esewa

अन्तर्राष्ट्रिय

आइएसले कमाउछ माहिनाको ८ अर्ब भन्दा धेरै रकम

२२, मंसिर काठमाडौँ ।  अतिवादी संगठन इस्लामिक स्टेट आइएसको हरेक महिना झण्डै ८ करोड डलर आम्दानी हुने गरेको एक अध्ययनले देखाएको छ । बेलायतको आर्थिक संस्था आइएचएस इंकल गरेको अध्ययन अनुसार आइएसले हरेक महिनामा झण्डै ८ करोड डलर संकलन गर्ने गरेको छ । जुन नेपाली मूल्य अनुसार ८ अर्ब भन्दा धेरै नेपाली रुपैयाँ हुने गर्दछ । संस्थाका अनुसार आइएसको आम्दानीको आधा भाग उसले नियन्त्रणमा लिएको क्षेत्रबाट…विस्तृत समाचार »

दिल्लीमा कस्ले भन्यो, “ नेपाल सरकार मुर्दावाद”

२१, मंसिर काठमाडौँ ।  भारतको नयाँदिल्लीस्थित विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत मधेसी विद्यार्थीहरुले नेपाली राजदूतावास अगाडि विरोध प्रदर्शन गदै नेपाल सरकारको विरोध गरेका छन् । मधेस युनाईटेड ग्रुपको व्यानर र प्लेकार्ड लिएका विद्यार्थीहरुको समुहले नेपाल सरकारको विरोध जनाएका हुन् ।  मधेस केन्द्रित दलहरुको माग सम्वोधन गर्न नेपाल सरकार तयार नभएको आरोप लगाउँदै विद्यार्थीहरुले ‘नेपाल सरकार मुर्दावाद’, ‘यो हाम्रो संविधान होइन’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।…विस्तृत समाचार »

ओबामा भन्छन् आतंकवादी संगठनलाई ठेगान लगाएरै छाड्छु

२१, मंसिर वासिंटन ।  अमेरिकी राष्ट्रपति बराक ओबामाले आतंकवादी संगठनलाई ठेगान लगाएरै छाड्ने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै ओबामाले क्यालिफोर्नियामा हालै भएको गोलीकाण्ड आतंकवादी घटना भएको बताउँदै  आतंकवादी संगठनलाई ठेगान लगाएरै  छाड्ने बताएका हुन् । उनले  उक्त घटना कुन आतंकवादी संगठनमा आवद्ध र कसको इशारामा भएको एकिन भइनसकेको बताएका छन् ।   ओबामाले आईएसलाई ठग र हत्याराको संज्ञा दिँदै यस्ता आतंकवादी संगठनलाई ठेगान लगाएरै…विस्तृत समाचार »

नाकाबन्दीका विषयमा भारतीय विदेश मन्त्रीले जवाफ दिने, भारतको संसदमा हंगामा

२१, मंसिर काठमाडौँ ।  नेपालको विषयलाई लिएर भारतको राज्यसभामा बहस गरिरहेका विपक्षी दलहरुले सोमबारको बैठकमा विदेश मन्त्री शुषमा स्वराजको जवाफ सुनेपछि  थप निर्णय लिने जनाएका छन् । भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादी लेनिनबादीका संसद डी राजाले विदेशमन्त्री स्वराजको जवाफ चित्त बुझ्दो नभए बैठक अवरुद्ध पार्ने सम्मका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  उनले नेपालसँगको सम्बन्ध विग्रिएकोमा र नेपाली जनताले झेलिरहनु परेको अभावले आफूलाई चिन्तित बनाएको भन्दै…विस्तृत समाचार »

गोर्खाल्याण्ड नदिए दिल्लीमा आत्मदाह

२०, मंसिर काठमाडौँ ।  गोर्खाल्याण्डको माग गर्दै विगत लामो समयदेखि चलिरहेको संघर्ष फेरि सुरु भएको छ । शनिबार गोर्खाल्याण्डको माग राख्दै गोर्खाल्याण्ड पार्वत्य परिषदका विमल गुरुङले गोर्खाल्याण्ड नदिए दिल्लीमा आत्मदाह गर्ने चेतावनी दिएका छन् । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसित वार्तामा उनले आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।                  वार्तामा आफूले दिल्लीमा आएर गोर्खालीहरुले सामुहिक आत्मदाह गर्ने चेतावनी दिएको…विस्तृत समाचार »

