अन्तर्राष्ट्रिय

कोरोना भाइरसले लियो भारतमा पनि एक व्यक्तिको ज्यान

३० फागुन, काठमाडौँ ।  कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको मृत्यु भएको छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । कोरोनाको कारण भारतमा पहिलो व्यक्तिको ज्यान गएको हो । भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । यसैबीच इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । इटलीमा १५ हजार एक…विस्तृत समाचार »

भारतले पनि रद्द गर्‍यो सबै पर्यटक भिसा, सात देशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने

२९ फागुन, काठमाडौं । भारत सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो । राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसाबाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो । ओसीआई कार्ड भएका (प्रवासी भारतीय…विस्तृत समाचार »

कुवेतको सम्पूर्ण हवाई सेवा बन्द, कामदारलाई २ साता छुट्टी, भेला हुन प्रतिबन्ध

२९ फागुन, काठमाडौं । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् । यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान…विस्तृत समाचार »

विश्वव्यापी महामारी कोरोना, अमेरिकामा प्रतिबन्ध, कुवेतमा हवाई बन्द

२९ फागुन, काठमाडौँ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । डब्लुएचओले यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको छ। अहिलेसम्म कोरोनाको संक्रमण विश्वभरका १०० भन्दा धेरै देशहरुमा फैलिइसकेको छ । त्यस्तै, चार हजारभन्दा धेरै मानिसको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या एक लाख १ लाख १५ हजार…विस्तृत समाचार »

कोरोना महामारी : युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध

२९ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्रतिवन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गरेका हुन् । बुधबार टेलिभिजन सम्बोधनमार्फत् ट्रम्पले भने,  ‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं ।’ एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुने ट्रम्पले बताए ।कोरोनाबाट…विस्तृत समाचार »

बेलायतमा स्वास्थ्यमन्त्रीलाई नै कोरोनाभाइरस संक्रमण

२८ फागुन काठमाडौ । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ।  कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी ६२ वर्षीया स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन्।भाइरसको संक्रमणपछि अहिले उनी आफ्नै घरको आइसोलेसनमा बसेको बीबीसीले जनाएको छ।आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा बसेकी हुन्।अहिलेसम्म कोरोना संक्रमणका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ।भर्खंरै मात्र एक ८० वर्षीय वृद्धको मृत्यु भएको थियो। ३ सय ८२ जनामा…विस्तृत समाचार »

भारतको मध्यप्रदेश सरकार संकटमा, २० मन्त्रीद्वारा राजीनामा

भारतको मध्यप्रदेशको कमलनाथ सरकारका लागि आज (मंगलबार)को दिन निकै महत्वपूर्ण हुने छ । सोमबार साँझदेखि राजधानी भोपालमा राजनीतिक सरगर्मी बढेको छ र यो स्पष्ट भएको छ कि ज्योतिरादित्य सिंधिया सरकारसँग रुष्ट छन् ।अवेर राति कमलनाथद्वारा बोलाइएको क्याबिनेट बैठकमा २० मन्त्रीले राजीनामा बुझाएका छन् । यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो । राजीनामा दिएका सबै भन्त्रीहरु कमलनाथ पक्षका हुन् । सोमबार दिउँसोदेखि…विस्तृत समाचार »

​नेपालसहित १४ देशका नागरिकलाई कतारले लगायो प्रतिबन्ध, साउदीले ९ देशलाई

२६ फागुन, काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई सोमबारदेखि नै लागु हुनेगरी आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ। त्यहाँको सरकारले तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन आइतबार त्यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ। उसले चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको हो।…विस्तृत समाचार »

इटालीमा कोभिड–१९ बाट एकैदिन ४१ को मृत्यु, हालसम्म मृतकको संख्या १४८ पुग्यो

२३ फागुन, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)बाट इटालीमा बिहीबार मात्रै ४१ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो। संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएक छन्। इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ। संक्रमणसँग जुध्न…विस्तृत समाचार »

टर्कीको संसद बैठकमा तोडफोड, बैठक कक्षमै कुर्सी प्रहार

२२ फागुन, एजेन्सी । टर्कीको संसदमा तोडफोड भएको छ । राष्ट्रपति रेसेर तैयिप एर्दोगानले सिरियामा मारिएका टर्कीका सेनाको अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै सांसदहरुबीच हात हालाहाल भएको हो । आक्रोसित सांसदहरुले बैठक कक्षमा कुर्सी प्रहार गरेका थिए ।  विपक्षी दलले गत हप्ता सिरियाको इडलिबमा मरिएका सैनिकको अपमान गर्ने अभिव्यक्ति दिएको आरोप लगाएको छ । आफ्नो पार्टीका सदस्यहरुलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति एर्दोगानले यसअघि सिरियाको उत्तरपश्चिम…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top