kantipur mall

अन्तर्राष्ट्रिय

ईरानसँगको कुटनीतिक सम्बन्ध तोडेको साउदी अरेबियाको घोषणा

२०,पुस ।   एक धर्मगुरुलाई मृत्युदण्ड दिएपछि उत्कर्षमा पुगेको साउदी अरब र ईरानबीचको तीक्त सम्बन्ध अन्ततः कूटनीतिक टकरावमा पुगेको छ । शिया धर्मगुरु निम्र अल निम्रलाई मृत्युदण्ड दिएकोमा ईरान आक्रोशित बनिरहेकै बेलामा साउदी अरबले ईरानसँगको सबै कूटनीतिक सम्बन्ध तोडेको घोषणा समेत गरेको छ । साउदी विदेशमन्त्री अदेल अल जुबेरले सबै ईरानी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र साउदी अरबिया छाड्न निर्देशन दिएको बताए । यसैगरी उसले ईरानमा रहेका…विस्तृत समाचार »

भारत भूकम्प : ६ जनाको मृत्यु, एकसय घाइते

२०,पुस,काठमाण्डौं । भारतमा आज बिहानै गएको भूकम्पमा परी ६ जनाको ज्यान गएको छ भने एकसय जना घाइते भएका छन् । भूकम्पबाट भएको थप क्षतिको विवरण आउने क्रम जारी छ । भूकम्प जाँदा नेपालमा समेत धक्का महशुस भएको थियो । काठमाडौंसहित पूर्वी नेपालमा भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पूर्वी नेपाल ईलाम, झापा, पाँचथर लगायत क्षेत्रमा भूकम्पको महशुस भएको थियो । …विस्तृत समाचार »

​कारबाहीमा २१ भन्दा बढी आतङ्ककारी मारिए

 १९ पुस । अफगानिस्तानमा गत २४ घण्टाभित्र अफगान सुरक्षा अधिकारीहरुले तालिवान आतङ्ककारी विरुद्ध शृखलाबद्ध रुपमा गरेको कारबाहीमा २१ भन्दा बढी तालिवान आतङ्ककाारी मारिएका छन् ।  अफगान गृह मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ ।  अफगानिस्तानको फर्याब, सर ई पुल, जोवजान, कान्दाहार, ओरुज्गान, गजनी, पाक्टिका, हेरात र हेलमान्ड प्रान्तमा गरिएको सो कारबाहीको क्रममा अन्य ११ आतङ्ककारी घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ…विस्तृत समाचार »

शिया धर्म गुरुलाई मृत्युदण्ड दिएको विरोधमा कयौ मुलुकमा प्रर्दशन

१९,पुस,ऐजेन्सी ।  साउदी अरेबियामा शिया धर्म गुरु शेख निमर अल निमरलाई मृत्युदण्ड दिएपछि इरानलगायत विश्वका थुप्रैं राष्ट्रमा बिरोध भएको छ । इरानको राजधानी तेहरानमा प्रदर्शनमा उत्रेका शिया समुदायका ब्यक्तिहरुले सउदी अरबको दूतावासमा प्रवेश गरी आगजनी समेत गरेका छन् । प्रदर्शनकारीहरुले धर्म गुरुको हत्याले निम्त्याउने परिणाम स्वीकार्न सउदी सरकारलाई चेतावनी समेत दिएका छन् ।  इरान सरकारले पनि निमरको मृत्युदण्डमा साउदीले ठूलो मूल्य चुनाउनु पर्ने भन्दै रियादले आतंकवादलाई…विस्तृत समाचार »

युएईमा ६४ जना नेपाली कामदारको मृत्यु

१८, पुस काठमाडौँ । संयुक्त अरब एमिरेट्स युएईमा सन् २०१५ मा ६४ जना नेपाली कामदारको मृत्यु भएको छ । अघिल्लो वर्ष पनि युएईमा ६३ जनाको मृत्यु भएको थियो ।   सन् २०१५ को तथ्याङक अनुसार ज्यान जानेमा सबैभन्दा बढी ४० जनाको प्राकृतिक मृत्यु छ । प्राकृतिक कारण भनेर सुतेको सुत्यै भएर ज्यान गएको, हृदयघात, मस्तिष्क पक्षघातलाई समेटिएको छ । जसअन्तर्गत सातजनाको हृदयघातका कारण र बाँकी ३३…विस्तृत समाचार »

साउदीमा ४७ जनालाई फाँसी, आतंकवादी आक्रमणमा संलग्न रहेको सरकारको दावी

१८, पुस काठमाडौँ । आतंकवादी आक्रमणमा संलग्न रहेको भन्दै साउदी अरेवियाको सरकारले ४७ जनालाई फाँसी दिएको छ । फाँसी पाउनेमा एक जना शिया धर्मगुरु पनि छन् । साउदी अरेबियाको गृह मन्त्रालयका अनुसार फाँसीको सजायँ पाउनेहरु सन् २००३ देखि २००६ को बिचमा साउदी अरवियामा अलकायदाले गरेको आतंकवादी आक्रमणमा संलग्न थिए । फाँसी पाउने धेरै जसो साउदी नागिरक नै छन् । फाँसी पाउने धर्मगुरु शेख निम्रले सन्…विस्तृत समाचार »

