esewa

अन्तर्राष्ट्रिय

चीनले भन्यो, भारतसँग व्यापारिक लडाईं लड्नुहोस्

२४, मंसिर काठमाडौँ ।  चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उप मन्त्री फेस्याङले भारत निर्भर व्यापारलाई कम गरि भारतसँग व्यापारिक लडाईं गर्नकालागि चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चीनकालागि नेपाली राजदुत डा महेश मास्केसँग कुराकानी गदै उनले आर्थिक रुपान्तरण र व्यापार परिवर्तनकालागि आफुहरु सहयोग गर्न तयार रहेको बताएका हुन् ।  उनले त्सकालागि राजमार्ग फराकीलो र १२ महिना नै चल्न सक्ने बनाउनकालागि नेपाल सरकारले…विस्तृत समाचार »

भारतको छत्तीसगढमा प्रहरी र माओवादीबिच झडप, १५ जनाको मृत्यु

२३, मंसिर छत्तीसगढ ।  भारतको छत्तीसगढमा प्रहरीसंगको झडपमा १५ जना माओवादीको मृत्यु भएको छ । छत्तीसगढको सुकमा जिल्लामा प्रहरी र माओवादीबिच झडप भएको हो । झडपमा पाँच जना प्रहरी जवान गम्भीर घाइते भएका छन् । घाइते प्रहरीको रायपुरको एक अस्पतालमा उपचार भइरहेको छ । तर यो घटनाको स्वतन्त्र पुष्टी भने भएको छैन । माओवादीले पनि यो घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । माओवादीका पिपुल्स लिबरेशन…विस्तृत समाचार »

श्रीलङ्का सरकारले भन्यो, भारतसँग आर्थिक सम्झौता हुँदैन

२३, मंसिर काठमाडौँ ।  श्रीलङ्काली सरकारले भारतसँग आर्थिक सम्झौता नगर्ने जनाएको छ । श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघे भारतद्वारा प्रस्तावित आर्थिक सम्झौतामा श्रीलङ्काले हस्ताक्षर नगर्ने जनाएका हुन् ।   श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिंघेले  संसद बैठकमा भारतसँग कुनै पनि आर्थिक सम्झौता नहुने बताएका हुन् ।  भारतले हालैमात्र श्रीलङ्कासामु बृहत आर्थिक साझेदारी सम्झौता गर्ने भनी अघि सारेको थियो ।  प्रधानमन्त्री विक्रमासिंघेले चीनमा भने आर्थिक सम्झौता गर्ने जनाएका छन् ।…विस्तृत समाचार »

होटलमा आगलागी हुँदा चारको मृत्यु

 २२ मङ्सिर । उत्तरी चीनको हैलोङ्गजीआङ्ग प्रान्तमा अवस्थित एक होटेलमा भएको आगलागिमा परी चार व्यक्तिको मृत्यु भएको समाचार छ । सो आगलागिमा अन्य १४ जना घाइते भएका जनाइएको छ । यानसोउ जिल्लामा रहेको जुलोङ्गयुआन होटेलमा स्थानीय समयाअनुसार मङ्गलबार बिहान ९ः३० बजे आगलागि सुरु भएको बताइको छ । यस घटनामा घाइते भएका १४ व्यक्तिमा तीन जनाको अवस्था चिन्ताजनक भएको बताइएको छ । होटेल मालिकलाई प्रहरी हिरासतमा…विस्तृत समाचार »

भाजपाको नेपाल नीति असफल, तत्काल रिभ्यू गर्नुपर्छः अभिषेक मनु

२२, मंसिर काठमाण्डौँ ।  भारतीय काग्रेस आईका बरिष्ठ नेता अभिषेक मनु सिंघवीले नेपालको समस्या समाधानकोलागि चौपक्षीय बार्ताको आवश्यकता रहेको बताएका छन् । उनले नेपाल सरकार, आन्दोलनरत मधेसी मोर्चा, भारत सरकार र काग्रेस आई गरी चौपक्षीय छलफल हुनु पर्ने र त्यस्तो छलफल नेपाल वा भारत कहाँ हुने भन्ने विषयमा टुङगो छिटो लाग्नु पर्ने बताएका छन्  । सत्तारुढ भारतीय जनता पार्टीको नेपाल नीति असफल भएको भन्दै सिंघवीले…विस्तृत समाचार »

अमेरिका जान हिडेका १२ जना नेपाली कोस्टारिकामा थुनिए

२२ मंसिर, काठमाडौं ।  कोस्टारिकामा अवैध बसोबास गरिरहेको आरोपमा प्रहरीले १२ जना नेपालीलाई पक्राउ गरेर थुनेको छ । उनीहरुलाई गुयाकारा नजिक रहेको एउटा थोत्रो घर भित्र लुकिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । नेपालीहरुसँगै पाँच जना बंगलादेशी आप्रवासीहरु पनि थिए । प्रहरीका अनुसार पक्राउ परेका सबै जना पुरुष हुन् । उनीहरु कसैसित पनि आफ्नो पहिचानका कागजात नरहेको प्रहरीको भनाई छ । उनीहरु अमेरिका जाने प्रयासमा…विस्तृत समाचार »

