esewa
kantipur mall

अर्थ

हुलाकी सडक नबन्दा जिल्लावासी मार्कामा

१८,पुस,महोत्तरी ।  महोत्तरी जिल्लाको ५२ किलोमिटर हुलाकी सडक नबन्दा जिल्लावासी मार्कामा परेका छन् ।  जिल्लाको सदरमुकाम जलेश्वरदेखि मनरा, सम्सी हुँदै सर्लाही जिल्लाको सिमानासँग जोडिएको हर्दी नदीसम्म २६ किलोमिटर र सम्सीबाट गौशाला, रामनगर हुँदै माईस्थान गाविसअन्तर्गत पूर्व पश्चिम राजमार्गलाई छुने २६ किलोमिटर गरी ५२ किलोमिटर हुलाकी सडक वर्षौंदेखि निर्माण हुन नसक्दा महोत्तरीवासी हरेक दृष्टिकोणले प्रभावित भएका छन् ।  यस सडकलाई निर्माण गर्न सन् २०११ को जुलाईमा…विस्तृत समाचार »

​भारतबाट थप ९० मेगावाट विद्युत् ल्याइँदै

 १७ पुस,काठमाडौँ । मुलुकमा चरम ऊर्जा सङ्कट उत्पन्न भई जनजीवन नराम्ररी प्रभावित भइरहेको बेला आगामी माघ १६ गतेभित्र भारतबाट थप ९० मेगावाट विद्युत् ल्याउने तयारी गरिएको छ ।  निर्माणाधीन ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन यसै महिनाको अन्त्यसम्म पूरा गर्ने र आवश्यक प्राविधिक परीक्षणसमेत गरेर थप विद्युत् ल्याउने तयारी गरिएको हो ।  विभिन्न विन्दुबाट हाल २३५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको अवस्थामा नेपाल र भारतीय पक्षबीच भएको सहमतिअनुसार…विस्तृत समाचार »

​राजस्व छल्न अनुमतिपत्र लिने प्रक्रियामा नै चलाखी

१६ पुस,काठमाडौँ । मुलुकमा ऊर्जाको चरम सङ्कट भइरहेको बेला निजी क्षेत्रका प्रवद्र्धकहरुले भने जलविद्युत् आयोजनाको अनुमतिपत्र लिने प्रक्रियामा नै चलाखी गर्ने गरेका छन् ।  विद्युत् विकास विभागका अनुसार एक मेगावाटभन्दा कम क्षमताका आयोजनामा लगानी गर्न चाहने प्रवद्र्धकले क्षमता कम गरी दरखास्त पेस गर्ने गरेको पाइएको छ । अध्ययनको क्रममा एक मेगावाटभन्दा कम क्षमता देखाउँदा दस्तुर तथा अन्य शुल्क तिर्नु नपर्ने भएकाले प्रवद्र्धकले चलाखी गर्ने गरेका छन्…विस्तृत समाचार »

यस्तो छ आजको सुनको मूल्य

१५, पुस काठमाडौँ ।  आज छापावाला सुन प्रतितोला ४८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ । यस्तै तेजावी सुन प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भएको छ । चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । विस्तृत समाचार »

सेती नदीपारि पहिलोपटक गाडी पुग्दा स्थानीयवासी हर्षित

बैतडी, १५ पुस । बझाङको पर्यटकीयस्थलको मुख्य केन्द्रबिन्दुका रुपमा रहेको सेती नदीपारि छान्ना मूल सडकमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।  केही वर्षदेखि निर्माण हुँदै आएको सडक पक्की पुल निर्माण बन्न नसक्दा जिप तथा सवारीका साधनहरु सेती नदीवारिसम्म मात्र सञ्चालनमा रहेका थिए । स्थानीयवासी र केही सरोकारवाला सेती नदीमा काठेपुल निर्माण गरी छान्नामा रहेको माझी गाविसको घाँट खोलासम्म जिपहरु सञ्चालनमा ल्याउन सफल भएको…विस्तृत समाचार »

