HIMALAYAN HYDRO
nlic

अन्तर्राष्ट्रिय

२९ जना सशस्त्र आतङ्ककारी मारिए

काबुल, २८ मङ्सिर । अफगान प्रहरीका एक समूहले गत २४ घण्टाभित्र शृङ्खलाबद्ध रुपमा गरेको कारबाहीको क्रममा १० सशस्त्र तालिवान आतङ्ककारी मारिएको अफगान गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो कारबाहीमा अफगान सेनाको पनि सहयोग रहेका जनाइएको छ । अफगानिस्तानको कुन्दुन्ज, फर्याब कान्दाहार ओरुजगान, पाक्टिका र हेलमान्ड प्रान्तमा जारी कारबाहीमा ती आतङ्ककारीहरु मारिएको जनाइएको छ । यस कारबाहीको क्रममा अफगान प्रहरीको सो समूहले हातहतियारहरु कब्जा गरेको…विस्तृत समाचार »

फिलिपिन्समा शक्तिशाली आधीको खतरा, सातलाख भन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारियो

मनिला, २८ मङ्सिर । फिलिपिन्समा शक्तिशाली आधी आउने खतरा बढेको जनाइएको छ । सो आधीको त्रासका कारण सात लाख भन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताइएको छ ।मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । दुई दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ । मेलर नामको सो आधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका वासिन्दामा…विस्तृत समाचार »

नेपाल सरकारलाई हत्यारा भन्दै अमेरिकामा प्रर्दशन

२८, मंसिर अमेरिका ।  अमेरिकामा रहेका मधेशी समुदायले नेपाल सरकारको विरोध गदै प्रर्दशन गरेका छन् । मधेश आन्दोलनमा सरकार पक्षद्धारा  ब्यापक दमन गरिएको भन्दै उनिहरुले विरोध जनाएका हुन् । मधेशी समुदायले संयुक्त राष्ट्र संघको भवन अगाडि विरोध प्रदर्शन गरेका हुन । एसोसिएसन अफ नेपाली तराइन इन अमेरिका  न्यू योर्क च्यापटरको प्रमुख आयोजनामा भएको विरोध कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा रहेका मधेशीहरुको  सहभागिता थियो ।   विस्तृत समाचार »

फिलिपिन्समा शक्तिशाली आँधीको खतरा

२८, मंसिर मनिला ।  फिलिपिन्समा शक्तिशाली आँधी आउने खतरा बढेको छ ।  आँधीको त्रासका कारण सात लाख भन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको  छ ।  मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । दुई दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।  मेलर नामको सो आँधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका वासिन्दामा त्रास छाएको…विस्तृत समाचार »

जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौता गर्दै पेरिस सम्मेलन सम्पन्न

पेरिस, २७ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौता जारी गर्दै फ्रान्सको राजधानी पेरिसमा गत दुई हप्तादेखि जारी विश्व जलवायु परिवर्तनसम्बन्धी सम्मेलन सम्पन्न भएको छ ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी फ्रेमवर्कमा आवद्ध विश्वका १९६ देशका सदस्य राष्ट्रहरुको सर्वसम्मतिमा सो सम्झौता जारी गरिएको समाचारमा जनाइएको छ ।  फ्रान्सद्वारा जारी कोप२१ सो सम्मेलनमा दुई हप्तासम्ममा विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्नेसम्बन्धी विधिहरु अपनाउनेसम्बन्धी विषयलाई सो सम्झौतामा राख्ने विषयमा व्यापक…विस्तृत समाचार »

‘जवाफ तालिवानसँग होइन, सरकरसँग खोजिरहेका छौँ’

 २७ मङ्सिर । पाकिस्तानको पेसारवरमा तालिवानको आक्रमणबाट मारिएका साना नानीबाबुहरुका आमाबुबाले त्यस आतङ्ककारी आक्रमणबारेको जवाफ तालिवानसँग खोजिरहेका छैनन् ।  उनीहरुको आक्रोस तालिवानहरुसँग हुनु त स्वाभाविकै हो तर पनि त्यो भन्दा पनि बढी उनीहरुले सरकारले दिएका वाचा पूरा नगरेकोले सरकारसँग बढी असन्तुष्ट भएका हुन् ।  पाकिस्तानको सो सहरमा पाकिस्तानी सैनिकले सञ्चालन गरिरहेको एक विद्यालयमा गत वर्षको नोभेम्बर १६ मा पाकिस्तानी तालिवानले गरेको हमलामा १३० जनाभन्दा बढी…विस्तृत समाचार »

