syangyong
cg

अन्तर्राष्ट्रिय

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो। राष्ट्रपति मैत्रीपाला  सिरिसेनाले नियुक्त गरेका राजापाक्षेलाई बुधबार संसदले अविश्वासको मत दिएको थियो ।  संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले…विस्तृत समाचार »

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।  मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा…विस्तृत समाचार »

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् । यसअघि मंगलबार श्रीलंकाको सर्वोच्च अदालतले संसद भंग गर्ने राष्ट्रपतिको निर्णय उल्ट्याएको थियो । त्यसपछि राजपाक्षेले संसदमा विश्वासको मत लिनु परेको हो ।…विस्तृत समाचार »

​अमेरिका–जापान व्यापार सम्झौता “नमुना” हुन्छ –अमेरिकी उपराष्ट्रपति पेन्स

२८ कात्तिक, टोकियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताएका छन् ।  जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै उपराष्ट्रपति पेन्सले जापानसँग अमेरिकी व्यापार असन्तुलित किसिमको रहेको वासिङ्टनको धारणा रहेको दोहो¥याएका हुन् ।  “संयुक्तराज्य अमेरिकाको जापानसँग लामो समयदेखि व्यापार असन्तुलन रहिआएको छ । अमेरिकी उत्पादन र सेवालाई जापानी बजारमा स्वच्छ प्रतिस्पर्धा गर्न कठिन भइरहेको…विस्तृत समाचार »

राष्ट्रपतिको निर्णयमा श्रीलंकाको सर्वोच्च अदालतको रोक

कोलम्बो । श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक लगाइदिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेकोमा सर्वोच्च अदालतले त्यसलाई तत्कालका लागि रोक लगाएको हो । अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुने गरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश नलिन परेराको नेतृत्वमा भएको तीन सदस्यीय इजलासले आगामी डिसेम्बर ७ सम्म राष्ट्रपतिको…विस्तृत समाचार »

​खसोग्गीको हत्याबारे आएको फ्रान्सेली विज्ञप्ति ‘अस्वीकार्य’ : टर्की

२६ कात्तिक, टर्की । पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणमा आफ्ना राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘राजनीतिक खेल’ खेलेको भनी फ्रान्सका विदेशमन्त्री जाँ एभेस ले ड्रियनले लगाएको आरोप स्वीकार्य नहुने टर्कीले सोमबार जनाएको छ ।  “हामीले साउदी अरबका नागरिक तथा अमेरिकी समाचार संस्था ‘वासिङ्टन पोष्ट’ का स्तम्भकार खसोग्गीको हत्या प्रकरणमा टर्कीका राष्ट्रपतिले ‘राजनीतिक नाटक मञ्चन’ गरेको भनी विदेशमन्त्री एभेसले लगाएको आरोप आफुहरूलाई कदापि स्वीकार्य नहुने,” टर्कीको राष्ट्रपती…विस्तृत समाचार »

भारतमा राष्ट्रवादको बढ्दो लहरमा झुटा समाचारको बिगबिगी

२६ कार्तिक, काठमाडौं । भारतमा राष्ट्रवादको बढ्दो लहरले आममानिसलाई झुट्टा समाचार फैलाउन हौस्याउने भूमिका निर्वाह गरिरहेको अनुसन्धानले देखाएको छ । बीबीसीले गरेको एउटा अनुसन्धानले यस्तो तथ्य देखाएको बीबीसीले जनाएको छ ।  राष्ट्रिय पहिचानलाई बढावा दिनका निम्ति कतिपय मानिसका लागि तथ्यभन्दा भावनात्मक कुरा बढी महत्त्वपूर्ण हुने गरेको सो अनुसन्धानले जनाएको छ। सामाजिक सञ्जालका विज्ञहरूका अनुसार दक्षिणपन्थीहरूको सञ्जाल वामपन्थीहरूको भन्दा अझ बढी सङ्गठित देखिन्छ र त्यसले राष्ट्रवादसँग…विस्तृत समाचार »

टर्कीले दियो खशोग्जीको हत्या प्रकरणसँग जोडिएको श्रव्य सामग्री

टर्की । टर्कीमा रहेको साउदी अरबको महावाणिज्य दूतावासमा भएको साउदीका पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणसँग जोडिएको श्रव्य सामग्री अमेरिका, बेलायत र साउदी अरबलाई दिएको टर्कीले जनाएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टेलिभिजनमार्फत् प्रसारित सम्बोधनमा पत्रकार खशोग्जीको हत्यासँग जोडिएको श्रव्य सामग्री अमेरिका सहितका मुलुकलाई उपलब्ध गराएको बताएका हुन् । पत्रकार खशोग्गीको हत्या कसले गरेको भन्नेबारे साउदी सरकारलाई राम्रोसँग जानकारी भएको दाबीसमेत गरिएको छ ।…विस्तृत समाचार »

श्रीलङ्का संकट : राष्ट्रपति सिरिसेनाले गरिदिए संसद भङ्ग

प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन्। स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग भएसँगै ज्यानुअरी ५ मा त्यहाँ आमचुनाव हुनेछ। यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ। बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ।  विक्रमसिङ्गलाई हटाएर उनको ठाउँमा राजापक्षलाई ल्याउने राष्ट्रपतिको प्रयासपछि त्यहाँ उत्पन्न राजनीतिक सङ्कटमा…विस्तृत समाचार »

डेमोक्र्याटहरुसँग मिलेर काम गर्न तयार छुः ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटहरुसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् । अमेरिकी मध्यावधी निर्वाचनमा संसदको तल्लो सदनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत गुमेपछि राष्ट्रपति ट्रम्पले डेमोक्र्याट्सहरुसँग मिलेर काम गर्ने अभिव्यक्ति दिएका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै  यो निर्वाचनको परिणामले आफूमाथि दबाब बढेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत मंगलबार भएको निर्वाचनमा बहुमतका लागि २ सय…विस्तृत समाचार »

Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

अन्तर्राष्ट्रिय

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top