siddhartha
summy

मनोरन्जन

अनिशालाई देखेपछि विनोद भुतुक्कै (भिडियोसहित)

गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पा-यौं नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक विनोद कँडेल र मोडल अनिशा न्यौपाने फिचरिङ भिडियोलाई विपिन रिजालले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा जोन शर्माको शब्द र कम्पोज छ भने प्रदीप जोशीको म्यूजिक एरेञ्ज छ । प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोलाई निर्देशक विपिनले नै खिचेका हुन् । भिडियोका सम्पादक भरत रेग्मी हुन् ।   गायक विनोद…विस्तृत समाचार »

​हरि बहादुर काफ्ले मगरको तिज कोशेली 'जोर मादल घुन्न' सार्वजनिक (भिडियो सहित)

हिन्दु नेपाली चेलिको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा गीतहरु पनि धमाधम बजारमा आइरहेका छन् । अधिकांश गीतहरु आइसकेका छन् भने केहि आउने क्रममा छन् । तिजको गीतलाई लिएर कलाकारहरु माझ होडबाजी नै चलेको छ । यसैको भिडमा गायक हरि बहादुर काफ्ले मगरको तिज कोशेली ‘जोर मादल घुन्न’ सार्वजनिक भएको छ । मायाप्रेममा आधारीत उक्त गीतमा गायक मगरलाई गाउनको लागी गायिका अस्मिता राना मगरको रहेको…विस्तृत समाचार »

​माइतीमा आमाबाबुसँग चेलिले यसरी पोखे बेदना (भिडियो सहित)

हिन्दु नारीहरुको महान् चाड तिज आइपुग्नै लाग्दा लोकदोहोरी कलाकारलाई तिजकै चटारो छ । पछिल्लो समयमा गीतलाई नयाँपन दिने र मौलिक पाराका गीतहरु निकाल्ने होडबाजी नै चलेको छ । यसैको भिँडमा हाल मात्रै मौलिकपन बोकेको तिज गीत चेलिको बेदना सार्वजनिक भएको छ । चर्चित गीतकार तथा संगीतकार रमेश बिजीको शब्द संगीत रहेको उक्त गीतमा चेलिले पराई घरमा भोग्ने समस्यालाई मार्मिक तरीकाले प्रस्तुत गरीएको छ । आफ्नो…विस्तृत समाचार »

गायक ईश्वर पोखरेलले अष्ट्रेलियामा कसलाई भने माया गर्छु भनेर ? (भिडियो सहित)

गायक ईश्वर पोख्रेलको गीती एल्वम “उडान” मा रहेको गीत “माया गर्छु भनी देउन”को भिडियो सार्वजनिक भएको छ । उनले अष्ट्रेलियाबाटै उक्त गीतको रेकर्डिङ तथा छायाङ्कन गरेका हुन् ।  गत साल सेप्टेम्बेरमा एक सभ्य अनि भव्य कार्यक्रमका बिच गीती एल्वम ‘उडान‘को सिड्नी, अस्ट्रेलियामा बिमोचन गरिएको थियो । हालै मात्र सार्वनजिक भएको उक्त गीत मायाप्रेममा आधारीत पप गीत हो । जसमा प्रदिप चापागाईको शब्द, कल्याण  सिंहको संगीत…विस्तृत समाचार »

​तीज गीतमा शारदाको सारी फरर...

तीज नेपाली नारीहरुको निकै महत्वपूर्ण पर्व हो । यो पर्व धर्मसँग मात्र जोडिएको छैन । बरु अर्थतन्त्र र गीत संगीत र साहित्यसँग पनि यो पर्वको महत्व छ । तीजका लागि चुरापोते, रातो सारीको खरिदविक्री त हुन्छ नै । पुजा सामग्रीको व्यापारले पनि अर्थतन्त्रलाई चलायमान बनाइरहेको हुन्छ । अझ गीतसंगीतबिनाको तीज कल्पनाभन्दा बाहिरको कुरा हो । त्यसैले तीज सुरु हुनुभन्दा निकै पहिलाबाटै गीत संगीत क्षेत्र तीज…विस्तृत समाचार »