आइएसले कमाउछ माहिनाको ८ अर्ब भन्दा धेरै रकम

२२, मंसिर काठमाडौँ ।  अतिवादी संगठन इस्लामिक स्टेट आइएसको हरेक महिना झण्डै ८ करोड डलर आम्दानी हुने गरेको एक अध्ययनले देखाएको छ । बेलायतको आर्थिक संस्था आइएचएस इंकल गरेको अध्ययन अनुसार आइएसले हरेक महिनामा झण्डै ८ करोड डलर संकलन गर्ने गरेको छ । जुन नेपाली मूल्य अनुसार ८ अर्ब भन्दा धेरै नेपाली रुपैयाँ हुने गर्दछ । संस्थाका अनुसार आइएसको आम्दानीको आधा भाग उसले नियन्त्रणमा लिएको क्षेत्रबाट…विस्तृत समाचार »

दिल्लीमा कस्ले भन्यो, “ नेपाल सरकार मुर्दावाद”

२१, मंसिर काठमाडौँ ।  भारतको नयाँदिल्लीस्थित विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत मधेसी विद्यार्थीहरुले नेपाली राजदूतावास अगाडि विरोध प्रदर्शन गदै नेपाल सरकारको विरोध गरेका छन् । मधेस युनाईटेड ग्रुपको व्यानर र प्लेकार्ड लिएका विद्यार्थीहरुको समुहले नेपाल सरकारको विरोध जनाएका हुन् ।  मधेस केन्द्रित दलहरुको माग सम्वोधन गर्न नेपाल सरकार तयार नभएको आरोप लगाउँदै विद्यार्थीहरुले ‘नेपाल सरकार मुर्दावाद’, ‘यो हाम्रो संविधान होइन’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।…विस्तृत समाचार »

ओबामा भन्छन् आतंकवादी संगठनलाई ठेगान लगाएरै छाड्छु

२१, मंसिर वासिंटन ।  अमेरिकी राष्ट्रपति बराक ओबामाले आतंकवादी संगठनलाई ठेगान लगाएरै छाड्ने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै ओबामाले क्यालिफोर्नियामा हालै भएको गोलीकाण्ड आतंकवादी घटना भएको बताउँदै  आतंकवादी संगठनलाई ठेगान लगाएरै  छाड्ने बताएका हुन् । उनले  उक्त घटना कुन आतंकवादी संगठनमा आवद्ध र कसको इशारामा भएको एकिन भइनसकेको बताएका छन् ।   ओबामाले आईएसलाई ठग र हत्याराको संज्ञा दिँदै यस्ता आतंकवादी संगठनलाई ठेगान लगाएरै…विस्तृत समाचार »

नाकाबन्दीका विषयमा भारतीय विदेश मन्त्रीले जवाफ दिने, भारतको संसदमा हंगामा

२१, मंसिर काठमाडौँ ।  नेपालको विषयलाई लिएर भारतको राज्यसभामा बहस गरिरहेका विपक्षी दलहरुले सोमबारको बैठकमा विदेश मन्त्री शुषमा स्वराजको जवाफ सुनेपछि  थप निर्णय लिने जनाएका छन् । भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादी लेनिनबादीका संसद डी राजाले विदेशमन्त्री स्वराजको जवाफ चित्त बुझ्दो नभए बैठक अवरुद्ध पार्ने सम्मका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  उनले नेपालसँगको सम्बन्ध विग्रिएकोमा र नेपाली जनताले झेलिरहनु परेको अभावले आफूलाई चिन्तित बनाएको भन्दै…विस्तृत समाचार »

Ruslan

runner bike

ime

citizens bank

राजनीति

विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

६ भदौ काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन्। बिहीबार राति उनलाई सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै पक्राउ गरिएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी अनुसन्धान थालिएको उनले बताए। ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव 

​पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

६ भदौ, बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए । 

विप्लवका नवलपरासी जनसरकार प्रमुख पक्राउ

६ भदौ, नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै  विहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान थालिएको उनले बताए । पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।
 

अन्तर्राष्ट्रिय

काश्मीर मामिलामा भारतलाई बंगलादेशको समर्थन

४ भदौ, काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेशले काश्मीर मामिलालाई लिएर भारतको समर्थन गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकर बंगलादेशबाट नेपाल आइनपुग्दै बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी भारतको समर्थन गरेको हो । संविधानको धारा ३७० लाई निस्तेज गर्ने कार्य भारतको आन्तरिक मामिला भएको समेत वक्तव्यमा जनाइएको छ । उसले वक्तव्यमा क्षेत्रीय शान्ति र स्थिरताका लागि त्यसले मद्दत गर्ने समेत बताएको छ । 
 

इरानी पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टरद्धारा अस्वीकार

२ भदौ, काठमाडौं । गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ । अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो । ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो । इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

 

हङकङमा प्रदर्शन थामिएन, चिनियाँ सेना परिचालन गर्ने तयारी

२ भदौ, काठमाडौं । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top