esewa
kantipur mall

अर्थ

​अबदेखि प्रत्येक जेठ १५ गते बजेट आउने, बजेट मिती संविधानमै तोकियो

४ असोज, काठमाडौं । नयाँ संविधानमा बजेट आउने मिति नै तोकिएको छ । राष्ट्रपति डा। रामबरण यादबले आइतबार साँझ राजी गरेको नेपालको संविधान २०७२ अनुसार अब प्रत्येक वर्षको जेठ १५ गते सरकारको (आय-व्यय बिबरण) बजेट- पेस गर्नुपर्ने व्यवस्था गरेको छ । ‘नेपाल सरकारका अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्षको जेठ १५ गते संघीय संसदमा पेस गर्नेछ ।’ संविधानमा भनिएको छ ।  बजेट ल्याउने मिति…विस्तृत समाचार »

​संविधान घोषणाको एेतिहासिक अवशरमा २००० र १०० दरको सिक्का निस्कासन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले संविधान घोषणा भएको ऐतिहासिक अवसरको सम्झनामा स्मारिका सिक्का निस्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले २००० रुपैयाँ दरको चाँदीको सिक्का निस्कासन गर्ने छ । राष्ट्र बैंकले १०० रुपैयाँ दरको क्यूप्रोनिकेल धातुको स्मारिका सिक्कासमेत निस्कासन गर्ने छ । ‘ऐतिहासिक दिनको सम्झौतामा दुई हजार र एक सय रुपैयाँ अंकित दरका सिक्का निस्कास गर्ने घोषणा गरिएको हो,’ राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले…विस्तृत समाचार »

​विमानस्थलमा रहेका होर्डिङबोर्डबाट मात्र २ करोड ११ लाख आम्दानी

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल टिआइएले गत बर्ष होर्डिङ बोर्डबाट मात्र २ करोड ११ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।  विमानस्थल वरिपरि तथा भित्र रहेको विभिन्न कम्पनीहरुको विज्ञापनबाट सो रकम संकलन गरेको हो । यससँगै अब त्रिभुवन विमानस्थल बाट बाहिरिने वा नेपाल प्रवेश गर्ने वित्तिकै यहाँको कला कौशलको दृष्य देख्न पाइने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले विज्ञापनको व्याकराउण्डमा नेपालीपन झल्किने दृष्य अनिवार्य गरेपछी यस्तो…विस्तृत समाचार »

​दुईदिन लोडसेडिङ हुँदैन भनेर प्राधिकरणले जनता ढाँट्यो

४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ नेपाली  जारी भएको खुसीयालीमा दुईदिन लाडसेडिङ नगर्ने भनेपनि लोडसेडिङ भने नियमित समयमा भएको छ । संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भनिएपनि सोमबार नियमित समयमा लोडसेडिङ भयो । संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणले बताएको…विस्तृत समाचार »

​कलर्स एक्स फ्याक्टर ई-१० इलिट नेपाली बजारमा

४ असोज, काठमाडौं । कलर्स मोबाइलले इलिट सिरिज अन्तर्गत एक्सफ्याक्टर ई-१० नेपाली बजारमा भित्राएको छ । इलिट सिरिजका स्मार्टफोन प्रविधिका शौखीनहरुलाई उपयुक्त रहेको कम्पनीको भनाई छ । इलिट ई-१० मा डिजिटल र परम्परागत घडी जडित छ । जुन फ्लिप कभरमार्फत प्रष्ट देख्न सकिन्छ । यसबाट कल प्राप्त गर्न, सन्देश हेर्न र फोटो खिच्न पनि सहजता प्राप्त कम्पनीले बताएको छ । साथै यसमा रहेको संकेत प्रणालीमार्फत…विस्तृत समाचार »

संविधानसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको चेम्बरको भनाई, अब आर्थिक विकासमा लाग्न आग्रह

काठमाडौं । राष्ट्रपतिले आइतबार नेपालको संविधान २०७२ घोषणा गरेसँगै मलुक नयाँ युगमा प्रवेश गरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  नयाँ संविधानको घोषणाले राजनैतिक संक्रमणकालको अन्त्य भई मुलुकमा दिगो शान्ति र राजनैतिक स्थायित्व प्राप्त हुने नेपाल चेम्वरको विश्वास रहेको जनाइएको छ ।मुलुकमा राजनैतिक समस्या समाधान भएकोले अव आर्थिक मार्गचित्र प्रशस्त हुने र आर्थिक सम्वृद्धि हासिल हुनेमा चेम्बर विश्वस्त रहेको आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख…विस्तृत समाचार »

