अन्तर्राष्ट्रिय

तस्वीरमा हेर्नुहोस् ईन्जनियिरङ्गि क्षेत्रले मारेको छलाङ्ग

चीनका ईन्जनियिरले  क्वङिगशुई नदीमा नयाँ पुल वनाएर संसारकै ध्यान खचिेका छन् ।  क्वङिगशुईमा नर्मिति पुल ४ सय ६ मटिर अग्लो र १ हजार १ सय ३० मटिर लामो रहेको छ । यो पुल वश्वि भरकिा अग्ला पुलहरुको सुचमिा दोस्रो स्थानमा पर्दछ ।  सबै भन्दा अग्लो पुल पनि  चीनको सदिु नदीमा रहेको छ जुन ४ सय ९६ मटिर अग्लो रहेको छ ।   क्वङिगशुई पुल बनाउन…विस्तृत समाचार »

उत्तर कोरियाले सेटेलाइट परीक्षण गर्ने

४,फागुन,काठमाडौं।  विवादकै विच मिसाइल परीक्षणपछि उत्तर कोरियाले सेटेलाइट परीक्षण गर्ने निर्णय गरेको छ ।उत्तर कोरियाका नेता किम जोङ उनले आफूहरु सेटेलाइट परीक्षणमा रहेको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय प्रतिबन्धको बेवास्ता गर्दै गरिएको यस निर्णयको बिश्वब्यापी रुपमा आलोचना समेत भएको छ । हालै परीक्षण गरिएको भू उपग्रहमा संलग्नहरुलाई धन्यबाद दिन आयोजना गरिएको समारोहामा बोल्दै नेता उनले चाँडै नै सेटेलाइट परीक्षण गर्ने घोषणा गर्नुभएको हो । भू–उपग्रह…विस्तृत समाचार »

​एकै पटक पचास बढी कार आपसमा ठोक्किएपछि

३, फागुन काठमाडौँ ।  अमेरिकाको पेन्सिल्भेनियामा हिमपातका कारण सडकमा एकैपटक पचार बढी कार आपसमा ठोक्किएर दुर्घटनामा परेका छन् । दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ। फिलाडेल्फियाबाट १२० किलोमिटरको दूरीमा ट्रक र कार दुर्घटनामा परेका हुन् ।  दुर्घटनामा घाइते भएका ४० जनालाई अस्पताल पुराइएको छ भने ७० जनालाई अस्थायी शिविरमा राखिएको छ।  विस्तृत समाचार »

इजरायलको कारवाहीमा पाँच प्यालेष्टायनी मारिए

३,फागुन ।  इजरायली कार्वाहीमा पाँच जना प्यालेष्टायनी नागरिक मारिएका छन् । जसमा तीन जना युवा रहेको इजरायलले जनाएको छ । इजरायली सुरक्षा फौजमाथि आक्रमण गर्न खोज्दा उनीहरु मारिएको दावी इजरायली अधिकारीहरुले दावी गरेका छन् । अर्की एक प्यालेष्टायनी युवती पनि यस्तै घटनामा परी गम्भीर घाइते भएकी छिन् । यी सबै घटनामा इजरायलीतर्फ भने कोही घाइते नभएको प्रहरीले जनाएको छ । अक्टोबर २०१५ यता १६० प्यालेष्टायनी…विस्तृत समाचार »

सिरियामाथी हवाई अक्रमण रोक्न रुससँग अमेरिकाको आग्रह

३,फागुन । अमेरिकाले सिरियामा विपक्षी विरुद्ध गर्दै आएको हवाई आक्रमण रोक्न रुससँग विनम्र आग्रह गरेको छ । अमेरिकी  राष्ट्रपति बाराक ओमाबाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिरियाका विपक्षी अर्थात सरकार विरोधी बिद्रोहीलाई आक्रमणको निशाना नबनाउन आग्रह गरेका हुन ओबामाले पुटिनलाई टेलिफोन गरेर सिरियाली राष्ट्रपति बसर अल असदको विपक्षमा रहेका पक्षलाई आक्रमणको निशाना नबनाउन आग्रह गर्नु भएको ह्वाइट हाउसले जनाएको छ । ओबामाले सिरिया सरकार तथा उसका…विस्तृत समाचार »

