esewa
kantipur mall

अन्तर्राष्ट्रिय

शरणार्थी शिविरमा फैलिएको हैजाबाट १० जनाको मृत्यु

नैरोबी, २५ पुस । केन्यामा रहेको सोमालियाली नागरिकको शरणार्थी शिविरमा फैलिएको हैजाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ । केन्याको नैरोबीमा सोमालियाली नागरिकको शरणार्थी शिविर रहेको छ । सो शिविरलाई विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरका रुपमा लिइन्छ । गएको नोभेम्बर महिनामा हैजाको प्रकोप फैलिएको थियो । सो प्रकोपका कारण अहिलेसम्ममा १० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । नैरोबीको उत्तरपूर्वी क्षेत्र…विस्तृत समाचार »

बागलुङ समाज जापानको अध्यक्षमा थापा

२५, पुस काठमाडौँ । बागलुङबाट जापान पुगेकाहरुको भेलाले बागलुङ समाज जापान गठन गरेका छन् । जापानमा सम्पन्न बागलुङेहरुको भेलाले राम बहादुर थापाको अध्यक्षतामा १६ सदस्यीय कार्य समितिको गठन गरेको छ । समाजको उपाध्यक्षमा राज के सि ,कृष्ण सुवेदी महासचिव , सुर्य खडका सचिव, शिद्धार्थ क्षेष्ठलाई कोषाध्यक्षमा चयन गरको छ । सदस्यहरुमा सचिन आचार्य , बिना खड्का , यदुराम सापकोटा , दिवाकर शाक्य , दुर्गा आचार्य…विस्तृत समाचार »

कारागार तोडेर भागेका तस्कर गुस्मान लोएरा पक्राउ

२५, पुस काठमाडौँ ।  कारागार तोडेर फरार भएका मेक्सिकोका खतरनाक लागू औषध तस्कर गुस्मान लोएरा पक्राउ परेका छन् । एल चैपो नामले परिचित लोएरा लागू पदार्थ कोकिनका खुंखार तस्कर हुन् । मोस्ट वान्टेडको सूचीमा रहेका लोएरा गत छ महिना अघि पक्राउ परेका थिए । कडा सुरक्षाकाबीच मेक्सिकोको कारागारमा रहेका उनी डेढ किलोमिटरको सुरुङ खनी भाग्न सफल भएका थिए । उनले मेक्सिकोमा रही अमेरिकामा ठूलो परिमाणमा…विस्तृत समाचार »

बिहारमा प्रहरी र नक्सालवादीबिच भिडन्त, ५ जनाको मृत्यु

२५,पुस ।  भारतको बिहारमा प्रहरी र नक्सालवादीबिचको संघर्षमा पाँच जना नक्सालवादीको ज्यान गएको छ । बिहारको राजधानी पटनाबाट झण्डै एक सय २० किलोमिटर दक्षिणमा रहेको औरंगावादको ढिबरामा केन्द्रीय रिजर्व पुलिस बल सिआरपिएफ र नक्सालवादीबिच दोहरो मुढभेड भएको हो । भिडन्तपछि गरिएको खोजिको क्रममा पाँच जना नक्सालवादीको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ । झडपमा एक जना प्रहरी हवल्दार पनि घाइते भएका छन् । एक एके ४७…विस्तृत समाचार »

आइएसका कार्यकर्ताले गरे आफ्नै आमाको हत्या

२५,पुस – सिरियाको रक्कामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको एक कार्यकर्ताले आफ्नै जन्मदिने आमाको हत्या गरेको छ । बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स र रक्का इज बिइङ स्लाटर्ड सायलेन्टली नामक संगठनका कार्यकताले आइएसको एक कार्यकर्ताले आफ्नी आमाको सार्वजनिक रुपमा हत्या गरेका जानकारी दिएका हुन् । आइएस छोड्न आग्रह गरेको भन्दै २१ वर्षको आइएस कार्यकर्ता अली सक्रले ४५ वर्षकी आमा लिन अल कासिमको…विस्तृत समाचार »

४० हजार सिरियालीको बाध्यता, घाँसको खोले खाएर जीउ जोगाइरहेका छन्

२४, पुस काठमाडौँ ।  सुन्दै पनि ज्यान सिरिङ्ग हुन्छ । ४० हजार मानिसहरु  घाँसको खोले खाएर आफ्नो सास धानिरहेका छन् । सिरियाको मदाया सहरमा खानेकुरा अभाव भएपछि करिब ४० हजार मानिस घाँसको खोलेका भरमा बाँचिरहेका छन्।  कुकुर बिरालाको मासु खाएर बाँचिरहेका उनीहरु ती जनावर समेत सकिएपछि घासको भर पर्नु परेको हो ।  भोकमरीका कारण त्यहाँ १० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। वयस्कहरु त जसोतसो बाँचिरहेका…विस्तृत समाचार »

