syangyong

स्वास्थ्य / जीवनशैली

नेपालमा फेरि देखियो स्वाइन फ्लु, ५ जनामा संक्रमण

२९, मंसिर काठमाडौँ ।   चिसो बढेसँगै फेरि  स्वाइन फ्लुको संक्रमण देखिन थालेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार एक सातायता ५ जनामा स्वाइन फ्लुको संक्रमण देखिएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचारका लागि आएकामध्ये अधिकांश रोगी रुघाखोकीबाछ ग्रसित छन् । राजधानीमा स्वाइन फ्लु संक्रमण भएका एक व्यक्तिको भारतस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ।   यो संक्रमणले सामान्य स्वस्थ व्यक्तिलाई खासै फरक…विस्तृत समाचार »

यस कारण आउँछ डन्डीफोर, यस्ता छन् समाधानका उपाय

२८, मंसिर काठमाडौँ ।  धेरै युवायुवतीलाई डन्डीफोरको समस्याले हैरानी खेप्नु परेको छ । डन्डीफोरले कतिपयको अनुहास समेत बिगार्ने गरेको छ । मानिसको रुपको राजा मानिने मुहामै डन्डीफोर आएपछि चिन्ता मान्नु पनि स्वाभाविकै हो ।  डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो  । तर डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहार समेत बिग्रने गरेको छ । चिकित्सकका अनुसार मानिसको शरीरमा हुने रौँको फेदमा…विस्तृत समाचार »

विरामिको विचल्ली,सिटामोल समेत पाइन छाड्यो

,२३ मङ्सिर दोलखा। भारतले गरेको नाकाबन्दीका कारण दोलखाका स्वास्थ्य संस्थामा सीटामोलको समेत चरम अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार हाल जिल्लामा सिटामोल सिरफ र झाडापखाला निको पार्नका लागि प्रयोग हुने मेट्रो ट्याब्लेटसमेत छैन । कार्यालयका अनुसार अन्य औषधि भने पन्ध्र दिनसम्मका लागि मात्र मौजात छ । सरकारले वितरण गरिरहेको ४० प्रकारको निःशुल्क औषधिमध्ये पारासिटामोल र मेन्ट्रोनिराजोल ट्याब्लेट भने सकिएको छ । तत्काल…विस्तृत समाचार »

स्वास्थ्य चौकीमा तालाबन्दी, बिरामी मर्कामा

 २२ मङ्सिर, रुपन्देही । रुपन्देहीको मोतिपुर स्वास्थ्य चौकीमा कार्यरत एक अनमिलाई सरुवा गरिएको विषयमा विवाद भई लगाइएको ताला नखुल्दा बिरामीहरु मर्कामा परेका छन् । चौकीमा कार्यरत अनमि गीता थापा क्षेत्रीको सरुवालाई बदर गर्न माग गर्दै पाँच दल र केही स्थानीयवासीले गत मङ्गलबारदेखि तालबान्दी गरेर स्वास्थ्यचौकीको सेवा रोकिएका हुन् । चौकी प्रमुख विश्वबन्धु विनयले स्थानीयवासीले तालाबन्दी गरिदिँदा बिरामीको सेवा रोकिएको बताउनुभयोे । तालाबन्दीका कारण उक्त क्षेत्रका…विस्तृत समाचार »

सुत्केरीलाई आवश्यक पर्ने दुई हजार थान सुई सहयोग

१८ मङ्सिर, भैरहवा। सुत्केरी सेवामा अतिआवश्यक औषधि अक्सिटोसिन सुई ९इन्जेक्सन० को सङ्कट सृजना भएपछि एक गैरसरकारी संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीलाई दुई हजार थान सूई उपलब्ध गराएको छ । बन्द–हडतालका कारण अन्य क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रमा पनि समस्या सृजना भएपछि महिला तथा बालबालिका क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था नमुना एकीकृत विकास परियोजनाले शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीलाई उक्त औषधि हस्तान्तरण गरेको हो । प्रसूतिका समयमा सुत्केरी…विस्तृत समाचार »

एक हप्तामा सबै अस्पतालमा औषधि आइपुग्ने

२, मंसिर काठमाडौँ ।  भारतको नाकाबन्दीले औषधी नपाएर विरामीले अकालमै ज्यान गुमाइरहेका बेला  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक हप्ताभित्रै सबै औषधी उपलव्ध हुने बताएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले एक हप्ताभित्रै अभाव भएका सबै खाले औषधि अस्पतालमा आइपुग्ने बताएका हुन् । औषधिको अभाव हुन नदिन सबै सप्लायर्स र टेन्डरदातालाई निर्देशन दिइसकेको र एक हप्ताभित्र औषधि उपलब्ध नगराए उनीको वोलपत्र खारेज गर्ने स्वाथ्य…विस्तृत समाचार »

ज्यान जाला, त्यसैले यी खानेकुरा मिसाएर कहिल्यै नखानुस्

यहाँ  मिसाएर खानै नहुनेखानेकुराको चर्चा गरिएको छ । यी  खानेकुरा मिसाएर खाँदा घातक परिणाम आउन सक्छ । दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानु हुँदैन ।   घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि लिनु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि घातक मानिन्छ ।   दुधसँग दही, नून,…विस्तृत समाचार »

मधुमेहका बिरामीलाई सिएमसीमा निःशुल्क स्वास्थ्य सेवा

२८, कात्तिक चितवन  । विश्व मधुमेह दिवस २०१५ को अबसरमा स्वास्थ्य जीवन र मधुमेह भन्ने नाराका  चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मधुमेह समाज चितवनको संयूक्त आयोजनामा मधुमेहका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।  स्वास्थ्य परिक्षणका क्रममा करिव २३० जना बिरामी प्रत्यक्ष लाभान्वित भएको चितवन मेडिकल कलेजले जनाएको छ  । कार्यक्रममा  चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपाने  र मधुमेह समाजका सचिव…विस्तृत समाचार »

चुरोट पिउनुहुन्छ ? त्यसोभए यसो गर्नुस्.....

चुरोट पिउने अधिकांश व्यक्तिको भनाइ एउटै हुन्छ, छोड्न त मन लाग्छ, तर छोड्न सकिँदैन । चुरोट छोड्न नसक्नको कारण अथवा छाड्न निकै गाह्रो हुनुको एउटै कारण हो हामी चुरोट खान छोड्नु लाइ भित्रै आत्मा देखि नै गाह्रो हुने महसुस गर्छौ र बिभिन्न वाहानामा आफुले चुरोट छोड्न नसक्ने वताउछौ । अझ भनै हामी यसो भन्छौ म यस कारण चुरोट छोड्न सक्दिन जस्तै चुरोट खाने साथिहरू सँग…विस्तृत समाचार »

गाईको दुध खानुस क्यान्सर जस्ता रोगबाट बच्नुस

२६, कात्तिक काठमाडौँ ।  हिन्दु धर्ममा गाईलाई भगवानको रुपमा लिइन्छ । त्यसैले हरेक शुभकार्यमा गाइको दुध, दही र गहुँत प्रयोग गरिन्छ । हिन्दुहरुले गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मान्ने कारण अहिले बैज्ञानिकले नै प्रमाणित गरिदिएका छन् ।  स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।  अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक…विस्तृत समाचार »

Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​चिकित्सा शिक्षा विधेयकमा राय लिइँदै

३ भदौ, काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले उक्त विधेयकका सम्बन्धमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारभएकाहरूसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिएका

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top