रात्रि क्लबमा अज्ञात हतियारधारीले गोली हानी १२ को हत्या

कायरो, १८ मङ्सिर । इजिप्टको राजधानी कायरोमा रहेको एक रात्रि क्लबमा अज्ञात बन्दुकधारीले गोली हानी १२ जनाको हत्या गरेको समाचार छ । शुक्रबार भएको सो गोलीकाण्डमा अरु केही घाइते पनि भएका छन् । त्यसको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यसको जिम्मेवारी कसैले लिएको छैन । साथै यस विषयमा प्रहरीले पनि अनुसन्धान जारी रहेको जनाएको…विस्तृत समाचार »

आफ्नै देशका जनतामाथि मोदीको यो हर्कत

१८ मंसिर, काठमाडौं । भिषण वर्षापछि भारतको चेन्नइमा आएको बाढिमा परिकाहरुको निरक्षण गर्न पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मजाकको पात्र बनेका छन् ।  बाढी प्रभावित तमिलनाडुलाई ढिला वास्ता गरेको भन्दै आलोचना भएपछि भारतीय मोदीले बिहीबार हवाइ निरीक्षण त गरे तर मजाकको पात्र पनि बनेका छन् । मोदीको प्राविधिक टीमले बाढी पीडितप्रति मोदी संवेदनशील छन् भन्ने सन्देश दिन प्राविधिको दुरुपयोग गरे । जुन लुक्न सकेन र…विस्तृत समाचार »

अष्ट्रेलियाली संसदअगाडि भारतको विरोध

१७, मंसिर काठमाडौँ ।  भारतले लगाएको नाकाबन्दीको विरोध गर्दै अष्ट्रेलियास्थित संसद भवनअघि नेपालीहरुले प्रदर्शन गरेका छन् । बिहिबार प्रर्दशन गदै नेपालीहरुले भारतले लगाएको नाकाबन्दी अमानवीय र गैरकानुनी भएको भन्दै अष्ट्रेलिया सरकार तथा राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका हुन् । विभिन्न नाराबाजी सहित संसद भवन, संयुक्त राष्ट्र संघ कार्यलय र भारतीय दूतावास अघि नेपालीहरुले प्रदर्शन गरेका छन् ।  प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाको आयोजना र अन्य संघसंस्थाहरुको…विस्तृत समाचार »

भारतको चेन्नइमा भीषण बाढी, सय बढिको मृत्यु

१६, मंसिर काठमाडौँ ।  भारतको चेन्नइमा लगातारको  पानी पछि भीषण बाढि आएको छ । बाढीमा परी कम्तिमा १ सय जनाको मृत्यु भएको छ । बाढीमा परी सयौं विस्थापित भएको प्रहरीले जनाएको छ । बाढी र  वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ ।         बाढीमा परेकाहरुको उद्दारका लागि सरकारले सेना, नौसेना र राष्ट्रिय विपद् बल परिचालन गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । चेन्नईको विमानस्थल…विस्तृत समाचार »

यस्तो छ विशेष सैनिक पठाएर आइएसलाई परास्त गर्ने अमेरिकी योजना

१६, मंसिर काठमाडौँ ।  अमेरिकाले इस्लामिक चरमपन्थी समूह इस्लामिक स्टेटविरुद्ध लड्नका लागि विशेष सैनिक दस्ता इराक पठाउने भएको छ। अमेरिकी रक्षामन्त्री एशनट कार्टरले अमेरिकी संसदको सशस्त्र सेवा समितिमा भने–इराकी सरकारसँगको पूर्ण तालमेलमा हामी इराकी र कुर्द बलको सहयोगका लागि विशेष अमेरिकी सैन्य दस्ता तैनाथ गर्नेछौ । यो विशेष सैन्य दस्ताले खोजतलास, बन्धक मुक्ति र इस्लामिक स्टेटका नेताहरुको गिरफ्तारीजस्ता कार्य गर्ने छ । कार्टरका अनुसार यो…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top