अन्तर्राष्ट्रिय

कोरोनाभाइरस फैलिन नदिन भारतका २२ राज्यमा लकडाउन

१० चैत, काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा लकडाउन गरिएको छ । मार्च महिनाको अन्त्यसम्मका लागि भारत सरकारले २२ राज्यमा लकडाउन गरेको हो ।   राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागु भएको छ । उक्त अवधिमा अत्यावश्यक सेवाहरू बाहेक सबै बन्द रहेन छन् । यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म जनता कर्फ्यूु लागु गरिएको थियो। आइतवार साँझ भारत…विस्तृत समाचार »

कोरोनाबाट साढे १४ हजारले ज्यान गुमाए, २४ घन्टामा १६ सय बढीको मृत्यु

१० चैत, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ। सोमबार बिहान सम्म कोरोनाबाट विश्वभर १४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा ६ सय ५१ जनाको मृत्यु भएको छ। यस्तै गएको २४ घन्टामा स्पेनमा ३७५, अमेरिकामा ११७, इरानमा १२९, फ्रान्समा ११२, युकेमा ४८, नेदरल्याण्डमा ४३, स्वीटजरल्यान्डमा १८, इन्डोनेसियामा १०,…विस्तृत समाचार »

जर्मनीमा दुई जनाभन्दा धेरै मानिस जम्मा हुन नपाइने

१० चैत, काठमाडौँ । कोरोनाभाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ ।  जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको हो । जर्मनीमा केशशृङ्गार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द भएका छन् । बिबिसीका अनुसार  अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए।…विस्तृत समाचार »

निर्भया सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड

७ चैत, काठमाडौँ । निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । भारतीय समाचार एजेन्सीका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार…विस्तृत समाचार »

इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार नाघ्यो

६ चैत, काठमाडौँ । इटलीमा कोरोनाभाइरसका कारण एकै दिनमा ४ सय ७५ जनाको मृत्यु भएको छ। यो सङ्ख्या देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो। इटलीमा थप ४७५ जनाको ज्यान गएपछि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ।इटालीमा आवतजावत प्रतिबन्ध लगाइएको छ । आन्तरिक मन्त्रालयका अनुसार मङ्गलवार जरुरी कामबिना बाहिर रहेका ८,००० मानिस समातिएका थिए। निषेधाज्ञा अटेर गर्नेलाई जरिवाना वा तीन…विस्तृत समाचार »

कोरोनाले इटालीमा एकै दिन ३ सय ४९ जनाको ज्यान लियो

४ चैत, काठमाडौँ । महामारीका रुपमा फैलिएका कोरोना भाइसको संक्रमण १६२ देशमा फैलिएको छ। तीव्ररुपमा फैलिएको कोरोनकाका कारण इटालीमा विगत २४ घण्टामा ३ सय ४९ जनाको ज्यान गएको छ। कोरोनाका कारण थप ३ हजार २ सय ३३ जना थपिएका छन्। इटालीमा कोरोना सक्रमणका कारण २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ। कोरोनाका कारण विश्वभरबाट ७ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन्।…विस्तृत समाचार »

महामारी कोरोनाः इटली, स्पेन र फ्रान्समा एकैदिन ५०१ को मृत्यु

३ चैत, काठमाडौँ । युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ ।  इटलीमा मात्र आइतबार ३ सय ६८ कोरोना संक्रमतिको ज्यान गएको छ । योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । आइतबारै ३ हजार ५ सय ९० नयाँ बिरामी थपिएका छन् । यहाँको कुल…विस्तृत समाचार »

कोरोना संक्रमित चीनमा भन्दा इटलीमा धेरै

२ चैत, काठमाडौं । चीनबाट सुरु भएको नोवल कोरोना (कोभिड–१९) संक्रमित सबैभन्दा बढी इटलीमा देखिएको छ । पछिल्लो तथ्यांक अनुसार, इटलीमा १७ हजार ७५० संक्रमित छन् । जबकि, चीनमा १० हजार ७ सय ७३ मात्रै संक्रमित छन् । चीनमा स्वास्थ्यलाभ गर्ने दर अत्यधिक भएपछि संक्रमितको संख्या घटेको हो । चीनमा कुल ८० हजार ८४४ संक्रमितमध्ये ६६ हजार ९१२ जना निको भइसकेका छन् । पछिल्लो २४…विस्तृत समाचार »

राष्ट्रपति ट्रम्पलाई कोरोनाको परीक्षण आवश्यक छैनः ह्वाइट हाउस

१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको परीक्षण आवश्यक नभएको ह्वाइट हाउसले जनाएको छ। सीएनएनका अनुसार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका चिकित्सकहरुले ट्रम्पले क्वारेन्टाइनमा बस्न नपर्ने र उनलाई कोरोना परीक्षणको आवश्यकता नभएको बताएका हुन्। अमेरिका भ्रमणमा रहेका ब्राजिलका तीन प्रतिनिधिलाई कोरोना संक्रमणको पुष्टि भएको छ। तीमध्ये एक प्रतिनिधिले ट्रम्पसँग गत शनिबार भेटवार्ता गरेका थिए। उनीहरुलेसँगै खाना खाएका थिए। यसबीचमा ट्रम्पलाई कोरोनाको संक्रमण नभएको…विस्तृत समाचार »

क्यानडाका प्रधानमन्त्रीको पत्नीलाई कोरोना भाइरस, प्रधानमन्त्री पनि क्वारेन्टिनमा

३० फागुन, काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमणपछि पत्नीसँगै प्रधानमन्त्री पनि आइसोलेसनमा रहने भएका छन् । पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि क्वारेन्टिनमा बस्न थालेका छन्। कोरोना भाइरसका कुनै लक्षण नदेखिएको भए पनि सुरक्षात्मक सावधानीलाई ध्यानमा राख्दै उनी १४ दिनका लागि क्वारेन्टाइन बसेका हुन्। कुनै प्रकारको लक्षण नदेखिएकाले तत्कालका लागि…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top