अन्तर्राष्ट्रिय

भारतको गुजरातमा यात्रु बस दुर्घटना हुदा ४२ जनाको मृत्यु

२३,माघ । भारतको गुजरातमा यात्रु बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य १८ जना घाइते भएका छन्।  शुक्रवार राति नवसारीबाट ६० जना यात्रु लिएर उकाइका लागि छुटेको बस गुजरातको नवसारीमा पूर्णा नदीको पुलबाट खस्दा ४२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।   घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ…विस्तृत समाचार »

भ्यालेन्टाइन डे मा कण्डम प्रयोग अभियान

 एजेन्जी : आगामी भ्यालेन्टाइन डेअघि थाइल्याण्डमा युवाहरुमाझ कण्डम  प्रयोगसम्बन्धी अभियान सुरु गरिएको छ। थाइल्याण्डमा कण्डम प्रयोगका लागि यसरी अभियान नै संचालन गरिएको यो पहिलोपटक हो । यसअघि युवाहरुलाई मन्दिर जान र डेटपछि सिधै घर जानका लागि प्रोत्साहित गर्ने गरिएको थियो । थाइल्याण्ड संसारकै सर्वाधिक किशोरी गर्भवती हुने मुलुकमा पर्दछ । यहाँ यौन संक्रमणका घटनासमेत बढ्दो छ। यो नयाँ अभियानलाई सन् २०१९ सम्म संचालन गरिने भएको…विस्तृत समाचार »

​७० हजार सिरियाली शरणार्थी टर्की लागे

२२,माघ । दशौं हजार सिरियाली शरणार्थी टर्कीको सीमा तर्फ लागेका छन् । एलेप्पो शहरमा विद्रोही र सरकारी सेनाबिच संघर्ष चर्किएपछि स्थानीय बासिन्दा शरणको खोजीमा टर्कीको सीमा तर्फ लागेको  अधिकारकर्मीले बताएका छन् । टर्कीका प्रधानमन्त्री  आमेट डाभुटोग्लुले ७० हजार भन्दा धेरै सिरियाली आफ्नो देशको सीमा तर्फ आएको बताएका छन् । तर अधिकारकर्मीले भने यो संख्या झण्डै ४० हजार मात्रै रहेको बताएका छन् । एलेप्पोमा सिरियाली सेनाले…विस्तृत समाचार »

अब युरोपमा पनि भेटियो जिका भाइरसको संक्रमण

२२,माघ ।  ब्राजिलसहित अमेरिकी तथा क्यारेबियन मुलुकमा फैलिरहेको जिका भाइरस अब युरोपमा पनि प्रवेश गरेको छ । जिकाको संक्रमण स्पेनमा भेटिएको छ । त्यहाँकी एक गर्भवती महिलालाई जिका भाइरस लागेको पुष्टि भएको छ । युरोपमा गर्भवतीमा जिका भाइरसको संक्रमण भएको यो पहिलो घटना हो । यी महिला केही दिन अघि कोलम्बियाबाट फर्किएकी स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनलाई कोलम्बियामा नैै जिकाको संक्रमण भएको हुन सक्ने…विस्तृत समाचार »

सोमालियामा उड्दै गरेको विमानबाट एक यात्रु खसे

२१,माघ । सोमालियामा एक यात्रु उड्दै गरेको विमानबाट तल खसेका छन्  । सोमालियाको राजधानी मोगादिशुबाट जिबुतीको लागि उडान भरेको विमानबाट यात्रु खसेका हुन् । उडानका क्रममा विमानमा विस्फोट भएको र त्यसपछि यात्रु खसेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा अन्य दुई जना समेत घाइते भएका छन् । विमानबाट खसेका यात्रुको ज्यान गएको छ । वृद्ध एक व्यक्तिको शव फेला परेको सोमालियाको प्रहरी जनाएको छ…विस्तृत समाचार »