प्रधानमन्त्रीको कुकुरले मन्त्रीलाई टोकेपछि

२७ मंसिर, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कुकुरले पाहुनाहरुलाई टोक्न थालेपछि कानुन अनुसार कुकुरलाई सजाय दिइएको छ । सो कुकुरलाई १० दिनसम्म निगरानीमा राखिने भएको छ । उक्त कुकुरले मन्त्री र सांसदहरुलाई समेत टोकेपछि कानुनअनुसार १० दिनका लागि नजरबन्दमा राखिएको हो । प्रधानमन्त्री नेतन्याहुले आफ्नो कुकुरलाई निगरानीमा राखिएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नचाहँदा नचाहँदै पनि १० वर्षीय कुकुर हामीले सुम्पिएका…विस्तृत समाचार »

अमेरिकी अदालतद्धारा मोदीको भिषा रेकर्ड माग, यस्तो छ कारण

२७, मंसिर न्युयोर्क ।  अमेरिकाको एक  अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिषा रेकर्ड  २०१६ फेब्रुअरीसम्म पेश गरिसक्न आदेश दिएको छ। अमेरिका प्रवेशमा रोक लगाउने प्रतिबन्ध फुकुवा गर्ने ओबामा प्रशासनको दस्तावेजसँगै उनको भिषा रेकर्ड  माग गरिएको हो ।  न्युयोर्ककको दक्षिणी जिल्लाका न्यायाधीश जोन कोएल्टलले विदेश विभागलाई मध्य जनवरीसम्म प्रारम्भिक दस्तावेज पेश गर्न आदेश दिएका छन् ।  न्यायाधीश कोएल्टलले यो मुद्दामा अर्को सुनुवाई फेब्रुअरी २९ तारिकमा हुने…विस्तृत समाचार »

साउदी अरेबियाको निर्वाचन, मक्काको नगर परिषदमा महिला उम्मेदवार बिजयी

२७ मङ्सिर । साउदी अरेबियामा शनिबार सम्पन्न भएको नगर परिषदको निर्वाचनअन्तर्गत मक्काको नगरपरिषदमा महिला विजयी भएको समाचार छ । मुस्लिम समुदायका नागरिकहरुको सुप्रसिद्ध धामका रुपमा रहेको मक्का मदिना रहेको मद्रकाह नगर परिषदमा महिला बिजयी भएको आइतबार बिहान प्राप्त समाचारमा जनाइएको छ । सो पवित्र नगर मानिएको मद्रकाहको परिषदमा सल्मा बिन्त हिजब अल ओतेइबी बिजयी हुनुभएको समाचारमा जनाइएको हो । प्रमुख निर्वाचन आयुक्त ओसामा अल बारलाई…विस्तृत समाचार »

अस्पतालमा आगलागी हुदा २१ विरामीको मृत्यु

 २७ मङ्सिर । रसियाको एक अस्पतालमा आइतबार बिहान सबेरै भएको आगलागीमा परी कम्तीमा पनि २१ जनाको ज्यान गएको बताइएको छ । दक्षिणपश्चिमी रसियाको भोरोनेज क्षेत्रमा रहेको एक मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा सो आगलागी भएको प्राप्त समाचारमा जनाइएको छ । रसियाको आपतकालीन सेवासम्बन्धी मन्त्रालयले जनाएअनुसार उक्त अस्पतालको एक भवनमा बिहान अकस्मात आगोको मुश्लो देखिएको थियो र त्यहाँबाट उद्वार गरी केही व्यक्तिलाई त्यहाँबाट निकालिएको थियो ।…विस्तृत समाचार »

Ruslan

machha bank

ime

राजनीति

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला

२ माघ, काठमाडौं । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् । गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको विचार व्यक्त गरे । ‘दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको थियो’, उनले भने, ‘तर, अपेक्षाकृत काम भएको छैन, प्रतिपक्षमा रहेको काङ्ग्रेसले पनि गतिलो भूमिका 

देशमा अशान्ति र अस्थिरता युगको अन्त्य : वरिष्ठ नेता नेपाल

२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उनले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताए । दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उनले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी 

पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइँदैन : प्रचण्ड

२ माघ, धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गरेका छन् । लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज धादिङ बेँसीमा आयोजना गरेको  ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए । पूर्व प्रधानमन्त्री प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा

अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प

२ माघ, दाभाओ सिटी । दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले जानकारी दिएको 

केन्याको होटल परिसरमा आक्रमण, पन्ध्र जनाको मृत्यु

२ माघ, नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका छन् । विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र 

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते

१ माघ, काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्  । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top