esewa
kantipur mall

अर्थ

एडीबीद्धारा नेपाललाई एक अर्ब ५७ करोड रुपैयाँ सहयोग

२२ मंसिर, काठमाडौं । एसियाली विकास बैंक एडीबीले नेपाललाई ठुलो धनरासीमा सहयोग गरेको छ ।  भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निमाण तथा भूकम्प प्रभावित जनताको जीविका सुधारका लागि  १ अर्ब ५७ करोड रुपैयाँ सहयोग गर्ने भएको हो । अनुदान सहयोग दिने सम्बन्धी सम्झौतामा मंगलबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र एडिबीका नेपाल निर्देशक केनिची योकोयामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता…विस्तृत समाचार »

चीनको सहयोगमा इन्धन भण्डार बनाइने

२१, मंसिर काठमाडौँ ।  सरकारले चीनको सहयोगमा काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहुँको खैरेनीमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ । ती तीन स्थानमा छ/छ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  इन्धनको भण्डारणस्थल निर्माणका लागि चीन सरकारसमक्ष प्रस्ताव गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिए ।  चीन सरकारको सहयोगमा सोही स्थानमा एक÷एक हजार…विस्तृत समाचार »

भुकम्प पिडितलाई घर निर्माणका लागि तीन लाख रकम दिने तयारी

२२ मङ्सिर, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि प्रदान गरिने अनुदानको पहिलो किस्ता जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत नै पठाउन लागिएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले तत्काल बैंकिङ सेवाको पहँुच त्यहाँ नपुगुन्जेल कम्तीमा पनि पहिलो किस्ता पुरानै पद्धतिबाट पु¥याउँदा उपयुक्त हुन्छ भन्ने मत बनेको उनले जानकारीदिए । सहयोगको रकमबाट घर…विस्तृत समाचार »

कालोबजारी गर्ने दुगडका संचालकलाई भारतबाटै पक्राउ गरिने

२१, मंसिर काठमाडौँ ।  चरम संकटको मौका उठाउँदै खानेतेलमा कालोबजारी गर्ने के एल समूहका अध्यक्ष किसनलाल दुगड र उपाध्यक्ष नरेश दुगडलाई प्रहरीले भारतमै पक्राउ गरि नेपाल ल्याउने भएको छ । भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई हाल लुकेर बसेकै स्थानबाट फत्राउ गर्ने योजना प्रहरीले बनाएको हो । कालोबजारीमा पक्राउपर्न सक्ने आशंकामा दुगड समूहका उच्च नेतृत्व केहीस्मयअघि नै भारत पुगेको थियो । सो समुहका कर्मचारी पक्राउ परेका दुई…विस्तृत समाचार »

सुनभन्दा नुन पाउन गाह्रो

 २१ मङ्सिर  काठमाडौं ।  त्यसै त भूगोलले ठगेको डोल्पालाई राज्यले पनि वर्षौंदेखि उपेक्षित गरिरहेको छ । डोल्पा सरकारको विकासे रणनीतिबाट पनि पछाडि परेको छ । आजको यस एक्काइसौँ शताब्दीमा विकासका लहर चलिरहेको अवस्थामा नेपालकालका सबैजसो जिल्लामा मोटरबाटो पुग्दा डोल्पा सडक सञ्जालको सुविधाबाट पनि अछूतो रहेको छ । मानिसको सर्वाङ्गीण विकासका लागि सबैभन्दा ठूलो कुरा पौष्टिक आहारयुक्त स्वस्थ खानेकुराको आवाश्यक पर्दछ तर डोल्पालीलाई भने राम्रोसँग साँझ–बिहान…विस्तृत समाचार »

सेजनद्धारा ‘सञ्जय न्यौपाने उपचार कोष’ खडा, सहयोग गर्न अपिल

२०, मंसिर काठमाडौँ ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व उपाध्यक्ष एवम् कारोबार दैनिकका सम्पादक सञ्जय न्यौपानेको मस्तिष्कसम्बन्धी गम्भीर स्वास्थ्य समस्याका कारण भारतको गुडगाँवस्थित मेदान्त अस्पतालमा उपचार भइरहेकोले प्रभावकारी उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले सेजनले ‘सञ्जय न्यौपाने उपचार कोष’ खडा गरेको छ । उक्त कोषमा सेजनका तर्फबाट रु ५०,००१ सहयोग राखिएको छ । उपचारमा सहयोगका लागि सम्पूर्ण सेजन सदस्य, सरोकारवाला र शुभचिन्तकहरुलाई नेपाल बंगलादेश बैंकको खाता…विस्तृत समाचार »

