अर्थ

चीनले दिने इन्धन बुधबारसम्म नेपाल भित्रने

रसुवा, ९ कात्तिक ।  नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ ।  दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पु¥याउने छन् ।  रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिने बताइएको छ । भूकम्पपछि चिनियाँ भू–भागमा बिग्रिएका सडक मर्मतसम्भार र पुनःनिर्माण गरी केही दिनदेखि सञ्चालनमा ल्याइएको छ ।  रसुवागढी नाका पूर्णरुपले सञ्चालनमा…विस्तृत समाचार »

नेपालीलाई फाइदाः मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

८, कात्तिक काठमाडौँ ।  मलेसियाले निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । सन् २०१६, जुलाई देखि  लागू हुने गरि मलेसियालेकामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको हो । २०१६ को बजेट सार्वजनिक गर्दै मलेसियन प्रधानमन्त्री नाजिब तुन रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक न्यूनतम पारिश्रमिक वृद्धि गरिएको घोषणा गरेका हुन् । नयाँ घोषणामा पश्चिमी मलेसिया राजधानी रहेको क्षेत्रमा निजी क्षेत्रमा कार्यरत कामदारका लागि…विस्तृत समाचार »

चीनले नेपालका लागि एक हजार मेट्रिकटन तेल पठाउँदै

८, कात्तिक काठमाडौँ ।  भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला चीनले नेपाललाई एकहजार मेट्रिक टन तेल उपलब्ध गराउने भएको छ ।  तेल रसुवाको केरुङ नाकाबाट केहीदिनमा नेपाल भित्रने जनाइएको छ ।  इन्धन आपूर्तिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, आपूर्तिमन्त्री गणेश पुन, नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताई र चीनका लागि नेपाली राजदुत महेश मास्के सहितको टोलीबीच पटकपटक उच्चस्तरीय छलफल भएको थियो सो…विस्तृत समाचार »

यस वर्षको दसैँमा गरगहनाको बिक्रीमा कमी

५ कात्तिक , काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो । महासंघका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक दैनिक १० किलोको समेत कारोवार हुन सकेको छैन । महासंघका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको…विस्तृत समाचार »

आइओसी–निगम वार्ता, रक्सौलको बाटो परिवर्तन गरेर ग्याँस भित्राउन आइओसी सहमत

१ कार्तिक काठमाडौ । अन्नत बाटो परिवर्तन रि–रूट गरेर ग्याँस नेपालमा भित्राउन दिन नेपाल आयल निगम सहमत भएको छ ।  इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमका पदाधीकारी बिचमा भएको छलफलपछि रि–रूट गरेर ग्याँस ल्याउन आइओसी सहमत भएकोृ हो । आइओसीसँग वार्ता गर्न नेपाल आयल निगमका निमित्त निर्देशक मुकुन्द घिमिरे भारत गएका थिए । भारतमा रहेका निर्देशक घिमिरेले न्यूजसेवा डटकमसँग टेलिफोनमा भने – रि– रूट गर्न…विस्तृत समाचार »

सिटी एक्सप्रेसको बम्परमा कार उपहार

२९, असोज काठमाडौं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं र तिहारको अवसर पारेर बम्परमा कार उपहार योजना ल्याएको छ । साउदी अरेबियास्थित टेलीमनीबाट लक्ष्मी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउनेहरु योजनामा सहभागी हुन पाउने छन् ।  डिसेम्बर ४ तारिखसम्म लागू हुने योजनामा सहभागी मध्येबाट बम्परमा एक जानले २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार प्राप्त गर्ने छन् । यस्तै लक्की ड्र मार्फत…विस्तृत समाचार »

ललितपुर मोवाइल कम्प्लेक्सले ल्यायो दशैं तिहार हात खाली नजाने उपहार योजना

२८, असोज काठमाडौँ ।  केही समय अघि मात्र स्थापना भएको नेपालकै एक मात्र ठुलो मोवाइबल हब ललितपुर मोबाइल कम्प्लेक्सले उपहार योजना सञ्चालनमा ल्याएको छ । नेपालीहरुको बडादशैं तथा तिहारको अवसर पारेर कम्प्लेक्सले मोबाइल खरिदकर्ताका लागि हात खाली नजाने उपहार योजना ल्याएको हो ।  दशैं तिहारको बहार, मोबाइल खरिदमा उपहारै उपहार नाम दिइएको योजना अन्तरगत उपभोक्ताले कुनै पनि स्मार्टफोनको खरिदमा केही न केही उपहार पाउने छन्…विस्तृत समाचार »

