ghaderi
esewa

अन्तर्राष्ट्रिय

विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु

१८, कात्तिक काठमाडौँ ।  दक्षिण सुडानको राजधानी जुवामा विमान दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ । विमान माथिल्लो नाइल राज्यको पलोच्तर्फ जाँदै गरेको  अवस्थामा दुर्घटनामा परेको जनाएको छ । दुर्घटनाको समयमा विमानमा जमिनमा गरि कम्तीमा ४० जनाको मृत्यु भएको जनाइएको छ । विमानमा रहेका चालक दलका एक सदस्य र एकजना बच्चा दुर्घटनामा बाँच्न सफल भएका छन् । विस्तृत समाचार »

बेलायतमा मोदीले जबाफ दिनुपर्नेछ

१८, कात्तिक काठमाडौँ।  नेपालमा नाकाबन्दी गरेर नेपालीहरुलाई दुःख दिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत भ्रमणमा नेपालमा नाकाबन्दी लगाउनुको कारण खोल्नु पर्ने बाध्यता सिर्जना हुने देखिएको छ ।  भारतीय प्रधानमन्त्री मोदी तीन दिने बेलायत भ्रमणकालागि १२ नोभेम्बरमा लन्डन जाँदै छन्  ।  भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विरोध प्रदर्शन समेत गर्ने  छन् । नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन…विस्तृत समाचार »

ठूला विमानलाई टक्कर दिन चीनले बनायो यस्तो विमान

१७, कात्तिक काठमाडौँ ।   विश्व विमान बजारमा प्रभुत्व जमाएका बोइङ्ग र एयरबसलाई टक्कर दिने गरि  चीनले  ठूलो आकारको विमान निर्माण गरेको छ । चीनले पहिलो पटक १५८ सीटको विमान निर्माण गरेको हो । विमानले लगातार ३४०० माइलसम्म उडान भर्न सक्ने जनाइएको छ । ‘सी– ९१९’ नाम दिइएको  विमानको पहिलो परीक्षण उडान भने आगामी वर्ष हुनेछ ।  कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइनाका अनुसार विभिन्न २१ कम्पनीले…विस्तृत समाचार »

​२ सय २४ जना सवार जहाज इजिप्टमा दुर्घटना

 १४  कात्तिक काठमाडौं  रसियाको एउटा यात्रु जाहाज इजिप्टमा दुर्घटना भएको छ । २ सय १७ जना यात्रु र ७ जना चालक दलका सदस्य रहेको जहाज इजिप्टको साइनाइमा दुर्घटना भएको हो । जहाज इजिप्टको सार्म एल शेखबाट रसियाको सेन्ट पिटर्सबर्गका लागि उडेको थियो । जहाजमा रहने सबै यात्रु इजिप्ट घुमेर फर्किएका रसियनहरु छन् । विस्तृत समाचार »

तलब पाउन मुद्दा लडिरहेका ३६ भन्दा बढी नेपाली कामदार कतारमा पक्राउ

१३, कात्तिक काठमाडौँ ।  १५ महिनासम्मको तलब नपाएपछि एक वर्षदेखि सर्वोच्च अदालतसम्म मुद्दा लड्दै आएका  नेपाली कामदारलाई कतारमा प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका कामदारहरु मेटल फार्मिङ सेन्टरबिरुद्ध उच्च अदालत हुदै सर्वोच्च अदालतसम्म मुद्दा लडिरहेका थिए ।  उनीहरुलाई प्रहरीले मंगलबार राती पक्राउ गरी डिपोर्टटेसन सेन्टरमा राखेको छ । पक्राउ परेकालाई एसएफडीले डिपोर्टटेसन सेन्टरमा राखेर स्वदेश पठाइदिने गर्छ । त्यस कम्पनीमा एकसय १८ जना कामदार…विस्तृत समाचार »

हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

इराक, १३ कात्तिक । इराकको पश्चिमी प्रान्त अन्बारमा भएको एक हवाई आक्रमण र आइएस लडाकूले गरेको दुईवटा आत्मघाती आक्रमणमा परी  २२ जनाको मृत्यु भएको समाचार छ । इराकको राजधानी बग्दाददेखि ५० किलोमिटर पश्चिममा पर्ने फालुजाह सहरमा भएको दोहोरो भिडन्तमा ती विद्रोहीहरु मारिएका जनाइएको छ । प्रान्तीय सुरक्षा स्रोतले शुक्रबार सो जानकारी दिएको छ । इराकी सैनिकको एक शिविरलाई लक्ष्यगरी दुईवटा आत्मघाती भीषण आक्रमण भएको जनाइएको…विस्तृत समाचार »

