esewa

अन्तर्राष्ट्रिय

नाकाबन्दीको विरोधमा विपक्षीदलका सांसदले संसद अवरुद्ध गर्ने

१५, मंसिर काठमाडौँ ।  भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद अवरुद्ध गर्ने भएका छन् । नाकाबन्दीको भारतभित्रै कडा विरोध, कस्ले के के भने उनीहरुले संसद बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेको जनाएका छन् ।  भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाई रहेको छ । नाकाबन्दीको भारतभित्रै कडा विरोध, कस्ले के के भने  विस्तृत समाचार »

रुसद्धारा नाकाबन्दीको घोषणा

१३, मंसिर काठमाडौँ । रुसी विमान खसालेको घटनाबाट चिसिएको टर्की र रुसबीचको सम्बन्ध झन् खराब हुँदै गएको छ ।  रुसले टर्कीमाथि नाकाबन्दी सुरु गरेको छ ।  टर्कीबाट आयातमा रोक लगाउनुका साथै रुसमा रहेका टर्कीको कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ । यस्तै रुसमा कार्यरत टर्कीसलाई कामबाट निकालिने घोषणा रुसले गरेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नाकाबन्दीको घोषणा गरेका हुन् । रुसमा टर्कीका ९० हजार नागरिक कुनै…विस्तृत समाचार »

अफगानिस्तानको अस्पतालमा भएको आक्रमण मानवीय गल्ती

१०, मंसिर काठमाडौँ ।  अमेरिकी सेनाले गत अक्टोबरमा अफगानिस्तानको कुन्दुजस्थित अस्पतालमा भएको आक्रमणलाई मानवीय गल्ती भएको स्विकार गरेको छ । अमेरिकी सैन्य जाँचको प्रतिवेदनले कुन्दुजस्थित मेडिसिन्स सन्स फ्रन्टियर्सको क्लिनिकमा भएको आक्रमणलाई मानवीय गल्ती भएको  स्विकार गरेको हो ।  लडाकु विमान चालक दलले क्लिनिकलाई तालिवानले कब्जामा लिएको सरकारी कार्यालय भनेर आक्रमण गरेको प्रतिवेदनमा  उल्लेख छ । कुन्दुजमा तालिवानी विद्रोहीले कब्जामा लिएका सरकारी कार्यालय फिर्ता लिने अभियानका…विस्तृत समाचार »

चीन भन्छ, नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन र मर्यादाको ठाडो उल्लङ्घन

१०, मंसिर काठमाडौँ ।  चीन अध्ययन केन्द्रले भारतले लगाएको नाकाबन्दी अमानवीय, मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन र मर्यादाको ठाडो उल्लङ्घन भएको जनाएको छ ।   केन्द्रले  प्रेस विज्ञप्ति जारी गरी दुई देशबीचको सम्बन्धलाई नकारात्मक असर पार्ने भारत सरकारको यस्तो नाकाबन्दी भूपरिवेष्टित देश नेपालको पारवहन अधिकार, संयुक्त राष्ट्र सङ्घ र सार्क बडापत्र, डब्लुटिओको नियम–सम्मत अन्तर्राष्ट्रिय व्यापार, अन्तर्राष्ट्रिय कानुनका मूल्यमान्यता विपरीत र दुई देशबीच हालसम्मको प्रचलन प्रतिकूल रहेको बताउँदै…विस्तृत समाचार »

रुसी राष्ट्रपतिले टर्कीलाई भने “आतंकवादीहरुको मतियार”

९, मंसिर काठमाडौँ ।  सिरियासंगको सीमामा आफ्नो लडाकु विमान खसालिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीलाई आतंकवादीहरुको मतियार भनेका छन् ।  करिब ५० औं वर्ष अघिदेखि रुसी विमान खसाल्ने टर्की उत्तर एटलान्टिक सन्धि संगठन नेटोको पहिलो सदस्य मुलुकको रुपमा देखिएपछि उनले यस्तो प्रतिकृया दिएका हुन् ।  टर्कीको हवाई क्षेत्र उल्लंघन भएकोबारे रुसी लडाकु विमानलाई १० पटक चेतावनी दिइसकेको छ । टर्कीले रुसी लडाकु विमानबाट १७ सेकेण्ड…विस्तृत समाचार »