​भुटानी रानीको पेटमा भावी राजकुमार हुर्कदै

२४ पुस, एजेन्सी । भुटानका राजा जिग्मेकेशर वांग्चुक र रानी जस्टुन पेमाले आफूहरू अभिभावक बन्न लागेको खबर सार्वजनिक गरेका छन्।   आफ्ना बाबु जिग्मेसिग्मे वांग्चुकको ६०औं जन्मदिनका अवसरमा एउटा फोटो सार्वजनिक गर्दै उनीहरूले खुसी बाँडेका हुन्। सार्वजनिक फोटोमा जस्टुनको पेट निकै बढेको देखिएकाले उनीहरूलाई चाँडै सन्तान लाभ हुने अनुमान गरिएको छ। उनीहरूले सन् २०११ मा विवाह गरेका थिए।   पारिवारिक वनभोजका क्रममा उनीहरूबीच पहिलो भेट भएको…विस्तृत समाचार »

जंगलमा लागेको आगो फैलैदा ९५ घर नष्ट

२४, पुस  अष्ट्रेलिया । अष्ट्रेलियाको जंगलमा लागेको भीषण आगलागी बस्तीसम्म फैलिँदा ९५ घर जलेर नष्ट भएका छन् । अष्ट्रेलियाको पर्थबाट दक्षिणी भागमा रहेको जंगलमा लागेको आगो यारलुप शहरसम्म फैलिएपछि घर जलेर नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  प्रतिघण्टा ६० किलोमिटरको दरले आएको हावासँगै आगलागी नजिकको बस्तीसम्म फैलिएको थियो । आगलागी नियन्त्रणका लागि सयौंको संख्यामा अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ ।  विस्तृत समाचार »

लिबियामा शक्तिशाली विस्फोट, ६५ जनाको मृत्यु

२४,पुस,लिबिया । लिबियाको पश्चिमी शहर जिल्टेनमा विस्फोटका कारण ६५ जनाको मृत्यु भएको छ भने अन्य दुईसयजना भन्दा बढी घाइते भएका छन् । अधिकारीहरुका अनुसार प्रहरी प्रशिक्षण केन्द्र नजिकै विस्फोट भएको हो । विस्फोटमा मृत्यु हुनेहरुमा अधिकांश प्रहरी रहेको बताइएको छ । घाइते हुनेमा केही आम नागरिक पनि छन् । शहरका मेयर मिफताह हमादीका अनुसार राजधानी त्रिपोली र मिस्राटा बन्दरगाहबीचको तटीय शहरको प्रहरी प्रशिक्षण केन्द्रमा प्रहरी तैनाथ…विस्तृत समाचार »

विश्वभरीनै आर्थिक मन्दी छाउने, हजारौं बेरोजगार हुने

२४, पुस  लन्डन ।  विश्व बैंक तथा अन्तर्राष्ट्रिय बित्तीय संस्थाहरुले यो वर्ष विश्वभर आर्थिक मन्दी छाउने बताएका छन् ।   विश्व बैंकले चीनको आर्थिक स्थिति पनि नाजुक बनेको तथ्याङ्क सार्वजनिक गरेको छ ।  चीनको अर्थ व्यवस्थामा छाएको सुस्तताको असर विश्वका अन्य ४० भन्दा बढी राष्ट्रहरुमा पर्ने देखिएको छ । आर्थिक मन्दीले ल्याउने स्थितिले विश्वभर हजारौं बेरोजगार हुने संकेत दिएको छ । ब्राजिल, रुस, भारत, चीन सम्मिलित…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

तरुण दलको विवाद उत्कर्षमा : अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरे

२९ भदौ काठमाण्डौ । नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही बीचको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले एकअर्कालाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् ।
अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएलगत्तै शाहीले पनि महासचिवको हैसियतमा विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै तरुण 

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

चन्द्रयान–२ को ल्याण्डर विक्रमसँग सम्पर्कको आशा सकिएको छैन : इसरो प्रमुख सिवन

२२ भदौ, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख डाक्टर कैलासावडिवू सिवनले चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आश अझै समाप्त नभएको बताएका छन् ।  डा. सिवनका अनुसार वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ ।  डा. सिवनले सञ्चारमाध्यमसँग भने, ‘हामी चन्द्रायान–२ को विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छौँ । हामी बाँकी १४ दिनसम्म कोसिस जारी राख्नेछौँ ।’ 
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top