक्रममा बृद्धि, १० लाख चरा मरे

६ माघ, काठमाडौं । पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन् । चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ ।यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन् , जसलाई ‘ब्लब’ नाम दिइएको छ । सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो ।

भाजपा नेताको चेतावनी –५० लाख मुसलमानलाई लखेट्छौं

६ माघ, काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका प्रमुख दिलीप घोषले मुसलमान घुसपैठियाहरुको पहिचान गरेर आवश्यक परेमा उनीहरुलाई भारतबाट बाहिर लखेटिने जनाएका छन् ।  एक र्यालीलाई आइतबार सम्बोधन गर्दै भाजपाका राज्यका प्रमुख घोषले भनेका छन, ‘५० लाख मुसलमान घुसपैठियाको पहिचान गरिनेछ र जरुरत परेमा उनीहरुलाई देशबाट बाहिर निकालिनेछ ।’ उनले अगाडि भनेका छन, ‘पहिला उनीहरुको नाम मतदाता सूचीबाट हटाइनेछ । जसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका छन् उनीहरु कि भारत विरोधी छन् कि बंगाल विरोधी हुन् । त्यसैले उनीहरु हिन्दु शरणार्थीलाई नागरिकता दिने कुराको विरोध गरिरहेका छन् ।’ 

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिक मारिए

५ माघ, काठमाडौं । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् । यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top