एनसेल एप क्याम्पमा दर्ता भए सात सय २८ आइडिया

नेपालकै ठूलो मोबाइल एप्लिकेसन प्रतिस्पर्धा एनसेल एप क्याम्पमा २०१५मा कूल ७२८ आइडिया दर्ता भएका छन् ।   प्रतिस्पर्धामा भाग लिन खोलिएको आवेदन आइतबार दिउँसो १२ बजे बन्द गरिएको छ । प्रतिस्पर्धाका चार विधा मध्ये सबभन्दा धेरै आवेदन प्राप्त भएको युटिलिटी विधामा २९० वटा आइडिया दर्ता भएका छन् । त्यसै गरि पर्यटन विधामा १५३ वटा आइडिया र स्वास्थ्यमा १४७ आइडिया दर्ता गरिएको छ । सबभन्दा कम…विस्तृत समाचार »

​निजी क्षेत्र सशक्त नभएसम्म देश बलियो हुँदैन : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले निजी क्षेत्र सशक्त नभएसम्म देश बलियो नहुने बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको १९औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनको आज लेखनाथमा उद्घाटन गर्दै उनले सरकारले हरेक आर्थिक गतिविधिमा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नु पर्ने बेला आएको विचार व्यक्त गरे । नयाँ संविधान घोषणा हुने भएपछि संविधान आउँदैन की भन्ने द्विविधा अब हटेको छ भन्दै गभर्नर डा…विस्तृत समाचार »

६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।

६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको ६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको ६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको ६ फिट…विस्तृत समाचार »

तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन

तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

केपी ओलीले इन्डो–प्यासिफिक रणनीतिको सेवा गरे : मोहनविक्रम सिंह को आरोप

४ कात्तिक, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारालाई दक्षिणपन्थी विचलन भनेर टिप्पणी गरेका छन् । यद्यपि सी विचारधाराको आलोचना गरे पनि चीनसँगको सम्बन्ध विस्तारलाई नेकपा मसालले महत्व दिने उनले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको एक सातापछि प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले भनेका छन, ‘सीको विचारधारा वास्तवमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन नभएको दक्षिणपन्थी संशोधनवादी विचारधारा हो । त्यहाँको कथित नयाँ ढाँचाको समाजवादी व्यवस्था वास्तवमा पूँजीवादी व्यवस्था हो र त्यसले अब साम्राज्यवादको रुप लिइसकेको छ ।’

प्रधानमन्त्री बिहीबार बाकु जाने, मुख्य सन्देश–असंलग्न आन्दोलनलाई महत्व

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन यही कात्तिक ७ गते (बिहीबार) त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी कात्तिक १० गते आइतबार स्वदेश फर्किनेछन् । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालले सधैँ असंलग्न आन्दोलनलाई महत्व दिँदै आएको बताउँदै यसपालि पनि महत्व दिएर नै प्रधानमन्त्री स्तरबाट भ्रमण हुन लागेको जनाए । 

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

३ कात्तिक, काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । 

अन्तर्राष्ट्रिय

​कश्मीरको सीमा क्षेत्रमा गोलाबारी : दुई भारतीय सैनिकको मृत्यु

३ कात्तिक, काठमाडौं । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

ब्रेक्जिटमा ढिलाईको माग गर्दै बेलायती प्रधानमन्त्रीद्वारा ईयूलाई पत्राचार

३ कात्तिक, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेक्जिटलाई ढिलो गर्न आग्रह गर्दै युरोपेली संघ (ईयू)लाई पत्राचार गरेका छन् । ब्रेक्जिट प्रक्रियाको अन्तिम टुंगो लगाउने म्याद यही अक्टोबर ३१ सम्मको रहेपनि शनिबार हाउस अफ कमन्समा भएको मतदानले सो समयावधीलाई अस्वीकार गरेको थियो । त्यसैले जोहन्सनले ईयूलाई पत्राचार गरेका हुन् । तर उनले समयावधी थप्न आग्रह गर्दै पठाएको पत्रमा हस्ताक्षर भने गरेका छैनन् । ईयू काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ट्विट गर्दै जोहन्सनको पत्र पाएको उल्लेख गरेका छन् । कसरी प्रतिक्रिया जनाउने भनेर अब ईयूका नेताहरुसँग छलफल गर्ने उनले जनाएका छन् । 

कुर्द नहटेमा टाउको फुटाइदिने टर्कीका राष्ट्रपतिको चेतावनी

३ कात्तिक, काठमाडौं । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले यदि उत्तरी सिरियाको सीमामा प्रस्तावित ‘सेफ जोन’बाट कुर्द लडाकु नहटेमा उनीहरुको टाउको फुटाइदिने चेतावनी दिएका छन् । टर्की विहीबार सो क्षेत्रमा सैनिक कारवाही स्थगन गर्नका लागि राजी भएको थियो । यद्यपि यो रोक ५ दिनका लागि मात्रै हो । तर शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका थिए । टर्कीले कुर्दहरुलाई आतंककारी मान्दै आएको छ र सिरियाको सीमा क्षेत्रमा ‘सेफ जोन’ बनाउने उसको लक्ष्य रहेको छ । अस्थायी युद्धविरामको बावजुद सीमा शहर रास अल अएनमा शनिबार छिटपुट हिंसा भएको थियो । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top