नेपालीलाई फाइदाः मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

८, कात्तिक काठमाडौँ ।  मलेसियाले निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । सन् २०१६, जुलाई देखि  लागू हुने गरि मलेसियालेकामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको हो । २०१६ को बजेट सार्वजनिक गर्दै मलेसियन प्रधानमन्त्री नाजिब तुन रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक न्यूनतम पारिश्रमिक वृद्धि गरिएको घोषणा गरेका हुन् । नयाँ घोषणामा पश्चिमी मलेसिया राजधानी रहेको क्षेत्रमा निजी क्षेत्रमा कार्यरत कामदारका लागि…विस्तृत समाचार »

फ्रान्समा बस र लरी ठोक्किँदा ४२ जनाको मृत्यु

कात्तिक ६ ।फ्रान्समा बस र लरी ठोक्किँदा कम्तिमा ४२ जनाको ज्यान गएको छ । फ्रान्सको दक्षिण पश्चिमी क्षेत्र पुइसिगामा वृद्ध मानिस चढेको बस र सामान बोकेको लरी ठोक्किएका हुन् । दुर्घटनापछि दुवै गाडीमा आगो लागेको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परे पनि ८ जना मानिस बाँच्न सफल भएका छन् । बाँचेका मध्ये पाँच जना घाइते भएका छन् । एक लेनको साँघुरो सडक भएकाले दुर्घटना…विस्तृत समाचार »

सिरियामा भएको हवाई आक्रमणमा ४० लडाकुको मृत्यु

२ कात्तिक, सिरियामा भएको हवाई आक्रमणमा ४० जना विद्रोही लडाकुको  मृत्यु  गएको छ । इस्लामिक स्टेट आइएसका ४० जना लडाकुको कारबाही अभियानमा मृत्यगएको मानव अधिकारवादी संस्था सिरियन अब्जरबेटरी फर ह्युमन राइट्सले जनाएको छ । संस्थाका अनुसार हामा प्रान्तको पूर्वी भागमा विद्रोही विरुद्ध भएको कारबाही अभियानमा उनीहरु मारिएका हुन् । विद्रोही विरुद्ध सिरिया वा रुसी विमानमार्फत अभियान चलाइएको हुन सक्ने संस्थाले जनाएको छ । सिरियामा लामो…विस्तृत समाचार »

तलब माग्दा पाँच नेपाली युवती कतारको जेलमा

२८, असोज काठमाडौं ।  काम गरेको तलब माग गर्दा पाँच जना नेपाली युवतीहरु जेलमा परेका छन् । कतारको एक कम्पनीले उनीहरुलाई अबैध रुपमा राखेर श्रम शोषण गरेको र तीन महिनादेखि तलब सुविधा नदिएको भन्दै उनीहरुले श्रम विभागमा उजुरी दर्ता गराएका थिए । उनीहरुको उजुरी लगत्तै उनीहरु कार्यरत कम्पनीले नै प्रहरी बोलाएर उनीहरुलाई पक्राउ गर्न लगाएको हो । पक्राउ पर्नेमा दोलखाकी रनकुमारी श्रेष्ठ, स्याङजाकी पिनकुमारी गुरुङ,…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

सभामुखको निर्देशन-सरकारलाई सहयोग हुनेगरी छलफललाई अघि बढाउनुस्

९ जेठ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन् । महराले सरोकारवालासँग छलफल गरेर मात्रै कानुन निर्माणको काम अघि बढाउन पनि सरकारलाई सचेत गराए । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले संविधानको मर्म अनुसार कानुन निर्माण भएरनभएको निगरानी राख्ने काम संसदीय समितिको

प्रदेश र स्थानीय सरकारले संविधान प्रतिकूल हुनेगरी कानुन बनाए बदर गरिनेछ : कानुनमन्त्री

९ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने चेतावनी दिएका छन् । मन्त्री ढकालले संविधान र कानुन विपरित चल्न नदिन प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरिएको पनि स्पष्ट पारे । बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान र संघीय

प्रदेश ५ : प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय समझदारी

९ जेठ, काठमाडौं । प्रदेश ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेशका तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । हस्ताक्षर कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताएका छन् । मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी

अन्तर्राष्ट्रिय

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

९ जेठ, कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ। विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ। यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ। अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ। स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई

भारतमा लोकसभा चुनावको मतगणना हुँदै, बीजेपीको अग्रता

९ जेठ, भारत । भारतीय लोकसभा चुनावको मतगणना बिहीबार हुँदैछ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । बिहीबार ८ हजार ४० उम्मेदवारको भाग्य फैसला हुँदैछ । अन्तिम चरणको मतदान सकिएपछिको एक्जिट पोल भनिने प्रारम्भिक चुनावी नतिजा अनुमानमा सत्तारुढ भारतीय जनता 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top