सिरियाको दारा शहरमा रकेट हमला ,११ जनाको मृत्यू

२१ माघ, काठमाडौ । सीरियाको दारा शहरमा बिद्रोहीले रकेट हमला गरेका छन । बिद्रोहीको रकेट हमलामा कम्तिमा ११ जनाका मृत्यू भएको छ । सो हमलामा अन्य कैयौ घाइते भएको खबर आएको छ । खबरका अनुसार दारा सरकारको नियन्त्रणमा रहेको जिल्लामा अलकायदा सम्बद्ध संगठन नुसरा फ्रंटले हमला गरेका छन । यो हमला सिरियाली सेनाद्धारा दाराको मुख्य शहरमा कब्जा गरेको एक हप्तापछि भएको हो ।    …विस्तृत समाचार »

मुस्लिमप्रति सहिष्णु हुन ओबामाको आग्रह

२१ माघ काठमाडौ । अमेरिकी राष्ट्रपति बराक ओबामाले देशमा बढ्दो मुसलमान विरोधी अभियानको निन्दा गरेका छन ।उनले  मुलमान प्रति सहिष्णु हुन आग्रह समेत गरेका छन । ओबामाले पहिलो पटक अमेरिकामा मस्जिदको भ्रमण गरेका छन ।  ओबामाले मेरील्याण्डमा इस्लामिक सोसाइटी ऑफ बाल्टीमोरमा सम्बोधन गर्दै मुसलमान विरोधी अभियानको निन्दा गरेका हुन । उनले भने, “हामीले बच्चालाइ धम्क्याउदै डर देखाउदै मस्जिद ध्वस्त पारेको देख्न सक्छौ तर हामी यस्तो…विस्तृत समाचार »

लिबियाका आइएसका उच्च कमाण्डरले शरण लिँदै

२१,माघ । चर्चीत बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका उच्च कमाण्डरले लिबियामा शरण लिने गरेको खुलासा भएको छ । लिबियाबो गुप्तचर अधिकारीका अनुसार गएको केही महिनादेखि आइएसका धेरै शीर्ष नेता तथा कमाण्डरले इराक तथा सिरियाको बाटो भएर लिबियामा आएर शरण लिएक छन् । लबियाको सिरते शहरमा विभिन्न देशबाट आएका आइएसका लडाकु तथा कमाण्डरले शरण लिएको उनीहरुको भनाई छ । आइएसले सिरते शहर गएको वर्ष पुर्ण नियन्त्रणमा…विस्तृत समाचार »

अमेरिकामा पहिलोपटक जिका भाइरसको संक्रमण देखियो

२०,माघ,काठमाण्डौं । अमेरिकाको टेक्सासमा पहिलोपटक जिका भाइरसबाट संक्रमित एक व्यक्तिको पहिचान भएको छ। अमेरिका जिका भाइरसको संक्रमण देखिएको यो पहिलोपटक हो। टेक्सासको द सेंटर फ़ॉर डिज़ीज़ एण्ड प्रीवेन्सनुले दल्लास काउन्टीका एक व्यक्ति यो भाइरसबाट संक्रमित भएको पुष्टी गरेको छ ।  दल्लास काउन्टीका एक अधिकारीका अनुसार ती व्यक्तिले जिका भाइरस संक्रमण भएको मुलुकबाट आएकी एक महिलासँग यौनसम्पर्क राखेका थिए। यही कारण ती व्यक्ति संक्रमित भएको ती अधिकारीको…विस्तृत समाचार »

उडिरहेको विमानमै विस्फोट, आत्मघाती हमलाकारीले विमानबाटै हामफाले

२०,माघ,सोमालिया । सोमालियामा उडिरहेको एउटा विमानमा आत्मघाती विस्फोट भएको छ । विस्फोटमा संलग्न संदिग्ध हमलाकारी भने विमानबाटै हामफालेको अधिकारीहरुले बताएका छन् ।  समाचार एजेन्सीहरुका अनुसार सोमालियाको राजधानी मोगादिसुबाट अफ्रिकाको जिबोटीका लागि उडान भरेको डाल्लो एअरलाइन्सको विमानमा विस्फोट भएको हो । अधिकारीहरुका अनुसार उडान भरेको पाँच मिनेटमै विस्फोट भएको थियो । विस्फोटबाट तीन फिट चौडा र ६ फिट लम्बाईको भ्वाङ परेको छ । विस्फोटपछि सो विमानलाई…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top