सेक्समा गल्ती गर्दा अभिनेतामाथि करोडौको जरिवाना

अमेरिकी अभिनेता अशरमाथि असुरक्षित सेक्स गरेको आरोपमा १.१ मिलियन डलर जरिवाना गरिएको छ । किनभने उनले सेक्स गरेपछि महिलालाई इन्फेक्सन भएको थियो । रेडार अनलाइनले अदालतबाट लिक भएको पेपर प्रकाशित गरेको छ । जसमा अमेरिकी गायकलाई २००९–१० मा छालासँग सम्बन्धित रोग रहेको दावी गरेको छ । पहिचान सार्वजनिक नगर्ने सर्तमा महिलाले भनेकी छन्–जाँचपछि थाहा भयो कि उनी सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्शन पीडित छन् । उक्त महिलाले…विस्तृत समाचार »

​टेलिसिरियल ‘हर्के हल्दार’ मेरो लागी सुटिङ होइन, परिवार होः आशा खड्का

नेपाली कलाकारीताको क्षेत्रमा आशा खड्काको कुनै बयान गरीराख्नु नपर्ला । नेपाली हाँस्य टेलिसिरियल ‘हर्के हल्दार’को 'सुकुमाया' पात्रबाट चर्चामा आएकी उनी टेलिसिरियलमा मात्र सिमित छैनिन् । कयौँ म्युजिक भिडियोमा समेत अभिनय गरीसकेकी छिन् । उनी रुपकी मात्र धनी होइन उनको डाइलग तथा टेलिसिरियलमा अभिनय गर्ने शैली पनि उत्तिकै राम्रो हुन्छ । हेनुहोस् न्यूजसेवाले उनीसँग गरेको कुराकानी । बाल्यकाल बाल्यकाल रमाइलो सँगै बित्यो । बाल्यकालमा म शान्त स्वभावको…विस्तृत समाचार »

महेन्द्र भण्डारी र देबि घर्तिको तिज कोशेली 'चरिले पिएर हो नि बरिलै' सार्वजनिक (भिडियो सहित)

चर्चित सञ्चारकर्मी तथा लोकदोहोरी गायक महेन्द्र भण्डारीको यस बर्षको तिजकोशेली 'चरीले पिएर हो नि बरिलै' सार्वजनिक भएको छ ।मौलिकताले भरीएको यस तिज गीतमा उनलाई गायिका देबि घर्तिको साथ रहेको छ । आकाश रजाली र अर्जुन बस्याल को शब्द रहेको उक्त तिज गीतमा लय महेन्द्र भण्डारी ले भरेका छन् । गीतको बजार ब्यवस्थापन शिव दर्सन डिजिटल ले गरेको छ । साथै उक्त गीतमा चर्चित मोडल सुमन थापा मगर…विस्तृत समाचार »

​बेबी डल सनी लियोन आमा बनिन्

बलिउड अभिनेत्री सनी लियोन र उनको श्रीमानको परिवार बढेको छ । उनको जीवनमा एक बच्चीको आगमन भएको छ । सनी लियोनले एक छोरीलाई धर्मपुत्री बनाएकी छिन् । उनले महाराष्ट्रको लातुरकी निशा कौर वेबरलाई आफ्नो धर्मपुत्री बनाएकी छिन् । हालै आमा बन्ने कुरालाई लिएर सनी लियोनले आफ्नो मनको कुरा बताएकी छिन् । जब सनीलाई उनको परिवार बढाउने प्रश्न गरिएको थियो तब उनले आफुले बच्चा चाहाने तर…विस्तृत समाचार »

सार्बजनिक भयो छक्का पञ्जा २ को गित (भिडियोसहित)

छक्का पञ्जा २ फिल्मको गित सार्बजनिक भएको छ । आमा सरस्वती गितादेवी फिल्मस्को ब्यानरमा दिपक राज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको छक्का पञ्जा २ को गित सार्बजनिक भएको हो । यो ब्यानरले बनाएका अघिल्ला हिट फिल्म ‘छक्का पन्जा, छ एकान छ’, ‘वडा नम्बर ६’ जस्सा सफल चलचित्र बनाएका थिए । छक्का पञ्जा २ मा पनि दिपाश्री निरौलाकै निर्देशन रहेको छ । छक्का पञ्जा सुपरहिट…विस्तृत समाचार »

ruslann

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​जिसस सुनसरीको संयोजकमा नेपाली काँग्रेस विजयी

५ भदौ, सुनसरी । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गोपालराज भण्डारी विजयी भएका छन् । काँग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संयुक्त उम्मेदवारका रुपमा रहेका भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपसंयोजकमा लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएकी कृष्णकुमारी विक विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

संविधान संशोधन फेल हुने लगभग निश्चित्, पार्टी फुटको बदला लिन राप्रपाले विपक्षमा मतदान गर्ने