भाजपा भन्छ नेपालका १५ वटा जिल्ला भारतले खोस्नुपर्छ

९, मंसिर काठमाडौँ ।  भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका सांसदले नेपालका १५ जिल्ला भारतले खोस्नु पर्ने धारणा व्यक्त गरेका छन् । भाजपाका सांसद कीर्ति आजादले दरभंगामा आयोजित एक कार्यक्रममा नेपालले १५ वटा जिल्ला भारतलाई ‘फिर्ता दिनुपर्ने’ बताएका हुन् । उनको भनाईमा ती जिल्ला अंग्रेजले नेपाललाई दिएका हुन् । अंग्रेज शासन अन्त्य भएपछि ती जिल्लालाई भारतमा फर्ककाउन कसैले पहल नगरेको उनको भनाई छ । सांसद…विस्तृत समाचार »

अर्जेन्टिनाको राष्ट्रपतीमा माउरिसियो विजयी

७, मंसिर अर्जेन्टिना ।  अर्जेन्टिनामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा कन्जर्भेटिभ पार्टीका नेता माउरिसियो माकरी विजयी भएका छन् । सत्तारुढ पेरोनोइस्ट पार्टीका नेता ड्यानियल सिओलीलाई पराजित गदै उनि विजयी भएका हुन् ।   उनले आर्थिक सुधारलाई पहिलो प्राथमितामा राखेको बताए । अर्जेन्टिनामा विपक्षी मध्य दक्षिणपन्थीको जितले पेरोनोइस्ट पार्टीको १२ वर्षे शासन अन्त्य भएको छ । राजधानी ब्युनर्स आयर्सका मेयर रहेका माकरी पहिलो चरणको निर्वाचनमा भने ब्यूनर्स आयर्स प्रान्तको…विस्तृत समाचार »

त्रासमा फ्रान्सका मुस्लिम नागरिक

७, मंसिर पेरिस ।  फ्रान्सका मुस्लिम सुमदायका नागरिकमा त्रास उत्पन्न भएको छ । नोभेम्बर १३ मा फ्रान्समा भएको आतङ्ककारी हमलाको जिम्मेवारी मुस्लिम अतिवादी समूह, इस्लामिक स्टेटले लिएपछि मुस्लिम सुमदायमा त्रास उत्पन्न भएको हो ।  उक्त समूहले सो आक्रमणकोे जिम्मेवारी लिएपछि फ्रान्सको प्रहरीले पनि मुस्लिम नागरिक खोज्ने अभियान नै चलाएको छ ।  त्यहाँ हत्या र आतङ्कको आरोपमा मुस्लिम समुदायका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।…विस्तृत समाचार »

मृत्युदण्ड दिएकोमा पाकिस्तानद्वारा चिन्ता व्यक्त

७, पाकिस्तान, मंसिर ।  बङ्गलादेशले विपक्षी दलका नेतालाई मृत्युदण्ड दिने निर्णय बेठिक भएको भन्दै पाकिस्तानले दुख व्यक्त गरिएको छ ।  बङ्गलादेशले सन् १९७१ मा स्वतन्त्रता सङ्ग्राममा युद्ध अपराध गरेको अभियोगमा यहाँ प्रतिपक्षी बङ्गलादेश जमाते–ए–इस्लामी पार्टीका महासचिव अलि असान मोहम्मद मुजाहिद र बङ्गलादेश नेसनलिस्ट पार्टीका नेता सलाउद्दिन कौदार चौधरीलाई जेलभित्र झुन्डाएर शनिबार मृत्युदण्ड दिइएको हो । “हामी बङ्गलादेशका राष्ट्रिय नेताहरु सलाउद्दिन कौदार चौधरी तथा अलि असान…विस्तृत समाचार »

रुसले आईएसमाथि हान्यो क्रुज मिसाइल

५, मंसिर काठमाडौँ । रूसले सिरियामा इस्लामिक स्टेटको कारबाहीलाई तीब्र बनाएको छ ।  शनिबार मात्रै रुसका ६९ लडाकू विमानले सिरियास्थित आईएको अखडामा बम बर्साएका छन् । रूसले लगातार चौथो दिन सिरियामा क्रुज मिसाइल पनि प्रहार गरेको छ । लामो दुरीको यो मिसाइल क्यास्पियन सागरस्थित युद्ध पोतबाट प्रहार गरिएको हो ।  ईएसको सामरिक महत्वको सहर अहम दिरअल जुरमा पनि क्रुज मिसाइल झारिएको छ । इस्लामिक स्टेटको…विस्तृत समाचार »

Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top