उपत्यकामा आज ३९ पेट्रोल पम्पमार्फत वितरण गरिँदै छ पेट्रोलियम पदार्थ

   २८ असोज , काठमाडौं। नेपाल आयल निगमले आज काठमाडौ उपत्यकाका ३९ पेट्रोल पम्पमार्फत एक लाख ८८ हजार लिटर पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ ।  निगमले थानकोट डिपोबाट ३३ हजार लिटर पेट्रोल र एक लाख ५५ हजार लिटर डिजेल बिक्रेतालाई उपलब्ध गराएको जनाएको छ । निगमले पेट्रोल बिक्री वितरणका लागि उपत्यकाका हल्चोक फ्युल सेन्टर, महालक्ष्मी ट्रेडर्स बसुन्धरा, रिपु मर्दिनी पेट्रोल स्टेसन, प्रहरी कल्याण कोष पेट्रोल…विस्तृत समाचार »

के एल टावरको रमाईलो दशैं तिहार उपहार कार्यक्रम

२७, असोज काठमाडौँ ।  के एल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर के एल टावर रमाईलो दशै तिहार उपहार कार्यक्रम संचालनमा ल्याएको छ । हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा सुजिको गिजर , सुजिकी स्विच र चार रात पाँच दिनको बैकंक टुरको जित्न सक्नेछन् ।  उपहार जित्नको लागि के एल टावरमा रहेका सम्पूर्ण पसलहरु ,केएल ग्राम जोन, सबै फुटकोर्टहरु  र एफक्युब सिनेमामा एक…विस्तृत समाचार »

जति फोन गर्‍यो, त्यती रकम फिर्ता पाइने

२७, असोज काठमाडौँ ।  एनसेलले पैसा ब्याक नामक नयाँ योजना ल्याएको छ ।  यो योजना अन्तर्गत एनसेलका प्रिपेड मोबाइ प्रयोगकर्ताले प्रत्येक दिन निश्चित रकम बराबरको मुख्य ब्यालेन्स प्रयोग गर्दा त्यती नै रकम बराबरको बोनस ब्यालेन्स पाउने भएका छन् ।  यो योजना आजदेखि लागु हुने छ ।  यसका लागि प्रिपेड मोबाइल प्रयोगकर्ताले १७१२४ मा डायल गर्नु पर्नेछ ।विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

विप्लव समूहका २ जिल्लास्तरीय नेता रौतहटबाट पक्राउ

१४ माघ, रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् ।  उनीहरूलाई चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गर्ने क्रम बढेको छ । अहिलेसम्म एक हजारभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीले धरपकडलाई गति दिएसँगै विप्लवका कार्यकर्ताहरुले आफ्ना गतिविधिलाई तीब्रता दिएका छन् । 

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने

१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् ।
सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनको मिर्गौलाको डायलायसिस हुँदै आएको थियो । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए । 

अन्तर्राष्ट्रिय

फनेल वेब स्पाइडर, १५ मिनेटमै जान्छ मानिसको ज्यान

१४ माघ, काठमाडौँ।
आगोका कारण निकै ठूलो संकट देखिएको अष्ट्रेलिया फेरि माकुराका कारण  संटकमा परेको छ। अष्ट्रेलिया देखिएको  फनेल वेब स्पाइडर नामको  माकुराले टोक्दा १५ मिनेटमा मानिसको मृत्यु हुने अष्ट्रेलियाका  सञ्चारमाध्यमहरूले उल्लेख गरिएका छन् । अष्ट्रेलियाको जंगलमा लागेको आगोका समयमा उक्त माकुरा जमिनभित्र छिरेको तर अहिले भारी वर्षापछि आएको बाढीका कारण उक्त माकुरा शहरतिर भाग्न बाध्य भएको बताइएको छ।

आप्रवासीलाई कडाई गर्ने ट्रम्पको नीति कार्यान्वयन गर्न अमेरिकी सर्वोच्च अदालतले दियो स्वीकृति

१४ माघ, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आप्रवासीलाई अमेरिकामा बसोबासको स्थायी अधिकार नदिने नीति लागु गर्न स्वीकृति दिएको छ। अदालतको यस फैसलासँगै ट्रम्पले आफू अनुकुल आप्रवासी नीति बनाउने बाटो खुल्ला भएको छ। यसअघि अमेरिकाको तल्लो अदालतको ट्रम्पको आप्रवासी नीति कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चमा भने तल्लो अदालतको आदेशको पक्षमा चार न्यायाधीश र विपक्षमा पाँच न्यायाधीशले मत दिएका थिए।

भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा

१४ माघ, काठमाडौं । भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेअर बेच्ने योजना सार्वजनिक गरेको छ । नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ । एअर इन्डियाको आठ अर्ब डलर ऋणमध्ये खरिदकर्ताले तीन अर्ब डलरभन्दा बढी तिर्नुपर्ने हुन्छ । एअर इन्डियाको शेअर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना हो तर सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन् । सरकारको सबैभन्दा महत्वपूर्ण प्रस्ताव भनेको शत प्रतिशत स्वामित्व बेच्ने हो । सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ताको आकर्षण नभएको ठानिन्छ ।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top