भारतको पठानकोट एयरबेसमा आक्रमण हुदा चार चरमपन्थी मारिए

१८ पुस, । भारतको पन्जाबस्थित पठानकोट एयरबेसमा आज विहान आक्रमण भएको छ । आक्रमणमा चार चरमपन्थी मारिएका छन् । पन्जाब बोर्डर रेन्जका पुलिस उपमहानिरीक्षक विजय कुँवर प्रताव सिंहले चार आक्रमणकारी मारिएको पुष्टि गरेका छन् ।  दुई सुरक्षाकर्मीको मृत्यु भएको बताइए पनि पुष्ट भएको छैन । ६ जना गम्भीर घाइते भएको वताइएको छ ।  समाचार एजेन्सी पीटीआईले पन्जाव पुलसका अतिरिक्त महानिर्देशशकलाई उदृत गर्दै मुठभेड समाप्त भएको…विस्तृत समाचार »

​चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति

१७ पुस । चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति दिइएको छ । सो कानुन शुक्रबारदेखि नै लागू भएको हो ।  चिनियाँ दम्पत्तिले सन् २०१६ देखि नै दुई सन्तान पाउने अनुमति पाउनेसम्बन्धी कानुन गएको अक्टोबर महिनामा नै चीन सरकारले बनाएको थियो । सोही कानुनबमोजिम आजदेखि चिनियाँ दम्पत्तिले दुई सन्तान जन्माउने अनुमति पाएका हुन् ।  चिनियाँ सरकारको एक सन्तान नीतिको बिगतमा आलोचना भएको थियो । सोही आलोचनापछि चीन…विस्तृत समाचार »

दुबईको ६३ तला अग्लो एक होटलमा भिषण आगलागी

  १७,पुस ।  दुबईको एउटा होटलमा भिषण आगोलागी हुँदा १६ जना घाइते भएका छन् । ६३ तला अग्लो होटलको २० औँ तलामा आगलागी भएको हो । नयाँ वर्षको स्वागत उत्सव चलिरहँदा गए राति लागेको आगो ३ सय मिटर उचाइसम्म पुगेको छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा अगाडीको होटलमा लागेको आगोले मानवीय क्षति भने भएको छैन ।  बिबिसीका अनुसार के कारण आगोलागि भयो भन्ने एकिन हुन…विस्तृत समाचार »

​युरोपमा नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा, आक्रमणको त्रास

ब्रसेल्स, १६ पुस । नयाँ वर्षको पूर्व सन्ध्यामा सधैँजसो आयोजना गरिने कार्यक्रम यसवर्ष ब्रसेल्समा आतङ्ककारी हमलाको त्रासका कारण रद्द गरिएको समाचार छ ।  प्राप्त समाचारमा नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीबार राति हुन लागेका आतिसबाजी लगायतका कैयौं कार्यक्रम रद्द गरिएको जनाइएको छ ।  ब्रसेल्समा पनि विगत लामो समयदेखि आतङ्कवादी हमलाको त्रास बढेको बताइएको थियो । गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलाका कारण ब्रसेल्समा…विस्तृत समाचार »

global ime

Ruslan

runner bike

bhatbhateni

राजनीति

जिल्ला अदालतको आदेश विरूद्ध न्याय माग्दै उच्च अदालत पुगे पूर्बसभामुख कृष्णबहादुर महरा

५ मंसिर काठमाडौं । यौन दुर्व्यवहारको अभियोगमा कारागार  चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महरा निकट स्रोतले बतायो । महराले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएका हुन् ।  संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार 

​नयाँ मन्त्रीले लिए सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथ खुवाएकी हुन् ।  हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बनेका छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् । मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्री 

नवनियुक्त मन्त्रीहरुले अहिले ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै

५ मंसिर, काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले बिहीबार  पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अुसार नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गराउने तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू

अन्तर्राष्ट्रिय

ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप, आलोचनात्मक ट्वीटले तरंग

३० कात्तिक, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक रुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । 

हङकङ आन्दोलन : शान्तिको कामना गर्दै मुस्लिम समुदायले गरे विशेष प्रार्थना

३० कात्तिक, काठमाडौं । हङकङमा चलिरहेको हिंसात्मक आन्दोलनले जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा यहाँका मुस्लिम समुदायले शुक्रबार शान्तिको कामना गर्दै ‘विशेष प्रार्थना ’ गरेका छन् । चिम सा चुई नाथन रोडस्थित काउलुन मस्जिदमा मुसलमानहरुले भेला भएर शान्ति, सामाजिक सद्भाव र मेलमिलापको कामना गर्दै प्रार्थना गरे । आयोजक ईन्कर्पोरेट ट्रष्टी ईस्लामिक कम्युनिटीका अनुसार उक्त प्रार्थनामा ४ हजार भन्दा बढी मुसलमान समुदायका मानिसहरु सहभागी थिए । कम्युनिटिका अध्यक्ष जोहेर तेबखानले भने,‘हङकङ सँधै शान्तिपूर्ण स्थान हो । हामी सोही शान्ति कायम रहिरहोस् भन्ने कामना गर्दछांै, मलाई लाग्छ हङकङबासी सबैले शान्ति चाहन्छन् ।’

​श्रीलंकामा राष्ट्रपति निर्वाचन : पूर्वराष्ट्रपति राजपाक्षेका भाइ पनि उम्मेदवार

३० कात्तिक, काठमाडौं । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति बन्ने होडमा ३५ जनाले उम्मेदवारी दिएका छन्।  यसपटको निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र साजिस प्रेमदासबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top