अर्थ

ग्याँस बजार व्यवस्थित बनाउन महासंघले बुझायो सरकारलाई ज्ञापनपत्र

१९ फागुन काठमाडौ । ग्याँस विक्रेता महासंघ नेपालले नेपालको एलपी ग्याँस बजारलाई व्यवस्थित् गर्न माग गर्दै सरकारलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।  महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल नेतृत्वको पदाधीकारी टोलीले आपूर्तीमन्त्री गणेशमान पुनलाई ११ बुँधे सुधारको ज्ञापनपत्र बुझाएका हुन् । महासंघले डिलर तथा डिष्ट्रिब्यूटर्स प्रमाणिकरण तत्काल गर्न, ग्याँस उद्योगले सिधै होटल तथा कलकारखानामा ग्याँस विक्रि गर्न प्रतिबन्ध लगाउन, ग्याँस वितरण प्रणाली व्यवस्थित् गर्नका लागी ग्याँस…विस्तृत समाचार »

राष्ट्र बैंकले पायो डेपुटी गर्भनर

१९ फागुन काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ डेपुटी गर्भनर पाएको छ । रिक्त रहेका नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ । शिवाकोटी एमाले निकट हुन भने श्रेष्ठ कांग्रेस निकट हुन । डा.चिरञ्जीवी नेपालले दुई पदका लागि एक महिना भन्दा पहिले नै चारजनाको नाम सिफारिस गरेका थिए । रिक्त रहेको एक पदमा दुईजनाका…विस्तृत समाचार »

शेयरमा लगानी गर्ने हो ? पैसा तयार पार्नुहोस् ५७ करोड को शेयर आउँदै छ

१९, फागुन काठमाडौँ ।  शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला बजारमा झण्डै ५७ करोड रुपैयाँ शेयर निष्कासन हुँदै छ । हाल तीन जलविद्युत् कम्पनी र दुई माइक्रोफाइनान्सले शेयर जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदन दिनेमा हिमालयन पावर पार्टनर लिमिटेड, अरुण कावेली पावर लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड छन् ।  हिमालयन पावर पार्टनर…विस्तृत समाचार »

निजीक्षेत्रसँग सहकार्यबिना आर्थिक वृद्धि असम्भव

१९,फागुन,पोखरा । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक वृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।  राष्ट्रिय योजना आयोगको आयोजनामा ४ नं प्रदेशको १४औँ त्रिवर्षीय योजनाको तयारी सम्बन्धमा सञ्चालित दुईदिने अन्तक्र्रिया कार्यक्रमको समापन समारोहलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले सुरु गरिने आयोजनामा लगानीको अधिकांश हिस्सा निजी क्षेत्रले ओगट्ने गरेकाले सरकार र निजी क्षेत्रको सहभागिताबाटै सम्पन्न योजना दिगो र टिकाउ हुने धारणा राख्नुभयो । …विस्तृत समाचार »

​सुन प्रतितोला ५६ हजार ५ सयमा कारोवार

१८, फागुन काठमार्डौँ ।  साताको तेस्रो दिन मंगलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ५६ हजार ५ सय       रुपैयाँमा कारोवार भएको छ । यस्तै मंगलवार तेजावी सुन प्रतितोला ५६ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुन पछिल्लो समय ५६ हजारको आसपासमा कारोवार भएको…विस्तृत समाचार »

भारु साट्दा सर्वसाधारण र पर्यटक ठगिँदै

१७,फागुन,इलाम  । इलाम जिल्लाको पूर्वी सीमावर्ती क्षेत्र पशुपतिनगरमा भारतीय रुपैयाँ साट्दा सर्वसाधारण र पर्यटक ठगिइरहेका छन् । भारु साट्दा लाग्ने दरभन्दा धेरै बढी मूल्य तिर्नुपरिरहे पनि सम्बन्धित निकायको ध्यान नपुग्दा सर्वसाधारण ठगिनु परिरहेको हो ।  सीमा क्षेत्रको मुख्य बजार पशुपतिनगरमा सटही काउन्टर नहँुदा सर्वसाधारण ठगिनुपरेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्न, उपचार गराउन, घुम्न, तीर्थयात्रालगायत विभिन्न प्रयोजनका लागि भारतीय बजार जाने नेपाली नेपाल राष्ट्र बैंकले…विस्तृत समाचार »

सुन ५ सयले घट्यो

१६ फागुन काठमाडौं । आज सुनको भाउमा केही गिरावट आएको छ । आइतवार स्थानिय बजारमा ५ सयाले सुनको भाउ घटेको छ ।   सुन प्रतितोला ५६ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए । शुक्रवार सुन ५६ हजार ५ सयमा कारोवार भएको थियो । आइतवार चाँदीको भाउमा पनि गिरावट आएको छ । शुक्रवार प्रतितोला ७ सय ३५ मा किनबेच भएको चादी  आज आइतबार ७ सय…विस्तृत समाचार »

महासंघको कार्याबाहक अध्यक्षमा खनाल, यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिवद्धता

१६ फागुन काठमाडौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्याबाहक अध्यक्षको जिम्मेवारी डोलनाथ खनालले लिनुभएको छ । महासंघका अध्यक्ष दिनेश भण्डारीको निधन भएसँगै रिक्त कार्याबाहक अध्यक्षको जिम्मेवारी खनालले लिनुभएको हो । खनाल यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । महासंघको आइतबार बसेको कार्यासमितिको बैठकले खनाललाई कार्याबाहक अध्यक्षको जिम्मेवारी दिएको हो । खनालले आजै कार्याबाहक अध्यक्षको रुपमा पद सम्हालिसक्नु भएको छ । पद बहाली हुदै खनालले यातायात क्षेत्रमा…विस्तृत समाचार »

यसरी बन्न सकिन्छ सेयरबाट मालामाल

एलिजा उप्रेती , फागुन काठमाडौ ।सेयरमा लगानी  गरेपछि त्यसको राम्रो प्रतिफल लिने चाहना हुनु स्वभाविक हो । तर चाहनामात्र लिएर हुदैन सेयरमा लगानी गरेपछि त्यसको आधारभुत र प्राविधिक कुरालाइ ध्यान दिनु सबै लगानीकर्ताको लागि आवश्यक छ । सेयर किन्दा कुन कम्पनीको सेयर मुल्यको अवस्था कस्तो छ ,बढ्नेक्रम कस्तो छ ,विगतका तथ्याङ्कहरु कस्तो छ भन्ने तर्फ पनि ध्यान जानु जरुरी छ । बिशेष त सेयर बजारमा…विस्तृत समाचार »

मध्यपहाडी लोकमार्गको निर्माण कार्य अलपत्र

१५,फागुन,जाजरकोट । जाजरकोटखण्डमा मध्य पहाडी लोकमार्ग निर्माणको काम अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले समयमा काम नगर्दा यो सडक अलपत्र परेको हो ।  जाजरकोटको कुदुदेखि दैलेख जिल्लाको सुयडासम्मको १९ किलोमिटर सडक निर्माणको काम अलपत्र भएको छ । दुई वर्षभित्र यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाएको पश्चिम लोकमार्ग आयोजना ठेकेदारका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।  जिल्लाको कुदुदेखि दैलेखको सुयाडासम्मको ८२ किलोमिटर…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top