इन्टरनेट सेवा समेत प्रभावित्, धैर्यता अपनाउन आग्रह

१४ पुस काठमाडौ । नेपाल इन्टरनेट सेवा प्रदायक संस्था आइएसपिएनले चर्को लोडसेडिङ र इन्धन अभावका कारण सेवा दिन समस्या भइरहेको जनाएको छ । संघले एक विज्ञप्ती जारी गदे प्रभावकारी सेवा दिन नसक्ने जनाएको हो । विद्युत्को समस्याका कारण वैकल्पिक व्यवस्थाको रुपमा रहेको ब्याट्रीहरु चार्ज हुन नपाउदाँ र जेनेरेटर चलाउनका लागि इन्धन अभाव भएका कारण सेवा दिन समस्या भएको विज्ञप्तीस्मा उल्लेख छ । संघले नेपाल सरकारलाई…विस्तृत समाचार »

भारतीय आयल कर्पाेरेशन आईओसिले एक हप्तापछि दियो धनगढीका लागि इन्धन

१४,पुस,धनगढी । भारतीय आयल कर्पाेरेशन आईओसिले एक हप्तापछि धनगढी डिपोका लागी इन्धन लोडिङ दिएको छ । एक हप्तासम्म लोडिङ नदिएको भारतको वन्थरास्थित आईसिको डिपोले आज धनगढीका लाडिङ दिएको हो । आज ३८ इन्धनका गाडीमा ६ लाख ८० हजार लिटर इन्धन लोड लिएको नेपाल आयाल निगम क्षेत्रिय कार्यालय धनगढीले जनाएको छ । ३४ ट्याङकरमा ६ लाख हजार लिटर डिजल र ४ ट्याङकरमा ८० हजार लिटर पेट्रोल…विस्तृत समाचार »

चमेलिया जलविद्युत् आयोजनाको काम तत्काल अगाडि बढाउन निर्देशन

१२ पुस काठाडौ । व्यवस्थापिका–संसद् मातहतको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् आयोजनाको काम तत्काल अगाडि बढाउन र कुनै पनि वहानामा काम नरोक्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा सो आयोजनाको ८४३ मिटर सुरुङ खुम्चिएको सम्बन्धमा तथ्यपूर्ण छानबिन गरेर मात्रै भुक्तानी दिन पुनः सचेत गराएको छ । खुम्चिएको सुरुङमध्ये ६११ मिटर सुरुङ पुनः निर्माण भइसकेको र बाँकी रहेको २३२…विस्तृत समाचार »

महासंघलाई सुपारी किसानको एक साताको अल्टिमेटम

काठमाडौ, ११ पुष । उद्योग बाणिज्य महासंघको निर्णय विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका सुपारी किसानहरुले समस्या समाधानको लागि थप एक साताको अल्टिमेटम दिएका छन ।  मेची सुपारी तथा फलफुल विकास सस्था झापाले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफूहरुका सबै माग पुष १७ भित्र पुरा नगरे थप कठोर र शसक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो सस्थाले आफूहरुको शान्तिपूर्ण धर्ना तथा अनशन सहितका विरोधका…विस्तृत समाचार »

हालसम्म ५ सय ट्रान्स्फरमर पड्कीए, विद्युत् प्राधिकरण सुस्तायो, अख्तियारबाट निरक्षण सुरू

११ पुस, काठमाडौं । उच्च विद्युत्को मागका कारण अधिकांश क्षेत्रमा ट्रान्सु्फरमर पड्कँदा विद्युत् प्राधिकरण सुस्ताएको छ । सर्वसाधारण दिनहु अध्यारोमा बस्न बाध्य भइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पड्किएका ट्रान्सर्फमको निरिक्षण थालेको छ । अख्तियारमा उजुरीहरु परेपछि ट्रान्सर्फमरको गुणस्तर जाँच गर्न अख्तियारको विषेश टोलीले शनिबारदेखि निरिक्षण थालेको हो । अख्तियारको टोलीले राजधानीका विभिन्न स्थानमा पड्किएका ट्रान्सर्फमको स्थलगत निरिक्षण गरी गुणस्तर छानविन गर्ने बताइएको छ ।…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top