दुर्घटनामा एउटा म्यूजिक ब्याण्ड का सवै सदस्यको मृत्यु

३,फागुन,स्वीडेन । स्वीडेनमा भएको एक दुर्घटनामा बेलायती म्यूजिक ब्याण्ड ‘भियोला बीच’ का सबै सदस्यको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार सो ब्याण्डका चारै सदस्य र उनीहरुका मेनेजरको दुर्घटनामा मृत्यु भएको हो । शनिबार स्टकहोम नजिकै एउटा हाइवेमा सो दुर्घटना भएको थियो । हाइवेमा उनीहरु सवार कार पुलबाट करिब २५ मिटर तल नहरमा खसेर दुर्घटना भएको जनाइएको छ । ब्याण्डका सदस्यहरु क्रिस लियोनार्ड, रिभर रिभ्स,…विस्तृत समाचार »

जिका संक्रणबारे सचेत गराउन दुई लाख सैनिक परिचालन

२,फागु्न । ब्राजिल सरकारले जिका भाइसर संक्रम र यसबाट बच्ने उपाय बारे जानकारी गराउन देशभर दुई लाख सैनिक परिचालन गरेको छ । जिका भाइरस विरुद्धको अभियानमा खटाइएका सैनिकले सर्वसाधार नागरिकको घर घरमा गएर उनीहरुलाई जिका भाइरसका बारेमा जानकारी गराउने बताइएको छ । ती सैनिक जिका भाइरसको संक्रमण र यसबाट बच्ने उपायसहितको पर्चासहित घर घर गएर सर्वसाधारणलाई सचेत गराउने छन् । ल्याटिन अमेरिकी देशमा महामारिको रुपमा…विस्तृत समाचार »

रुसी बमका कारण सिरियाली नागरिकको मृत्यु भएकोमा चिन्ता व्यक्त

२,फागुन ।  सिरियामा रुसी लडाकु विमान गरेको हवाई आक्रमणको क्रममा सर्वसाधारण नागरिक मारिएको भन्दै अमेरिका र फ्रान्सले चिन्ता व्यक्त गरेका छन् । हवाई आक्रमणको निशाना बिद्रोही भन्दा पनि सर्वसाधारण नागरिक बनेको भन्दै अमेरिका र फ्रान्सले सावधानी अपनाउन रुससँग आग्रह समेत गरेका छन् । फ्रान्सेली प्रधानमन्त्री म्यानुएल वाल्स तथा अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियामा शान्ति स्थापना तथा वार्ताका वातावरण बनाउका लागि पहिले रुसी विमानले सर्वसाधारण नागरिकमाथि…विस्तृत समाचार »

म्यानमार सुकी राष्ट्रपति बन्न पाउने विषयमा वार्ता सुरु

१,फागुन,काठमाण्डौं । म्यानमारमा गएको नोभेम्बर ८ मा सम्पन्न भएको आमनिर्वाचनबाट आएको संसदको बैठक सुरु भएको छ। सो संसदमा त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले राष्ट्रपति पदमा उम्मेदवार बन्न पाउने अधिकार हाल छैन।   त्यस बारेमा छलफल सुरु भएको छ। म्यानमारको सो निर्वाचनमा सुकीको दलले प्रचण्ड बहुमत हात पारेको छ। सोही बमोजिम सभामुख र अन्य पदहरुमा भने सो दलले छान्ने नै छ।   तर पनि जनताले गरेको प्रजातन्त्रको सङ्घर्षसँगै…विस्तृत समाचार »

पाकिस्तानले एफ–१६ लडाकु विमान किन्न लागेपछि भारत आत्तियो

एजेन्सी ।  भारतले पाकिस्तानलाई एफ–१६ लडाकु विमान बेच्ने अमेरिकी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै भनेका छन् ‘हामी पाकिस्तानलाई एफ–१६ लडाकु विमान बेच्नका लागि ओबामा प्रशासनको निर्णयबाट निराश छौ ।  उनले भने–भारत अमेरिकाको यो निर्णयप्रति सहमत छैन कि यसबाट चरमपन्थीविरुद्धको लडाईमा सहयोग प्राप्त हुनेछ। स्वरुपले भने–विगत कयौ वर्षका तथ्यले आफ्नो कथा आफै बयान गर्दछ । उनले भारतले अमेरिकी…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top