कोदोको दुरुपयोगले खाद्य सङ्कटको खतरा

२० मङ्सिर, काठमाडौं  । “के गर्ने बाबु पहिला–पहिला अलिअलि धान बेचेर दसैँतिहार खर्च टार्न ठीकै भएको थियो । अहिले, निकै समस्या भएको छ, छोराछोरी ढिँडो खान मान्दैनन् । मकैको भात पनि नखाने, खाली धानको भातबाहेक अरु केही खादैँनन् ।” “दिउँसो यसो कोदोको रोटी खाजा बनाएर राखिदियो खानै मान्दैनन्, मकै भुटेर राख्यो भने पनि त्यसै रहन्छ, खाली चाउचाउ, बिस्कुट, चाउमिन र मःमभन्दा केही भन्न जान्दैनन् केटाकेटी…विस्तृत समाचार »

चीनबाट इन्धन ल्याउने प्रयास के भो ?

२० मंसिर, काठमाडौं । भारतले नाकाबन्दी गरेपछि देशमा इन्धनको अभाब चुलिदै गदै चीनबाट ल्याउने हल्ला चले पनि त्यो कहाँ पुग्यो सरकार अन्यौलमा छ । चीनले दिएको अनुदानको इन्धनबाहेक सरकरले चीनबाट इन्धन ल्याउन सकेको छैन ।  भारतले नाकाबन्दी गरेको तीन महिना पुग्दा लागि सक्दा पनि सरकारले प्राविधिक टोलीमात्र पठाएर कानमा तेल हालेर बसको छ । प्रधामन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले देश देशबिचको कुटनीतिक समस्या हुने बताए…विस्तृत समाचार »

विद्यालय भवन निर्माणमा अनियमितता

 २० मङ्सिर,जाजरकोट । एक वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुन्मा–३ स्थित विजय मावि काफल चौरको चारकोठे भवन अलपत्र परेको छ । शैक्षिक वर्ष ०७०/०७१ मा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिइएको चारकोठे भवन निर्माण वर्ष बित्दा पनि काम पूरा हुन सकेको छैन । रु २४ लाख अनुदानमा चारकोठे पक्की भवन बनाउनुपर्ने भए पनि काम पूरा नहँदै भवन भत्कन थालेको छ । एक वर्षअघि नै बनि सक्नुपर्ने भवन…विस्तृत समाचार »

ब्यापार चौपट भएपछि बैंकबाट लिएको ऋण र आयकरमा छुट गर्नुपर्ने माग

काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल निर्माण सामग्री व्यापार सङ्घले अघोषित नाकाबन्दीका कारण उत्पन्न समस्या समाधान गर्न माग गर्दै आज ज्ञापनपत्र प्रस्तुत गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण रिजालको नेतृत्वमा पदयात्रासहित प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेको टोलीले महिनौँदेखिको तराई बन्द, हड्ताल र नाकाबन्दीका कारण व्यापार÷व्यवसाय चौपट भएको भन्दै त्यसलाई जतिसक्दो चाँडो समाधान गर्न आग्रह गरेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नाकाबन्दीका कारण…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

तरुण दलको विवाद उत्कर्षमा : अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरे

२९ भदौ काठमाण्डौ । नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही बीचको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले एकअर्कालाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् ।
अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएलगत्तै शाहीले पनि महासचिवको हैसियतमा विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै तरुण 

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

चन्द्रयान–२ को ल्याण्डर विक्रमसँग सम्पर्कको आशा सकिएको छैन : इसरो प्रमुख सिवन

२२ भदौ, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख डाक्टर कैलासावडिवू सिवनले चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आश अझै समाप्त नभएको बताएका छन् ।  डा. सिवनका अनुसार वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ ।  डा. सिवनले सञ्चारमाध्यमसँग भने, ‘हामी चन्द्रायान–२ को विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छौँ । हामी बाँकी १४ दिनसम्म कोसिस जारी राख्नेछौँ ।’ 
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top