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै संशोधन प्रस्ताव फेल हुने लगभग निश्चित् भएको छ । यसअघि संशोधन विधेयकमा नैतिक सहमति जनाइसकेको राप्रपा अहिले आएर पछि हटेको हो ।राप्रपाले संशोधन विधेयकले विपक्ष उभिनेमा निर्णय लिनुको कारण यसले मधेसको समस्या समाधान

रामचन्द्र झा पुन: माओवादी केन्द्रमा

४ भदौ, काठमाडौं । नयाँ शक्ति नेपाल परित्याग गरेका रामचन्द्र झा र रामकुमार शर्मा पुनः माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजधानीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झा र शर्मालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका छन् ।

अन्तर्राष्ट्रिय

​अमेरिका चीनबीच बौद्धिक सम्पत्ति विवाद

३ भदौ, एजेन्सी । अमेरिकाले चीन विरुद्ध बौद्धिक चोरी गरेको आरोपमाथि औपचारिक अनुसन्धान शुरु गरेको छ। राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही समयपछि ट्रम्प प्रशासनले चिनियाँ व्यापार प्रचलनमाथि गरेको यो पहिलो प्रत्यक्ष कारवाही हो । वाशिङटनले बेइजिङलाई बृहत् चिनियाँ बजारमा व्यापार गर्न पाउनुको मूल्यमा प्राविधिक सूचना उपलब्ध गराउन अमेरिकीहरुलाई बाध्य पार्ने गरेको आरोप लगाउँछ ।

​सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षा गरौँः महासचिव गुटेर्रेस

३ भदौ, काठमाडौ ।  संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएका छन् । उनले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो भएको बताएका छन् ।  

​अमेरिकी राष्ट्रपतिद्वारा रणनीतिक सल्लाहकार टिमका प्रमुख बर्खास्त

भदौ ३, वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेननलाई बर्खास्त गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेननलाई राष्ट्रपतिले बर्खास्त गरेको पुष्टि गरेकी छन् ।बेनन शुक्रबार अन्तिम पटक कार्यालय गएका थिए । 

विचार / ब्लग

राप्रपा विभाजन : दुई दिनको पिरती टुट्यो बरिलै...

जनआन्दोलनको सफलतापछि बनेको पहिलो संविधान सभामा अस्तित्व जोगाएका कमल थापाले दोस्रो संविधानसभामा भने अभूतपूर्व सफलता हासिल गर्दै चौंथो ठूलो पार्टी बन्न सफल भए । स्पष्ट वक्ता र कुटिल राजनीतिका खेलाडी थापा अहिले भने आफ्नै सहकर्मीहरुबाट खेदिएका छन् ।

मनकामनाका होटल कविहरू : खानाभन्दा कविता मिठो !

शुक्रबार नै काठमाडौंबाट गएर कुरिनटारमा बसियो । सपरिवार थियौं, पाँच जना । यो अघिल्लो शुक्रबार (साउन ७ गते)को प्रसंग हो । छोरी जन्मिँदा, अन्तिम क्षणमा मनकामना माईलाई स्मरण गरेकी थिएँ । त्यसैले, मेरै जोडमा यो यात्रा भएको थियो । र मेरा लागि यो नै मनकामनाको पहिलो यात्रा थियो । शनिबार बिहान झिसमिसेमै उठेर नुहाइधुवाई गरियो । कुरिनटारमै पूजाका सरदम तयार पारियो । मुखमा पानीसमेत हालिएको थिएन । अनि, केबलकारको पहिलो लटमै मनकामना मन्दिरका लागि हाम्रो यात्रा सुरु भयो ।

समृद्ध लुम्बिनीका लागि समृद्ध बुद्ध सर्किट

नेपाल भ्रमणमा आएकी फ्रेन्च महिला पर्यटक मोनिक्यू बुद्धजन्मभूमि लुम्बिनी पुगेपछि नेपाली टुर गाईडसँग भनेकी थिइन, ‘तिमीहरु त हरेक दिन लक्की रहेछौं ।’ स्तन क्यान्सरबाट पीडित ती पर्यटक कमजोर स्वास्थ्य अवस्थाका बावजुद पनि नेपाल भ्रमणमा आएकी थिइन । उनको चाहना मृत्यु अघि शान्ति भूमिमा पुग्नु थियो । ट्रेकिङका लागि सातपटक नेपाल आइसकेकी ति पर्यटकको आठौं पटकको चाहना लुम्बिनी भ्रमण रहेको थियो ।
Top